Tuesday 24th October 2017

    फोरम र नयाँ शक्तिको घरदैलो कार्यक्रम तीब्र    गण्डकी गाउँपालिका बनाउने तिवारीको योजना    उम्मेद्वारी फिर्ता गर्न चाहाने उम्मेद्वारले आज ५ बजेसम्ममा फर्तालिन सक्ने    निर्वाचनमा सहभागी हुन नसकेका मजदूरले यस्तो भूमिका खेल्ने    बिरामी बोक्ने एम्बुलेन्सबाट गाँजा तस्करी

परिवर्तनलाई आत्मसाथ गर्ने सोच भएकी सामाजिक अभियानता तथा लोकप्रिय गायिका मालतीको समृद्ध नेपालको सपना कस्तो छ त ?

मंगलबार, श्रावण-१८, २०७३

विभिन्न दलका नेताहरुले आ-आफ्नै ढंगबाट नेपाली जनताको चाहनाको परिभाषा फरक फरक गर्दै आएका छन् । एउटै देशका त्यही जनताले किन पार्टी पिच्छे फरक फरक चाहना र अनि नेता पिच्छे फरक फरक दृष्टिकोण किन राखेका होलान् ? अनि जनताको चाहनाको बहानामा कयौ पार्टी स्थापना भए अनि कयौँ नेताहरु निर्माण भए यद्यपि आज सम्म किन जनताको चाहना सबैले बुझेका छैनन्, अनि हामी अत्यन्त लोकप्रिय पार्टी भनेर आफुलाई दर्ज गर्न खोजे पनि किन नेपालको समृद्धि कहिल्यै हुन सकेन ? अनि नेपाली काँग्रेसको प्रजातान्त्रिक समाजबाद, नेकपा एमालेको बहुदलीय जनबाद, माओवादीको प्रचण्डपथ लगायतका धेरै सिद्धान्तहरुको परिक्षण गरिरहँदा सबै पार्टीहरुले आफ्ना सिद्धान्त जति उत्कृष्ट अरु कुनै छैन भनी एक अर्कालाई सत्तो सराप गरिनै रहे यद्यपि किन कुनै सिद्धान्तले पनि नेपालको विकास नभएको हो ? जनताले खोजेको के रहेछ आखिरमा र खोजेको किन पाएनन् ती जनताले यसको उत्तर एउटा अभियानकै रुपमा खोज्ने जमर्को गर्दैछ थार्इनेपालन्यूज र मातृभूमिका लागि युवा अभियान ।

यसैक्रममा राष्ट्रलाई माया गर्ने र परिवर्तनलाई आत्मसाथ गरेर लैजानु पर्छ भन्ने सकरात्मक धारणा भएकी सामाजिक अभियानता तथा लोकप्रिय लोकदोहोरी गायिका मालती खरेलसँग गरीएको महत्वपुर्ण कुराकानी ;

13672158_1122569184470014_2077045144_n

१) तपाई लोकप्रिय गायिका हुनुहुन्छ, तपाइको नयाँ एल्बम बजारमा आएको छ, आफ्नो नयाँ एल्बमको बारेमा के भन्न चाहानुहुन्छ ?
– हजुर भर्खरै मात्र मैले नारीहरुको महानचार्ड हरितालीका तिजको मौकापारी नयाँ तिजगीत बजारमा ल्याएकी छु । ‘बजाइदेउ डम्बरु’ भन्ने नितान्तै तिजको महिलाहरुलाई सुहाउँदो खालको गित हो । जसमा शब्द राजेन्द्र सुवेदी, लय दिवसागर थापा र स्वरमा दिपसागर दाईले साथ दिनुभएको छ । यस गितमा पहिलो पटक मैले अभिनय पनि गर्ने कोशिष गरेकी छु र यसमा विजय थापाले मलाई साथ दिनु भएको छ ।

२) एक सफल व्यक्तित्व हुन कस्ता कुराहरु अपनाउनु पर्छ त तपाईको बिचारमा ?
-मानिस एक सफल व्यक्ति हुनकोलागि धेरै दुःख, कष्ट सहनु पर्दो रहेछ । हरेक चुनौतीलाई सामना गर्नसक्ने साहास चाहिन्छ । खुट्टातान्ने प्रवृतिलाई कुल्चिदै आफ्नो लक्ष्यतर्फ अगाडि बढ्नु आवश्यक छ । आफुले गरेको काम सहि हो र म यहि बाटोमा अगाडि बढ्नु पर्छ भन्ने आट र साहासको खाँचो पर्दछ । नविराउनु नडराउनु भन्ने कुरालाई मनमा राखि काममा अग्रसर हुन आवश्यक छ ।

