Monday 23rd April 2018

    पार्टी एकता मा मारामार हेर्नुस यो भिडियो    सोलुखुम्बुमा अाफ्नै छोरी बलत्कार देखी बिकाश निर्माणमा प्रयोग गरीयको स्काभेटरमा अागजानी गर्ने ब्याक्ति सार्बजनिक पुर्ण पाठ    अन्तर पार्टी महिला संन्जाल समिति को सोलुखुम्बुको अध्यक्षमा मोहन कुमारी कार्की निर्बिरोध निर्बाचित    अोली र प्रचण्ड बिच अझै सहमति जुट्न सकेन पार्टी एकता अन्योल मै    भट्टराइ को प्रश्न अरूका बच्चा टिपेर सामुदायिक बिध्यालयमा भर्ना गर्ने प्रम मन्त्रि हरूका बच्चालाइ चै किन भर्ना गरीयन

‘संविधान संशोधनमा एमाले पछाडि नहट्ने’

बिहीबार, कार्तिक १८, २०७३

legislature-parliament-buildingसंविधान संशोधन प्रक्रियामा नेकपा (एमाले) पछाडि हट्न नहुनेमा नेकपा (माओवादी केन्द्र)का सदस्य एवम् पूर्व शिक्षामन्त्री गिरीराजमणि पोखरेलले जोड दिएका छन् । महोत्तरीको सदरमुकाम जलेश्वरस्थित लक्ष्मी चण्डिका मुरारका उच्चमाध्यमिक विद्यालयमा प्राङ्गणमा प्रजातन्त्र सेनानी अरबिन्द ठाकुरको स्मृतिमा निर्माण हुने पुस्तकालय शिलान्यासका क्रममा उहाँले सो कुरा बताएका हुन् । संविधान जारी हुनु अगाडि नै प्रमुख दलबीच आवश्यक परे संशोधन गर्न सकिने गरी सहमति भएकाले अब नेकपा एमालेले संविधान संशोधन प्रक्रियाबाट पन्छिन नहुनेमा पूर्व मन्त्री पोखरेलले जोड दिए । अबको केही दिनमै मधेसी मोर्चालगायत असन्तुष्ट पक्षको माग सम्बोधन हुने गरी संविधान संशोधनको प्रस्ताव संसद्मा दर्ता हुने र त्यसमा सीमाङ्कन, भाषा, नागरिकता र राष्ट्रियसभाजस्ता विषय समेटिने उल्लेख गरे । करिब रु ६० लाखको लागतमा सो पुस्तकालय निर्माण हुने भएको छ । कार्यक्रममा जल्ला शिक्षा अधिकारी ठूलोबाबु दाहाल, विद्यालयका प्रधानाध्यापक सञ्जीव झा, नेपाल पत्रकार महासङ्घका पूर्वसभापति हरि मण्डल, नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य राजु खड्कालगायले सहिद ठाकुरको योगदानबारे चर्चा गरेका थिए ।