Tuesday 16th January 2018

    hhy    uu    मेरो लडाइँ असल न्यायाधीशविरुद्ध होइन    के सि अनसन बाटैै हिरासत मा कसरी पुुगेे    केसी लाइ रिहा गर्न बाबुुराम काेे माग

‘सम्झना छोडी देउ है’ : कबिता

शुक्रबार, कार्तिक २६, २०७३

14902901_786504348118846_537405030283688237_o

सुगम सौरभ

टहल पहल आँसु हैन इख राख्नु सधैँ तिमी,
उसको यादमा आउँने आँसु हाँसोले अब ओडी देउ है,
हात मात्र हैन मैले खोजेको थिएँ साथ तिमी,
एक्लै हिन्दा याद आए टाउको उता मोडी देउ है,
सपना त सपना हो बिहानीसँगै सँधै फुट्छ,
सपनालाई बिर्सी तिमी भविष्यलाई गोडी देउ है,
चोट लाग्दा तिमीलाई दुख्थ्यो है मलाई पनि,
अनायासै चंचल मनले मलाई सम्झना छोडी देउ है ।