३) अब तपाईलाई आफ्नो देश तथा राजनीति सम्बन्धि प्रश्न गर्दैछु । नेपाली युवाहरुलाई कस्तो नेताको आवश्यक छ ?
-नेपाली युवालाई कुरा थोरै र काम धेरै गर्ने नेताको खाँचो छ ।

४) नेपाली युवाहरुका लागि अब कस्तो पार्टीको आवश्यकता छ जस्तो लाग्छ ?
-पार्टी भन्दा पनि व्यक्ति सहि हुनुपर्दछ । पार्टी त एक व्यक्ति व्यक्ति विचको संगठन हो । एक पार्टीबाट अर्को पार्टीको खिल्ली उडाउने र खुट्टा तान्ने काम मात्र हुन्छ ।

५) तपाईको विचारमा नेपालको विकास हुन नसक्नुका ५ कारणहरु के के हुन सक्छन् ?
१.एक अर्काको रिस गर्ने प्रवृत्ति
२.काम भन्दा भाषण धेरै
३.कुर्सीको माया धेरै
४.राम्रो भन्दा हाम्रो मान्छे भन्ने प्रवृति
५. युवाहरु विदेश पलायन हुँदा पौरखी हात र आवजको कमि

६) तपाइको विचारमा नेपालको विकासका लागि कुन सिद्दान्त आवश्यक छ जस्तो लाग्छ ?
-देश हाम्रो नभनी मेरो हो मैले यहि सबै समस्या हल गर्न सक्छु भन्ने आट हुनुपर्छ र त्यसमा सबै नेपालीको सकारात्मक सोच राखी साथ दिनु आवश्यक छ ।

७) तपाई प्रधानमन्त्री हुनु भयो भने सर्वप्रथम नेपालका लागि ५ वटा महत्वपूर्ण काम के के गर्नुहुनेछ ?
१.प्रमुख समस्या युवालार्इ विदेश पलायनमा रोक्छु र नेपालमै रोजगारीको अवसर प्रदान गर्छु ।
२. हाम्रो देशमा भएको जलस्रोत उपयोग गरि कृषिमा सिंचाइको व्यवस्था गर्छु ।
३. नेपाली महिलाहरुमा हुने दमन र छोराछोरीको भेदभाव हटाउछु ।
४. लोडसेडिङ्ग मुक्त देश बनाउँने कोशिस गर्छु ।
५. बन्द हड्ताल मुक्त देश बनाउन पहल गर्छु ।

८) तपाई कुनै पार्टीको कार्यकर्ता अथवा नेता नभई एउटा नागरिकको हैसियतमा देशको सम्वृद्धिको लागि गर्नु भएको कुनै योगदानको वारेमा बताइदिनु हुन्छ कि ?
-एउटा नागरीकको हैसियतले देशमा हुने हड्ताल र बन्दको क्रममा मेरो ठाँउ, म जन्मिएको जिल्ला कपिलवस्तुमा बन्दकर्ताहरुको सामना गरी कपिलवस्तु जिल्लालाइ बन्द मुक्त बनाउने कोसिस गरेकि थिएँ, जँहा कपिलवस्तुका सम्पूर्ण युवा युवतिहरुले मलाई साथ दिनु भएको थियो । त्यसैगरी सबै ठाँउमा एकजुट भइ बन्द हड्ताल अन्त्य गर्न गारो छैन ।

९) अन्त्यमा थाइनेपालन्युज डट कम पढ़नुहुने सम्पूर्ण पाठकबर्गलाई के भन्न चाहनुहुन्छ ?
-अन्त्यमा थाइनेपालन्युज डटकमलाई म भर्खर मात्र संगीतमा पाइला चाल्न सुरु गरेको मान्छेलाई हजुरमार्फत केही कुरा राख्ने मौका दिनु भएकोमा धेरै धन्यवाद दिन्छु साथै थाइनेपालन्युज डटकम आगामी दिनहरुमा सफलतापुर्वक अगाडी बढोस् भनि धेरै धेरै शुभकामना दिन चाहान्छु । र सम्पूर्ण पाठकवर्गलाई नयाँ कलाकारलाई माया गरिदिनु, गित संगितलाई सभ्य र मर्यादित गर्नुमा पाठकवर्गको देन हुन्छ । त्यसैले राम्रो नराम्रो औलाइदिनु र मेरो ‘बजाइदेउ डम्मरु’ हजुरलाई कस्तो लाग्यो सल्लाह सुझाव पनि दिनुहोला, जसले गर्दा मलाई अगाडि बढ्न र राम्रो गीतहरु पस्कीन प्रोत्साहन हुनेछ । साथै ‘पुर्बैमा घाम लाग्यो’ भन्ने मेरो दोहोरी गित पनि आउँदै छ । कृपया हेरिदिनु, सुनिदिनु होला । धन्यवाद !