Wednesday 26th September 2018

    प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसंघ महासभामा बिहीबार सम्बोधन गर्ने    रवि लामीछाने हलमा जनताकै भिडबाट बोल्दै यसरी प्रवेस गरे open video    बेगनास तालमा फेरि लापरबाही    कुबेत बाट नेपाली चेलीले लेखेको यो चिठीले, कसलाई रुवाउदैन होला र    मातृभूमी(MIEC) सोलुखुम्बुले१७%छुटसहित बैकिङ्ग, लाेकशेवा तयारी कक्षा सुरू गर्यो

धुर्मुस-सुन्तली साँझका लागि कलाकार सिड्नी आइपुगे

धुर्मुस-सुन्तली साँझ-२०१७ मा प्रस्तुती दिन नेपालका चर्चित हाँस्य जोडी धुर्मुस-सीताराम कट्ेल) र सुन्तली -कुञ्जना घिमिरे बिहीबार बिहान सिड्नी आइपुगेका छन् । उनीहरुसँगै कार्यक्रममा सहभागी हुन चर्चित पप गायक भरत सिटौला र बाङ्गे बाका रुपमा चर्चित दीपक आचार्य पनि सिड्नी आइपुगेका छन् । कलाकारहरुलाई सिड्नी बिमानस्थलमा आयोजकले स्वागत गरे । गज्जबको इभेन्ट्सको आयोजनामा उनीहरुले आगामी शनिबार सिड्नीको मराना अडिटोरियम हलमा आफ्नो प्रस्तुती दिनेछन् । यस्तै सिड्नीमा रहेर बिश्वभर चर्चा कमाइरहेको डान्स ग्रुप ‘द नेक्स्ट’ पनि कम्तीमा तीनवटा प्रस्तुती दिने गज्जबको इभेन्ट्सका प्रदीप चापागाईंले अनलाइनखवरलाई जानकारी दिए ।  एस स्टडीजको मुख्य प्रायोजनमा आयोजित कार्यक्रमको मुख्य उदेश्य मुसहर वस्ती बनाइरहेको धुर्मुस सुन्तली फाउण्डेसनलाई सहयोग गर्नु रहेको चापागाईंले जानकारी दिए । एक हजार डलरभन्दा धेरै रकम सहयोग गर्नेहरुलाई स्टेजमै बोलाएर रकम हस्तान्तरण गर्ने कार्यक्रम राखिएको उनले जानकारी दिए । करिव दुई साता लामो अष्ट्रेलिया यात्रामा रहेका उनीहरुले मेलवर्न र बि्रसबेनमा पनि आफ्नो प्रस्तुती दिनेछन् ।