Monday 25th June 2018

    सोलुखुम्बु मा मेरो बच्चा उमेरका सम्रक्षक बलबहादुर के सी सगै चुनाब लडे:खड्का भिडियो सहित    हिसिला यामी को जन्मदिन मा बाबुराम भट्टराइ यसरी नाचे    जन्मदिनकाे अवसरमा मेस्सीकाे सन्देश- ‘विश्वकप नजितीकन सन्यास लिने मनसाय छैन’    प्रधानमन्त्री अाली स्वदेश फर्के लगत्तै राष्ट्रपति भण्डारी लाइ भेटेर के भने पुर्ण पाठ    अमेजमान कम्पनि पुर्ण रूपमा सञ्चालनमा होटेल कसरी बुकिङ गर्ने ?

राजदूतावासमा सङ्गीत सहचारी राख्न प्रधानमन्त्रीद्वारा पहल गरिने

आइतबार, असोज ९, २०७३

प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली सङ्गीत र कलालाई विश्वमा फैलाउन विभिन्न मुलुकमा रहेका राजदूतावासमा यस क्षेत्रका प्रतिष्ठित व्यक्तिलाई पनि राख्न पहल गरिने बताएका छन् । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको नवौँ प्राज्ञसभालाई आज सम्बोधन गर्दै प्रतिष्ठानका संरक्षक प्रधानमन्त्रीले राजदूतावासमा सैनिक एवम् श्रम सहचारी रहे जस्तै गरी सङ्गीत क्षेत्रका प्रतिनिधिलाई राख्ने पहल गर्ने विश्वास दिलाएका हून् । उहाँले भने, “नेपाल र नेपालीको गौरवलाई विश्वमा चिनाउनका लागि सङ्गीत एवम् नाट्य क्षेत्र गतिशील हुनुपर्छ, त्यसका लागि संरक्षकका तवरबाट म सक्दो पहल गर्छु ।” प्रतिष्ठानको प्रवद्र्धन र विकासका लागि आफ्नै भवन हुने व्यवस्था मिलाउन प्रधानमन्त्री दाहालले छिट्टै पहल गरिने विश्वास दिलाए ।

pushpa-kamal-dahal-prachanda_650x400_81468312367तराई, पहाड र हिमालभित्र रहेको विविधता र मौलिकतालाई जीवन्त एवम् विश्वभर फैलाउने जिम्मा पाएको प्रतिष्ठानको भूमिकालाई अझै विस्तार गरेर लैजानुपर्नेमा जोड दिए । प्रतिष्ठानका कुलपति सरुभक्तले परिवर्तनको संवाहकका रुपमा रहेको नाट्य प्रज्ञा–प्रतिष्ठानको भौतिक संरचना निर्माणका लागि सहयोग गरिदिन माग गरे भने उपकुलपति शम्भुजित बाँस्कोटाले विश्वका विभिन्न मुलुकमा सरकारीस्तरमा हुने भ्रमण टोलीमा सङ्गीतकर्मीलाई पनि समावेश गराउन माग गरेका छन् । प्रतिष्ठानका सदस्य सचिव गणेश रसिकले प्रतिष्ठानको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै बहुजातीय र बहुसांस्कृतिक मुलुकको समुन्नत संस्कृतिको संरक्षण, प्रवद्र्धन र विकासका लागि प्रतिष्ठानले अन्तर्राष्ट्रियस्तरमा अध्ययनअनुसन्धान गर्दै आएको जानकारी दिए ।