Friday 19th October 2018

    शरद गौचन हत्या प्रकरण : समिरमानलाई नख्खुबाट जोमसोम लगियो    माधव नेपाललाई सिंगापुरबाट प्रचण्डको फोन    प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसंघ महासभामा बिहीबार सम्बोधन गर्ने    रवि लामीछाने हलमा जनताकै भिडबाट बोल्दै यसरी प्रवेस गरे open video    बेगनास तालमा फेरि लापरबाही

थाइल्याण्डका राजा पूमिपोन अदून्यदेतको निधनमा एक वर्षसम्म शोक मनाइने

थाइल्याण्डका राजा पूमिपोन अदून्यदेतको ८८ वर्षको उमेरमा निधन भएको छ । थाइल्याण्डको राजदरबारले बिहीबार ‘सहजरुपमा’ राजा अदून्यदेतको निधन भएको जनाइएको छ । स्थानीय समय अनुसार दिउँसो ३ बजेर ५२ मिनेटमा उनको निधन भएको बताइएको छ ।

“सिरिराज अस्पतालमा मौसुफ सरकारको सहज निधन भएको छ,” राजदरबारद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

राजाको निधनपछि थाइल्याण्डका प्रधानमन्त्रीले आगामी ३० दिनसम्म उत्सवका कुनै कार्यक्रम नगरिने बताएका छन् । एक वर्षसम्म शोकको अवधि तोकिएको हो । उनको निधनपश्चात देशवासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रायुत जान-‌ओचाले भने, “प्यारा थाइ जनता हामी यस घडीमा कति दुखी छौँ । हाम्रो प्यारो अनि हाम्रा राजाको प्यारो यो देश चलिरहनु छ । यो अधिराज्य अघि बढिरहेको हेर्ने राजाको इच्छा थियो । हाम्रा जनता खुशी र दयाभावका साथ बाँचिरहेको हेर्ने राजाको इच्छा थियो । यो मृत्युले सो इच्छामा कुनै वाधा नपुगोस् ।”

विश्वमै सबैभन्दा बढी शासन गरेका राजा अदून्यदेत गत वर्षको अधिकांश समय अस्पतालमै बिताएका थिए । सन् १९४६ मा उनी गद्दीनसीन भएका थिए । उनले ७० वर्षसम्म शासन गरे । देशको राजनीतिक जीवनमा राजसंस्थाको भूमिकाबारे प्रश्न उठाउनेहरु समेत गरी थाइल्याण्डका अधिकांश जनताले उनको श्रद्धा गर्थे । दूरदराजका क्षेत्रसहित देशभित्र व्यापक भ्रमण गर्ने अनि विपन्नहरुप्रति वास्तविक चिन्ता जनाउने उनको बानीले उनको लोकप्रियता बढाएको थियो । बारम्बार राजनीतिक उथलपुथल र सैनिक कु भइरहने देशमा उनलाई विभिन्न समूहमाझ एकताका सूत्रको रुपमा समेत हेरिन्थ्यो । राजा पूमिपोनको उत्तराधिकारी ६४ वर्षीय युवराज महावजिरालंगकोर्न छन् । तर उनी आफ्ना पिता जत्तिकै लोकप्रिय नभएको बताइन्छ ।

थार्इनेपालन्यूज परिवार थाई राजा पूमिपोन अदून्यदेतप्रति हार्दिक श्रद्धान्जली ब्यक्त गर्दछौँ ।