Wednesday 26th September 2018

    प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसंघ महासभामा बिहीबार सम्बोधन गर्ने    रवि लामीछाने हलमा जनताकै भिडबाट बोल्दै यसरी प्रवेस गरे open video    बेगनास तालमा फेरि लापरबाही    कुबेत बाट नेपाली चेलीले लेखेको यो चिठीले, कसलाई रुवाउदैन होला र    मातृभूमी(MIEC) सोलुखुम्बुले१७%छुटसहित बैकिङ्ग, लाेकशेवा तयारी कक्षा सुरू गर्यो

देशको एक मात्र अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा तरकारी खेती

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयमा अवस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदान खेलकुद विकासको ठेक्का लिएका पदाधिकारीको चरम लापरवाहीका कारण तरकारी खेतीमा परिवर्तन हुन थालेको छ। सन् १९९६ मा नेपालले अन्तर्राष्ट्रिय क्रिकेटको मान्यता पाएपछि कीर्तिपुर मैदानलाई अन्तर्राष्ट्रिय क्रिकेट मैदानको रुपमा निमार्ण गर्न नेपाल क्रिकेट संघ (क्यान) को तत्कालिन नेतृत्वले त्रिभुवन विश्वविद्यालयसँग सम्झौता गरेको थियो। यही मैदानले विगतमा नेपालमा आयोजना हुने अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताको भार एक्लै थेक्दै आइरहेको थियो। सन् १९९९ मा विश्व चर्चित खेलाडीहरू सम्मिलित टेम्पो लेजेन्ड कपको आयोजना गरेर अन्तर्राष्ट्रिय क्रिकेटमा वाहवाही लुटेको कीर्तिपुरको यही मैदान अहिले चरम लापरवाहीका कारण तरकारी खेतीमा बदलिदै गइरहेको छ। नेकपा एमालेको नेतृत्वमा रहेको तत्कालिन युवा तथा खेलकुद मन्त्रालय तथा हाल राष्ट्रिय खेलकुद परिषद्को चरम राजनीतिका कारण अहिले नेपालमा तीन वटा क्यान अस्तित्वमा छ। नेपाली क्रिकेटमा बढ्दो राजनीतिकै कारण अन्तर्राष्ट्रिय क्रिकेट महासंघ (आइसिसी) ले गत वर्षदेखि नेपाललाई प्रतिबन्ध लगाएको छ।