Thursday 17th August 2017

    फोरम र नयाँ शक्तिको घरदैलो कार्यक्रम तीब्र    गण्डकी गाउँपालिका बनाउने तिवारीको योजना    उम्मेद्वारी फिर्ता गर्न चाहाने उम्मेद्वारले आज ५ बजेसम्ममा फर्तालिन सक्ने    निर्वाचनमा सहभागी हुन नसकेका मजदूरले यस्तो भूमिका खेल्ने    बिरामी बोक्ने एम्बुलेन्सबाट गाँजा तस्करी

‘थाईल्याण्ड नेपाल दशैं फेष्टिवल’ शुरु हुने

सोमबार, असोज १०, २०७३

img_7123आउँदो शुक्रवारदेखि  भृकुटीमण्डपमा ‘थाईल्याण्ड नेपाल दशैं फेष्टिवल’ सञ्चालन हुने भएको छ । नेपालका लागि थाई राजदुतावास, नेपाल उद्योग वाणिज्य महासङ्घ तथा ललितपुर उद्योग वाणिज्य सङ्घको सहयोगमा असोज १८ सम्म सञ्चालन हुने उक्त फेष्टिवल सायम लङ्चङ्ग बैङ्ककले आयोजना गर्ने भएको हो । उक्त  फेष्टिवलमा  बैङ्ककको एकसय ५० भन्दा बढी व्यवसायीहरुको सहभागिता रहने छ । एक्स्पोमा बङ्गलादेशका व्यवसायीहरुले आफ्ना उत्पादनहरुको प्रदर्शन तथा बिक्री वितरण गर्नेछन् भने  नेपाली व्यवसायीहरुले बैङ्ककमा आयात गर्न चाहने ग्राहकहरुलाई लक्षित गर्दै आफ्ना उत्पादनहरुको प्रदर्शनी तथा बिक्री वितरण गर्नेछन् । फेस्टिवलमा विभिन्न उत्पादनहरु, निर्माण सामग्री, तयारी पोशाक, प्लाष्टिकजन्य उत्पादन,  सेरामिक्स, टेक्सटाइलका उत्पादन, औषधिजन्य उत्पादन, विद्युतीय सामग्री लगायतका आकर्षणका रुपमा रहने छन् ।