Monday 25th June 2018

    सोलुखुम्बु मा मेरो बच्चा उमेरका सम्रक्षक बलबहादुर के सी सगै चुनाब लडे:खड्का भिडियो सहित    हिसिला यामी को जन्मदिन मा बाबुराम भट्टराइ यसरी नाचे    जन्मदिनकाे अवसरमा मेस्सीकाे सन्देश- ‘विश्वकप नजितीकन सन्यास लिने मनसाय छैन’    प्रधानमन्त्री अाली स्वदेश फर्के लगत्तै राष्ट्रपति भण्डारी लाइ भेटेर के भने पुर्ण पाठ    अमेजमान कम्पनि पुर्ण रूपमा सञ्चालनमा होटेल कसरी बुकिङ गर्ने ?

नेपाल बैंक ८०औँ वर्षमा

मंगलबार, कार्तिक ३०, २०७३

nepal-rastra-bankमुलुकको सबैभन्दा पुरानो बैंक नेपाल बैंक लिमिटेड आजदेखि ८० औँ  वर्षमा प्रवेश गरेको छ । देशमा संस्थागत बैंकिङ सेवाको थालनी गरेको उक्त बैंकको वर्तमान सेयर पूँजी संरचनामा सरकारको ६२ दशमलव २१ प्रतिशत तथा सर्वसाधारण एवम् कर्मचारीको ३७ दशमलव ७९ प्रतिशत छ । चुक्ता पूँजी शेयर रु पाँच अर्ब ४९ करोड रहेको उक्त बैंकको आज सम्मको पुँजीकोष अनुपात १२ दशमलव १२ प्रतिशत पुगेको बैंकद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ । बितेका तीन महिनामा सो बैंकले रु एक अर्ब १६ करोड खुद मुनाफा कमाएको छ भने निक्षेप रु ८६ अर्ब २२ करोड रहेको छ । उक्त बैंकले रु ६६ अर्ब तीन करोड कर्जा प्रवाह गरेको छ भने निष्क्रिय कर्जाको अनुपात ३ दशमलब १ प्रतिशत रहेको बताइएको छ ।