Monday 23rd April 2018

    पार्टी एकता मा मारामार हेर्नुस यो भिडियो    सोलुखुम्बुमा अाफ्नै छोरी बलत्कार देखी बिकाश निर्माणमा प्रयोग गरीयको स्काभेटरमा अागजानी गर्ने ब्याक्ति सार्बजनिक पुर्ण पाठ    अन्तर पार्टी महिला संन्जाल समिति को सोलुखुम्बुको अध्यक्षमा मोहन कुमारी कार्की निर्बिरोध निर्बाचित    अोली र प्रचण्ड बिच अझै सहमति जुट्न सकेन पार्टी एकता अन्योल मै    भट्टराइ को प्रश्न अरूका बच्चा टिपेर सामुदायिक बिध्यालयमा भर्ना गर्ने प्रम मन्त्रि हरूका बच्चालाइ चै किन भर्ना गरीयन

सन् २०१६ का चार फ्लप स्मार्टफोन

नयाँ वर्ष सन् २०१७ सुरु भैसकेको छ । गत वर्ष सन् २०१६ मा विश्व बजारमा कैयौँ नयाँ स्मार्टफोन लञ्च भए र कतिपय स्मार्टफोन उपभोक्ताले निकै धेरै रुचाए पनि । तर लञ्च भएका केही स्मार्टफोन यस्ता पनि रहे, जो कम्पनीको अपेक्षामा खरो उत्रिन सकेनन् र फ्लप भए । ती स्मार्टफोन किन्नमा ग्राहकले खासै रुची देखाएनन् । सन् २०१६ मा फ्लप भएका दुर्भाग्यशाली चार स्मार्टफोन यी रहे:

ग्यालेक्सी नोट सेभेन:

सामसुंगको बहुचर्चित ग्यालेक्सी नोट सेभेन त फ्लप मात्र भएन कम्पनीको ब्राण्डमै आगो लगाइदियो । फोनको ब्याट्रीमा भएको विस्फोटको घटनाका कारण बजारमा पठाइसकेका २५ लाख फोन कम्पनीले फिर्ता गर्‍यो । मर्मत गरी पठाएका स्मार्टफोनमा पनि समस्या देखिएपछि सामसुंगले अन्ततः ग्यालेक्सी नोट सेभेनको उत्पादन बन्द गर्‍यो । यसबाट सामसुंगलाई करोडौँ डलर घाटा लाग्यो ।

एलजी जी फाइभ:

दक्षिण कोरियाली कम्पनी एलजीले यो मोड्युलर फोनलाई बडो धुमधामसँग लञ्च गरेको थियो । यो स्लाइड ब्याट्रीवाला फोन थियो । साथै यसमा अन्य कैयौँ एसेसरिज पनि मोडीफाइ गरिएको थियो र यो फोनको नाम नै फ्रेन्स राखिएको थियो । तर यसले नाम अनुसारको काम गर्न सकेन र ग्राहकको अपेक्षामा खरो उत्रिन सकेन । यो फोन बजारमा बिक्न नसकेपछि कम्पनीले ठूलो घाटा बेहोर्नुपर्यो ।

फ्रीडम २५१:

भारतीय कम्पनीले विश्वकै सस्तो स्मार्टफोन भनी निकै प्रचार गरेर तयार गरेको यो स्मार्टफोनको मूल्य जम्मा अढाइ सय भारु तोकिएको थियो । यो फोन किन्नका लागि लाखौँ मानिसले आफ्नो नाम दर्ता गराए । कम्पनीले अहिलेसम्म ७० हजार जनालाई फोन बेचिसकेको बताएको छ । तर पछि यो स्मार्टफोन उत्पादन गर्ने कम्पनी नै बन्द भएको खबर आयो ।

ब्लाकबेरी प्राइभ:

ब्लाकबेरीकेा पहिलो एन्ड्रोइड फोन ब्लाकबेरी प्राइभले पनि अघिल्लो वर्ष आफ्नो छाप छाड्न सकेन । कम्पनीले यो फोनका लागि ठूलै जुवा खेलेको थियो तर सन् २०१६ को अन्तिम त्रैमासिकमा केवल ६ लाख फोन मात्र बेच्न सक्यो ।