Thursday 17th August 2017

    फोरम र नयाँ शक्तिको घरदैलो कार्यक्रम तीब्र    गण्डकी गाउँपालिका बनाउने तिवारीको योजना    उम्मेद्वारी फिर्ता गर्न चाहाने उम्मेद्वारले आज ५ बजेसम्ममा फर्तालिन सक्ने    निर्वाचनमा सहभागी हुन नसकेका मजदूरले यस्तो भूमिका खेल्ने    बिरामी बोक्ने एम्बुलेन्सबाट गाँजा तस्करी

”प्रेमहरु हो तिमीहरु किन हरेस खाईरहेका छौ ?”

बिहीबार, असोज १३, २०७३

14518491_1140529666029376_311582596_nप्रेमहरु हो तिमीहरु किन हरेस खाईरहेका छौ ? प्रेम बानियाँ एउटा प्रतिनिधि पात्र हुन । यहॉ म लाखौँ प्रेमको कुरा गरिरहेको छु । जापानबाट बिहान एकजना साथीले कुरा गर्दै गर्दा मलाई भने,”प्रेम पनि अमेरिका गएू ।” म यो कुराले ख़ासै अचम्मित भईन किनभने त्यो देशभक्त संचारकर्मी प्रेम बानियाँ मेरो अत्यन्तै मिल्ने साथी म आफुले उ र उस्का देशभक्ति भित्र पाउँथे । मलाई केहि समय अगाडि अब म पनी बिदेश लाग्छु भनेको थियो । त्यसैले म अचम्मित छैन । म आफै १० बर्ष अगाडी देश छोडेको युवा हुँ । बिगत १ बर्ष यता धेरै साथीहरु हरेस खाईरहेका छन् र भनिरहेका छन् कि, अब यो देशमा केहि गर्न नसकिने भइयो । तर म त्यो मान्न तयार छैन र हाम्रो मात्रीभूमिलाई त्यहि हालतमा राखेर हामी यसरी पलायन हुनु हुन्न । त्यसैले म अनेक उपलब्धिलाई थाती राखेर देश फर्किरहेको छु । हो म सुविधा सम्पन्न घरमा नोकर चाकर सहित बेन्च कार चढेर बैंकक सहरमा घुम्छु तर मेरो आत्माले कहिले मान्दैन जब सम्म म सगैँ हुर्किएको गाउँले साथी दुई छाकको लागी लडिरहन्छ ।

14483380_1140529612696048_1501453187_nसम्भावनाले भरिपुर्ण हाम्रो देश भित्र नै हाम्रै पालामा समृद्ध मुलुक दिन सकिन्छ भन्ने दृढ बिश्वास भएका हाम्रो पुस्ताका प्रेमहरु यसरी पलायन हुँदा, म पलायन भएको सुनिल देश फर्किदा अपेक्षाकृत नतिजा दिन त नसकिएला तर एउटा कुरा दाबीका साथ भन्न सक्छु, ‘प्रेम तिमी जतिसुकै पलायन हुन खोज तिमीलाई एकदिन मात्रीभुमीको माटोले खिचेर ल्याउँछ ल्याउँछ ।’ किनभने देश बिना बाँच्न नसक्ने हाम्रो रगत एउटै हो, मलाई बिश्वास छ । आज म त्यही नियतिमा फर्किदै छु र मलाई नै त्यो समाजले बिदेशीको दलाल, धोखेबाज़, खै के-के आरोप लगाईरहेका छन् तर म पनि फर्किदै छु । प्रेम तिमी पनी एक दिन फर्किनेछौ । त्यो बेला तिमीलाई पनि यस्तै गाली दिने छन् । कुनै बेला वाक्क लाग्न सक्छ यध्यपी तिमी फर्किने छौ । हामी सगैँ यो मुलुक बनाउँने छौँ । म कुरिरहेको हुनेछु । यो लेख्दै गर्दा म धेरै भावुक भइसकेको छु । देशको परिस्थिति ठिक छैन् त्यहि कारण म देश फर्किदै छु । कुनै षड्यन्त्र र जालझेलमा परेर म यस धर्तिमा रहिन भने मलाई बिश्वास छ, तिमीहरु हाम्रो प्यारो मात्रीभुमीप्रति न्याय गर्न आउँने छौ । हरेस खाने छैनौ, कहिले हरेस खाने छैनौ ।

– सुनिल खड्का