Thursday 13th December 2018

    खड्कार प्रदेश नम्बर एक मुख्यमन्त्री राइ बिच बैँकक् मा भेटबार्ता    बैंककमा जाँच्दा मुख्यमन्त्री राईको स्वास्थ्य सामान्य    नेपाल भित्रिँदै अमेरिकी राइफल    केन्द्रीय सरकारको नजर प्रदेश २ मा : प्रचण्ड    शरद गौचन हत्या प्रकरण : समिरमानलाई नख्खुबाट जोमसोम लगियो

थाइल्याण्ड घुम्न नि शुल्क भिसा

थाइल्याण्ड घुम्न जाने पर्यटकहरुले भिसा शुल्क तिर्नु नपर्ने भएको छ। ३ महिनासम्म पर्यटकहरुलाई निशुल्क भिसा उपलब्ध गराउने थाइ सरकारको निर्णय अनुसार थाइल्याण्ड घुम्न जाने नेपालीहरुसँग  कुनै शुल्क नलिने नेपालस्थित थाइ दूतावासले जनाएको छ।
नयाँ राजाले राज्यारोहण गरेको अवसरमा थाइ सरकारले थाइल्याण्ड घुम्न आउने पर्यटकलाई सित्तैमा भिसा दिने निर्णय गरेको हो।  आगामी फागुन १७ गतेसम्म थाइल्याण्ड जाने पर्यटकहरुले भिसा शुल्क तिर्नु पर्दैन। त्यसपछि भने शुल्क बुझाएर भिसा लिनुपर्छ।
भिसा शुल्क वापतले थाइ राजदूतावासले ३ हजार ५ सय लिदैँ आएको थियो। पर्यटकिय गन्तब्य थाइल्याण्ड पछिल्लो समय नेपालीहरुको घुम्ने स्थल बनेको छ । एक महिनामा ३ हजारभन्दा बढी नेपालीहरु थाइल्याण्ड घुम्न जान्छन्।
पछिल्लो समय प्याकेजमा नै टुरको ब्यवस्था ट्राभल्स एण्ड टुर्स कम्पनीहरुले मिलाएका छन्। ४५ हजारदेखि ६५ हजारसम्म उनीहरुले प्याकेज ल्याएका छन्। थाइ सरकारले भिसा शुल्क नलिएपनि ट्राभल्स एण्ड टुर्स कम्पनीहरुले घुम्न जानेहरुसँग रकम लिइरहेका छन् । उनीहरुले प्याकेजमा समावेश भएको भिसा शुल्क हटाएका छैनन्।