Thursday 13th December 2018

    खड्कार प्रदेश नम्बर एक मुख्यमन्त्री राइ बिच बैँकक् मा भेटबार्ता    बैंककमा जाँच्दा मुख्यमन्त्री राईको स्वास्थ्य सामान्य    नेपाल भित्रिँदै अमेरिकी राइफल    केन्द्रीय सरकारको नजर प्रदेश २ मा : प्रचण्ड    शरद गौचन हत्या प्रकरण : समिरमानलाई नख्खुबाट जोमसोम लगियो

नारायणगढ-मुग्लिङ सडक आजदेखि साढे चार घण्टा बन्द, एम्बुलेन्स मात्र चल्न पाउने

राजधानी काठमाडौंलाई देशको पूर्वी–पश्चिम जोड्ने मुख्य मार्ग मानिएको नारायणगढ–मुग्लिन सडक खण्ड मंगलबारबाट थप आधा घण्टा बन्द हुने भएको छ।

सडक विस्तारको कामलाई तिब्रता दिन आज बिहान साढे १० बजेबाटै सवारी गुड्न रोक लगाइएको छ। पुस सात गतेदेखि ११ बजेबाट दिउँसो तीन बजेसम्म चारघण्टा बाटो बन्द हुने गरेको थियो।

सवारी साधनको आवागमनलाई रोकेरै सडक विस्तारको कामलाई तीव्रता दिइएको हो। सोमबार सडक अनुगमनमा निस्कनु भएका चितवनका प्रमुख जिल्ला अधिकारी नारायण भट्टले केही समय सडकमा सवारी साधनको आवागमनलाई रोकेरै सडक विस्तारको कामलाई तीव्रता दिन निर्देशन दिएका थिए।

अनुगमनमा प्रमुख जिल्ला अधिकारी भट्ट,  नारायणगढ मुग्लिङ आयोजनामा प्रमुख, जिल्ला प्रहरी कार्यालय प्रमुख लगायतको उपस्थिति थियो।

अनुगमनको क्रममा सडकका भएका साना साना खाल्डाखुल्डी पुरेर  सवारी आवागमन सहज बनाउन पनि प्रमुख जिल्ला अधिकारी भट्टले निर्देशन दिए।

पुस ७ गतेदेखि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सवारी आवागमन राकेर सडक बिस्तारको काम हुँदै आएकोमा समय अपुग भएको भन्दै अबदेखि साँढे १० बजेबाट नै सवारीसाधन रोकेर काम सुरु गर्न लागिएको प्रमुख जिल्ला अधिकारी भट्टले बताए।

अत्यावश्यक बिरामी बोकेको एम्बुलेन्सबाहेक सबै सवारी साधनलाई उक्त समयमा सञ्चालन हुन नदिने जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरिक्षक दीपक थापाले बताए।

प्रहरीले भिआइपीहरुलाई पनि सो सयममा नारायणगढ मुग्लिङ सडकखण्डको प्रयोग नगर्न अनुरोध गरेको छ।