Friday 19th January 2018

    hhy    uu    मेरो लडाइँ असल न्यायाधीशविरुद्ध होइन    के सि अनसन बाटैै हिरासत मा कसरी पुुगेे    केसी लाइ रिहा गर्न बाबुुराम काेे माग

‘युवा वर्गका समस्याको समाधान गर्न सक्ने नेतृत्वको आवश्यकता’

शुक्रबार, कार्तिक २६, २०७३

ccनेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले नेपाल तरुण दलको चौथो महाधिवेशनले लोकतान्त्रिक विधि र प्रक्रियाबाट नेतृत्व चयन गर्ने बताउनुभएको छ । तरुण दलको महाधिवेशनको सन्दर्भमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले महाधिवेशन प्रतिनिधिले लोकतान्त्रिक प्रक्रियाबाट आफ्नो नेतृत्व चयन गरी नयाँ विचारसहितको तरुण दल निर्माण गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले प्रत्येक तरुणमा देशका लागि केही गर्छु भन्ने आत्मविश्वास आवश्यक भएकामा जोड दिनुभयो । सो अवसरमा काँग्रेसका केन्द्रीय सदस्य एवम् स्वास्थ्यमन्त्री गगनकुमार थापाले युवा वर्गका विद्यमान समस्याको समाधान एवम् चुनौतीलाई सामना गर्न सक्ने किसिमको नेतृत्व आवश्यक भएको उल्लेख गर्नुभयो । काँग्रेसका केन्द्रीय सदस्य उमाकान्त चौधरीले देशको आर्थिक विकास र समृद्धिमा योगदान गर्ने तरुण दल अहिलेको आवश्यकता भएको बताउनुभयो । काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले सबैलाई समेटेर लैजान सक्ने विचार र सोच भएको नेतृत्वमा जोड दिनुभयो । कार्यक्रममा काँग्रेस कास्कीका सचिव सुदीपमोहन भट्टराई, तरुण दलका केन्द्रीय सदस्य नारायण भट्टराई, दामोदर लम्साल, नृप सुनार, दिनेश राई, नेपाल महिला सङ्घका महासचिव धना खतिवडा लगायतले लोकतान्त्रिक विधि र प्रक्रियाबाट नेतृत्व चयन गर्न पाउनुपर्ने अधिकारलाई कुण्ठित गर्न नहुने धारणा राख्नुभयो ।