Friday 19th October 2018

    शरद गौचन हत्या प्रकरण : समिरमानलाई नख्खुबाट जोमसोम लगियो    माधव नेपाललाई सिंगापुरबाट प्रचण्डको फोन    प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसंघ महासभामा बिहीबार सम्बोधन गर्ने    रवि लामीछाने हलमा जनताकै भिडबाट बोल्दै यसरी प्रवेस गरे open video    बेगनास तालमा फेरि लापरबाही

अमेरिकी निर्वाचनमा क्लिन्टनलार्इ पछि पार्दै ट्रम्प विजयी

बुधबार, कार्तिक २४, २०७३

umरिपब्लिकन उम्मेद्वार डोनाल्ड ट्रम्प सबैको अनुमान विपरित अमेरिकाको नयाँ राष्ट्रपति बनेका छन् । पछिल्लो मत परिणाम अनुसार डेमोक्र्याटिक उम्मेद्वार हिलारी क्लिन्टनलाई निकै पछाडी पार्दै ट्रम्प ४५ औँ अमेरिकी राष्ट्रपति बनेका हुन्  । पछिल्लो मत परिणाम अनुसार ट्रम्पले २८८ इलेक्टोरल मत जितेका छन् । निकै विवादिन बनेको यस पटकको चुनावमा ट्रम्पमाथि क्लिनटनले झिनो अन्तरले बाजी मार्ने चुनावअघिको सर्वोक्षणहरुले जनाएको थियो । तर, पहिल्लो मत परिणाम अनुसार सबैको अनुमान उल्टो साबित गरेका छन् । यता, क्लिन्टन भने २१५ मात्र इलेक्टोरल कलेजमा सिमित बनेका छन् । अमेरिकी राष्ट्रपतिमा विजयी बन्न २७० इलेक्टोरल कलेज जित्नु आवश्यक हुन्छ । यो सँगै अमेरिकाको २२७ वर्षको इतिहासमा हिलारीको पहिलो महिला राष्ट्रपति बन्ने सपना चकनाचुर बनेको छ । उनले अब जनवरी २० मा आफ्नो पदभार ग्रहण गर्नेछन् ।