Tuesday 12th December 2017

    फोरम र नयाँ शक्तिको घरदैलो कार्यक्रम तीब्र    गण्डकी गाउँपालिका बनाउने तिवारीको योजना    उम्मेद्वारी फिर्ता गर्न चाहाने उम्मेद्वारले आज ५ बजेसम्ममा फर्तालिन सक्ने    निर्वाचनमा सहभागी हुन नसकेका मजदूरले यस्तो भूमिका खेल्ने    बिरामी बोक्ने एम्बुलेन्सबाट गाँजा तस्करी

प्रतिबन्धित भारू नोटको असर देशभर

शुक्रबार, कार्तिक २६, २०७३

भारतले ५ सय र हजार रुपैयाँको नोटमा प्रतिबन्ध लगाएपछि कतिपय सर्वसाधारण नेपालीसमेत समस्यामा परेका छन् । विशेषगरी केन्द्रबाहेक सीमावर्ती क्षेत्रका स्थानीय बासिन्दा, व्यापारीका साथै रोजगारी, अध्ययन र उपचारका लागि भारत आवतजावत गर्ने सर्वसाधारण प्रत्यक्ष मारमा परेका हुन् । सीमावर्ती भारतीय बजारमा किनमेल गर्न जाने सर्वसाधारणका अतिरिक्त ससाना नेपाली व्यापारीहरूले भारतीय रुपैयाँ राख्ने गरेका कारण ती पनि समस्यामा परेका छन् ।

20161111070129_clipboard02ती दुई दरका नोटमा प्रतिबन्ध लगाएका कारण सीमावर्ती नेपाली भूभागमा उपचारका लागि आएका भारतीयहरू पनि समस्यामा परेको देखिएको छ । एकातिर उनीहरू उपचार नगराई फर्कनुपर्ने स्थिति छ भने अर्कोतिर उनीहरूलाई खान र फर्कन पनि समस्या भएको छ । भारतको सो घोषणापछि नेपाल राष्ट्र बैङ्कले उक्त दरका भारतीय नोटको सटहीमा वुधवारदेखि प्रतिबन्ध लगाइसकेको छ । यसले सीमावर्ती क्षेत्रका बजारलाई अस्तव्यस्त बनाएको छ । सर्वसाधारणहरू आफूसँग भएको भारू नोट साट्न नपाइने हो कि भनेर आत्तिएका छन् । सीमावर्ती क्षेत्रमा मात्र नभई राजधानीमा बस्दै आएका कतिपय नेपाली पनि समस्यामा परेका छन् । थापाथलीस्थित राष्ट्र बैङ्कको कार्यालयमा बिहीवार ५ सय र हजारको नोट साटिन्छ कि भनेर करीब ४ सय जना सर्वसाधारण आएको स्रोतले बतायो । धादिङ घर भई चावहिलमा बस्दै आएका एक विद्यार्थी आफूसँग भएको हजारको भारू  नोट साट्न विहीवार थापाथलीस्थित राष्ट्र बैङ्क पुगेका थिए ।

नेपाल राष्ट्र बैङ्कले ती दुई दरका नोट साट्न भारतीय रिजर्भ बैङ्क (आरबीआई)लाई पत्राचार गरेको छ । राष्ट्र बैङ्कका प्रवक्ता नारायणप्रसाद पौडेलका अनुसार रिजर्भ बैङ्कलाई परिपत्रका साथै ई–मेलसमेत पठाइएको छ । उनले भने, ‘परिपत्रमा सर्वसाधारणले प्रतिव्यक्ति ५ सय र हजारका गरी भारू २५ हजारसम्म साट्न व्यवस्थाका लागि लेखिएको छ ।’ नेपाल सरकार, परराष्ट्र मन्त्रालय र अर्थ मन्त्रालयबाट पनि सो विषयमा रिजर्भ बैङ्कसँग पहल गर्ने कार्य भइरहेको जानकारी उनले दिए ।

तर, भारतीय रिजर्भ बैङ्कबाट कुनै जवाफ अहिलेसम्म नआएको उनको भनाइ छ ।

सीमा बजारमा प्रत्यक्ष असर
भारतले भारू ५ सय र १ हजारका नोटको कारोबारमा रोक लगाएसँगै भारतसँग सीमा जोडिएका झापाको पूर्वी नाका काँकडभिट्टा तथा मेचीनगर, पश्चिमी नाका महेन्द्रनगर, नेपालगञ्ज, धनगढी, सीमान्त शहर भीमदत्तनगर र पश्चिमी नाका गड्डाचौकी, विराटनगरलगायतमा बढी असर परेको छ । नोटमा प्रतिबन्ध लागेसँगै भारतीय सीमावर्ती बजारको कारोबारमा प्रत्यक्ष असर परेको छ । विराटनगरको सीमावर्ती जोगबनी बजार सुनसान अवस्थामा पुगेको छ भने मोरङ र झापाका मनीचेञ्जर (सटही) सञ्चालक प्रत्यक्ष मारमा परेका छन् । सबैभन्दा बढी पूर्वाञ्चलको मोरङ र झापामा भारतीय नोटको कारोबार हुने गर्छ । झापामा ३६ ओटा र मोरङमा २४ ओटा मनीचेञ्जर सञ्चालनमा छन् ।

मुलुकको पश्चिमी नाका महेन्द्रनगर पनि यो निर्णयबाट प्रभावित बनेको छ । बिहीवार बिहान कार्यालय खुल्नासाथ कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीको यात्रु शाखादेखि छेउमै रहेको भागेश्र मनीचेञ्जरसम्म नोट प्रतिबन्धको असर देखिएको छ । भन्सारको यात्रु शाखामा अस्थायी पैठारीदेखि दैनिक उपभोग्य सामानको राजस्व बुझाउने काम ठप्प छ भएको भन्सार यात्रु शाखाका नायव सुब्बा वीरबहादुर थापाले बताए । पश्चिम नेपालबाट ठूलो सङ्ख्यामा नेपाली भारतमा काम गर्न जाने हुँदा उनीहरूलाई मुख्य असर परेको छ । आपूmसँग रहेको नोट भारत सरकारले दिएको अवधिमा साटिने हो कि होइन भन्ने चिन्ता उनीहरूमा छ ।