Wednesday 26th September 2018

    प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसंघ महासभामा बिहीबार सम्बोधन गर्ने    रवि लामीछाने हलमा जनताकै भिडबाट बोल्दै यसरी प्रवेस गरे open video    बेगनास तालमा फेरि लापरबाही    कुबेत बाट नेपाली चेलीले लेखेको यो चिठीले, कसलाई रुवाउदैन होला र    मातृभूमी(MIEC) सोलुखुम्बुले१७%छुटसहित बैकिङ्ग, लाेकशेवा तयारी कक्षा सुरू गर्यो

पौडी टोली जापान प्रस्थान

मंगलबार, कार्तिक ३०, २०७३

408409180दसौं एसियाली पौडी प्रतियोगितामा सहभागी हुन ३ महिला खेलाडीसहित ६ सदस्यीय नेपाली टोली मंगलबार जापानको टोकियो प्रस्थान गरेको छ । नोभेम्बर १७ देखि २२ तारिखसम्म हुने प्रतियोगितामा टीसा शाक्यले ५० मिटर बटरफ्लाइ तथा ५० र १ सय मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गर्नेछिन् । अक्शरा सिंहले ५० र १ सय मिटर ब्रेस्टस्ट्रोकमा खेल्नेछिन् । त्यस्तै आयुश्मा तुलाधरले ५० मिटर ब्रेस्टस्ट्रोक, ५० मिटर बटरफ्लाइ र ५० मिटर फ्रिस्टायलमा भाग लिने छिन् । खेलाडीत्रय लिङ्कन स्कुलमा अध्ययनरत छन् । टीसाबाहेक बाँकी दुई खेलाडीको यो ‘डेब्यु’ अन्तर्राष्ट्रिय प्रतियोगिता हुनेछ । टोली नेतामा नेपाल पौडी संघका उपाध्यक्ष महेश महर्जन, व्यवस्थापकमा पौडी संघका सदस्य सागर शाक्य तथा अफिसियलमा शान्ति स्थापित रहेका छन् । टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्ट र पौडी संघका अध्यक्ष अशोक वज्राचार्यले बिदाइ गरे ।