Wednesday 18th July 2018

    करारका १३ हजार कर्मचारीको भविष्य अन्योलमा    सर्बोच्चकै सरकार माथि यक्सन निषेधाज्ञा लगाउने निर्णयमा सर्वोच्चको रोक    रचनात्मक सहयोग गर्न तयार : नेता गच्छदार    कसले उचाल्ला २१ औं विश्वकपको ट्रफी ?    तयारीविनाको समृद्धि यात्रा

इन्डोनेसियामा बाढीको कारण छ हजार विस्थापित

मंगलबार, कार्तिक ३०, २०७३

floods-riau-2-indonesia-600x450इन्डोनेसियको पश्चिम भागमा पर्ने जाभा प्रान्तमा बाढीको प्रकोपको कारण ६ हजार भन्दा बढी व्यक्ति विस्थापित भएका प्रकोप नियन्त्रण निकायका अधिकारीहरुले मङ्गलबार जानकारी दिएका छन् । यस बाढीको कारण करिब ६ हजार घर , १२ मस्जिद र चार वटा विद्यालय भवन जलमग्न भएको बताइएको छ । त्यसैगरी बाढीको प्रकोपमा परी एक सय हेक्टर जमिनको धान वालीसमेत नष्ट भएको र २० हजार व्यक्ति प्रभावित भएको राष्ट्रिय प्रकोप नियन्त्रण निकायका प्रवक्ता सुतोपो पुर्वो नुग्रोहोले सिन्ह्वा समाचार समितिलाई बताउनु भएको छ । विस्थापित र प्रभावित व्यक्तिहरुको सहयोगको लागि सैनिक, प्रहरी, स्थानीय बासिन्दा , प्रकोप नियन्त्रण निकायका अधिकारीहरु सहभागीता रहेको पनि सुतोपोले बताउनु भएको छ । इन्डोनेसियामा भारी बर्षापछि बाढी र पहिरोको प्रकोपले बारम्बार सताउने गरेको पाइन्छ ।