Tuesday 26th September 2017

    फोरम र नयाँ शक्तिको घरदैलो कार्यक्रम तीब्र    गण्डकी गाउँपालिका बनाउने तिवारीको योजना    उम्मेद्वारी फिर्ता गर्न चाहाने उम्मेद्वारले आज ५ बजेसम्ममा फर्तालिन सक्ने    निर्वाचनमा सहभागी हुन नसकेका मजदूरले यस्तो भूमिका खेल्ने    बिरामी बोक्ने एम्बुलेन्सबाट गाँजा तस्करी

प्रभुको १ अर्बको राइट ब्याकपछि नाफा ३ गुणा बढ्यो, तीन वर्षपछि खराब कर्जा सीमामा

प्रुभ बैंकले यसअघि जोखिमको लागि व्यवस्था गरिरहेको १ अर्ब १३ करोड रुपैयाँ फिर्ता ल्याएपछि चालु आवको दोस्रो त्रैमाशमा नाफा पनि करीब ३ गुणाले बढेको छ ।

बैंकले गत आवको पुससम्ममा ४० करोड ५६ लाख रुपैयाँ नाफा गरेकोमा यस आवको यही अवधिमा नाफा १ अर्ब ११ करोड रुपैयाँ पुगेको छ । हुनतः बैंकको नियमित आम्दानी पनि ९५ प्रतिशतले वृद्धि भएको छ । बैंकले बिना पुँजी लागत कम पर्ने स्रोतहरुबाट पनि राम्रो आम्दानी गरेको छ । खुद ब्याज आम्दानी १ सय ३ प्रतिशतले बढेको बैंकको शुल्क, छुट लगायतबाट भएको आम्दानी १ सय १२ प्रतिशत र अन्य आम्दानी ७३ प्रतिशत रहेको छ ।

बैंकको निक्षेप संकलन ४६ प्रतिशतले बढेर ७० अर्ब २१ करोड र कर्जा ७७ प्रतिशतले बढेर ५६ अर्ब ५२ करोड पुगेको छ । बैंकको रियल स्टेटमा कर्जा लगानी १ सय ५१ प्रतिशतले बढेर ५ अर्ब २० करोड पुगेको छ । यता, १ करोडभन्दा माथीको आवास कर्जामा बैंकको लगानी ६९ प्रतिशतले बढेर ८ अर्ब २१ करोड पुगेको छ । दुवै कर्जा शिर्षकमा कुल कर्जाको तुलनामा २३ प्रतिशत लगानी भइसकेको देखिन्छ । बैंकहरुलाई यी क्षेत्रमा कर्जा लगानी गर्न पाउँने सीमा २५ प्रतिशत नजिक आइसकेको देखिन्छ । बैंकको ओभर ड्राफ्ट कर्जामा पनि ३७ प्रतिशतले वृद्धि भएको छ । बैंकले सेयर कर्जामा पनि १ सय २ प्रतिशतले वृद्धि गरेको छ ।

राष्ट्र बैंकले यी क्षेत्रमा जोखिम धेरै रहेको भनेर चिन्ता गरिरहेको समयमा बैंकले यी क्षेत्रमा कुल कर्जाको ६४ प्रतिशत कर्जा लगानी गरेका छन् । बैंकको पुँजी कोष अनुपात कसिलो बन्दै गएको देखिएको छ । पुँजी कोष पर्याप्तता अनुपात ११ मा रहेको छ । कुल कर्जामा खराब कर्जाको अनुपात पहिलो त्रैमाश (७.५४ प्रतिशत)को तुलनामा घटेर सीमा भित्र (४.८८ प्रतिशत)मा आएको छ । २०७१ असारमा यो अनुपात २४ प्रतिशतसम्म रहेको थियो । बैंकको कर्जा निक्षेप अनुपात ७५ प्रतिशतको सीमा भित्र नै रहेको छ ।

बैंकको प्रतिसेयर आम्दानी १८.९१ रुपैयाँ, मूल्य आम्दानी अनुपात २३.१६ प्रतिशत, प्रतिसेयर नेटवर्थ १ सय २४ रुपैयाँ र बैंकको पुँजीमा प्रतिफल ३० प्रतिशत रहेको छ । बैंकको चुक्ता पुँजी ५ अर्ब रुपैयाँ पुगेको छ ।