Sunday 22nd October 2017

    फोरम र नयाँ शक्तिको घरदैलो कार्यक्रम तीब्र    गण्डकी गाउँपालिका बनाउने तिवारीको योजना    उम्मेद्वारी फिर्ता गर्न चाहाने उम्मेद्वारले आज ५ बजेसम्ममा फर्तालिन सक्ने    निर्वाचनमा सहभागी हुन नसकेका मजदूरले यस्तो भूमिका खेल्ने    बिरामी बोक्ने एम्बुलेन्सबाट गाँजा तस्करी

थाइल्याण्डको समुन्द्रमा नेपाली फिल्म अवार्ड सम्पन्न

बुधबार, कार्तिक ०३, २०७३

बक्स अफिस फिल्म क्लब नेपालले समुद्रमूनि फिल्म अवार्ड सम्पन्न गरेको छ । क्लबले दशैंको अवसर पारेर तिन दर्जन बढि कलाकार टोली थाइल्याण्डको पत्तैया लगेर समुद्रमूनि ‘अण्डरवाटर बक्स अफिस फिल्म अवार्ड’ आयोजना गरेको हो । विश्व रेकर्ड राख्ने उद्देश्यका साथ ७० हजार फिट मूनि अवार्ड आयोजना गरिएको आयोजक बक्स अफिस फिल्म क्लबका अध्यक्ष आरके सुवेदीले बताए । समुन्द्रमुनि फिल्म अवार्ड आयोजना गरिएको यो नै बिश्वको पहिलो भएको उनको दाबी छ । अक्सिजनको माध्यमबाट समुद्रमूनि अवार्ड आयोजना गरिएको सुबेदीले खुलाए । कार्यक्रममा कलाकार तथा फिल्म ड्रिम्सका निर्माता ,निर्देशक भुवन केसीलाई कुशल निर्माताको अवार्ड, प्राविधिक एवं निर्माण नियन्त्रक केशव घिमिरेलाई प्राविधिक अवार्ड, दुई दशकदेखि द्वन्द्वको स्टन्ट दिने द्वन्द्व कलाकार नरेन्द्र केसीलाई स्टन्ट अवार्ड र हाँस्य कलाकार कलाकार सुबास कार्कीलाई हाँस्य विधामा अवार्ड प्रदान गरिएको थियो । सोही अवसरमा बिगत दुई दशकदेखि नेपाली फिल्ममा अभिनयरत सुन्दर श्रेष्ठले खलपात्रको अवार्ड बुझेका थिए ।

award-2

अवार्ड बुझेपछि कलाकार, निर्माता तथा निर्देशक भुवन केसीले आफुले अहिलेसम्म पाएको सम्मान भन्दा यो उच्च र दुर्लभ रहेको प्रतिक्रिया दिएका थिए । त्यस्तै नरेन्द्र केसीले आफू ज्यानको माया मारेरै अवार्ड लिन समुद्रमूनि पुगेको बताउँदा हाँस्य कलाकार कार्कीले जीवनमा आफूले कहिलै कल्पना नगरेको अवार्ड पाउँदा आश्र्यचकित भएको बताए । अधिकाम्स अवार्ड मुद्रमूनि वितरण गर्ने कार्यक्रम रहे पनि शारीरिक कमजोरीका कारण सबै कलाकारलाई समुन्द्र मुनी लान नसकिएको क्लबका अध्यक्ष सुबेदीले बताए । उनले भने ‘अण्डरवाटर बक्स अफिस फिल्म अवार्ड’ गरेर मैले देशको नाम राखेको छु । यसमा चलचित्र नगरीले नै गर्व गर्नुपर्छ ।’ अवार्ड पछि बैंककमै लामो समयदेखि बसोबास गर्दै आएका नेपाली बुद्धिजीवी र कलाकार बिच मैत्रिपूर्ण फुटबल तथा थाइल्याण्डको राजधानी बैंककको पानी जहाजमा रात्रीभोज समेत आयोजना गरिएको थियो । बक्स अफिस फिल्म क्लब नेपालले ६ वर्षअघि पहिलो पटक दुवईमा नेपाली फिल्म अवार्ड तथा कलाकर्मीबीच मैत्रीपूर्ण फुटबल म्याच आयोजना गरेका आरकेले केही महिना अघि ४९ हजार फिट उचाइमा उडिरहेको अन्तराष्ट्रिय विमान भित्र फिल्म अवार्ड आयोजना गरेका थिए । सो अवार्डमा उनले थुप्रै कलाकर्मीलाई सम्मान गरेका थिए ।