Thursday 17th August 2017

    फोरम र नयाँ शक्तिको घरदैलो कार्यक्रम तीब्र    गण्डकी गाउँपालिका बनाउने तिवारीको योजना    उम्मेद्वारी फिर्ता गर्न चाहाने उम्मेद्वारले आज ५ बजेसम्ममा फर्तालिन सक्ने    निर्वाचनमा सहभागी हुन नसकेका मजदूरले यस्तो भूमिका खेल्ने    बिरामी बोक्ने एम्बुलेन्सबाट गाँजा तस्करी

साउदि पनि साहित्यिकमय बन्दै “यात्रा मरुभूमिको” पुस्तक बिमोचन तथा नयाँ कार्यसमिति गठन

बिहीबार, असोज १३, २०७३

14467139_892978720832045_1887540833_oबिश्व नेपाली साहित्य महासंघ साउदि शाखा द्वारा “यात्रा मरुभुमिको ” नामक बार्षिक बिबिध २ प्रकाशन गरि गत शुक्रबार बिमोचन कार्यक्रम सम्पन्न गरेको छ । विभिन्न देशमा छरिएर रहेका साहित्यकारको साहित्य सिर्जना संकलन गरि साहित्यका सबै बिधाका लेख समाबेश गरिएको उक्त पुस्तक संस्थाका अध्यक्ष के.बि पौडेलको सभापतित्वमा तथा साउदि अरबका कार्यवाहक राजदुत आन्नन्द प्रसाद शर्माको प्रमुख आथित्यमा भब्य रुपमा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम सन्चालक नीर ब.सुनार रहेका थिए भने उक्त कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको आसन ग्रहण तथा कविता, मुक्तक, गजल, हाइकु, तियालि लगायतका साहित्यिक सिर्जनाहरु कार्यक्रममा उपस्थित साहित्यकारहरुले पस्केका थिए । सृजना सांस्कृतिक समुहको बाद्य बादन सहितको प्रस्तुतिले कार्यक्रममा थप रौनक छरेको उक्त कार्यक्रममा सहभागी हुम सुनारि मगरले बताएका थिए । उक्त कार्यक्रम ‘ब्रर्दश हेल्प लाइन अफ नेपालको व्यापक सहकार्य रहेको पनि संस्थाका उपाध्यक्ष बाबुलाल बुढाले बताए ।

सोही दिन बिश्व नेपाली साहित्य महासंघ साउदि अरब शाखाले नयाँ कार्यसमिति गठन गरेको छ । नयाँ कार्यसमितिमा पदाधिकारीमा अध्यक्ष – बालकृष्ण पौडेल, उपाध्यक्ष – मिलन वलि, महासचिब- बिमल बजगाँई, सचिव- बिबश थापा, कोषाध्यक्ष- कबिराज शङ्खर लगायत जम्मा १५ जनाको नयाँ कार्यसमिति गठन गरेको संस्थाका केन्द्रीय प्रतिनिधि सुर्यबिक्रम याख्खाले बताए । बिश्व नेपाली साहित्य महासंघ साउदि साखाले आउने दिनहरुमा नेपाली भाषा, साहित्य र संस्कृतिलाई जर्गेना गर्दै यस्तै पुस्तक प्रकाशन तथा कथा, कबिता, मुक्तक तथा गजल प्रतियोगिता गराउँने प्रतिबद्दता नव नियुक्त अध्यक्ष बालकृष्ण पौडेल तथा महासचिब बिमल बजगाँईले गरेका थिए । उक्त कार्यक्रममा बिशेश अतिथि हुम सुनारि मगर, तथा अतिथि क्रमश भुपिन कटुवाल, लाल बहादुर थापा क्षेत्रि, रमेश लामगाँदे , बिज्ञान राई, सुनिल गुप्ता, देव बिश्वकर्मा, पुर्ण तामाङ लगायत विभिन्न संघ सस्थाका प्रतिनिधिहरुले सफल कार्यकालको शुभकामना दिएका थिए । साथै संस्थाका अध्यक्ष के.बि पौडेलको बिदाइ समेत रहेकाले उपस्थित सम्पूर्ण अतिथि महानुभावहरु तथा संस्थाका स-परिवारले उहाँको साहित्यिक यात्रा अझ प्रबल बनोस् भनि शुभकामना दिएर बिदाइ कार्यक्रम समेत सम्पन्न भएको संस्थाका सल्लाहकार कमल शाहि निर्मलले जानकारी दिए ।