Tuesday 16th January 2018

    hhy    uu    मेरो लडाइँ असल न्यायाधीशविरुद्ध होइन    के सि अनसन बाटैै हिरासत मा कसरी पुुगेे    केसी लाइ रिहा गर्न बाबुुराम काेे माग

कस्को काम हाईलाइटमा ‘मजदुरवाला बालबालिका कि तरकारीवाली कुसुम’ ?

मंगलबार, कार्तिक ३०, २०७३

IMG_20151117_144319

मनिषा खतिवडा

वास्तवमा काम कुनै सानो ठुलो हुँदैन, कामको बारेमा सोच्ने सोचाई फरक हुन सक्छ । म कुरा गर्न खोज्दैछु इन्टरनेटबाट अहिले भाइरल भएकी तरकारीवाली ‘कुसुम श्रेष्ठ’को । साँच्चै नै उनि अहिले छाएकी छिन् विश्वभर इन्टरनेटको मध्यमबाट । किन भईन् त उनि यति व्यापक ? के तरकारी बेच्नु उनको ब्यापकता हुनुको मुख्य कारण हो ? कि उनको सुन्दरता हो त ? अथवा अरु केही हुन सक्छ कि ?

उनीलाई इन्टरनेटको मध्यमबाट प्रख्यात गराउँने पत्रकार रुपचन्द्र महर्जनलाई म अनुरोध गर्न चाहन्छु कि कलिलो उमेरमा पढ्न छोडेर, मजदुरी गर्न बाध्य नेपाली बालबालिकालाई पनि हाईलाइटमा ल्याउन मदत गर्नुहुन्छ कि ? नेपालका साथै विश्वभर मजदुर दिवस मनाइन्छ । तर नेपालमा रहेका १६ लाख बालमजदुरलाई मजदुर दिवसले खासै छोएको पाइन्न । तीमध्ये ६ लाख २१ हजार बालबालिका बालमजदुरका रुपमा जोखिमपूर्ण काममा संलग्न रहँदै आएका छन् । यिनीहरुको पक्षमा बोल्ने न कोही मजदुर नेता छन्, न त बालमजदुरका मुद्दा नै उठान्छ । भएका पत्रकारहरुलाई पनि अन्य काम मै भ्याई नभ्याई छन् । ति बालबालिकाहरूका अगाडी त तरकारी बेच्ने काम न कुनै जोखिमपूर्ण नै हो, न कुनै अनौठो नै । सुन्दरताको हिसाबले उनीलाई हाईलाइटमा ल्याइएको हो भने मिस नेपाल जस्ता ब्युटी कनटेक्सहरुमा ल्याउँन सकिन्थ्यो नि हैन र ?

हुन त उनलाई हाईलाइटमा ल्याएर एक किसिमको राम्रो काम पनि भएको छ । बिस्तारै पछि पर्दै गएको नेपाल, अचानक विश्वभर छाएको छ, मात्र एउटा केटिका कारणले । अनि अर्को सकारात्मक पक्ष भनेको कुसुम जस्ता हजारौँ युवायुवतीहरुलाई आफ्नै ठाउँमा सहि तरिकाले गरेमा जस्तो राम्रो काम गरेर जीविकोपार्जन गर्ने प्रेरणा मिलेको छ । तर तरकारी बेचेर भएनी उनीले पढ्न त पाएकी छिन् नि, बिहान बेलुका छाक टार्न पक्कै गारो छैन होला उनीलाई त । किनभने कृषिप्रधान देशमा कृषि ब्यबसाय गरेर खाने मान्छे कहिल्यै भोकै मर्दैन । तर सोच ति अनाथ, अपाङ्ग अनि मजदुर गर्न बाध्य बालबालिका जसले अर्काको गुलामी नगर्दा छाक टार्न गाह्रो हुन्छ, भोकै पेट सुत्न पर्ने अवस्था आउँछ । जसकालागि पढ्ने, स्कुल जाने, राम्रा लुगा लगाउने कुरा त सपना जस्तै हुन् । यो अवस्थामा कसलाई प्राथमिकतामा ल्याउनु पर्थ्यो होला त ?

सुन्नमा आएको छ कुसुम त अब नायिका हुने भईन रे । लजालु स्वभाबकि उनि अब कुर्ता सुरुवालमा भन्दा बेग्लै रुपमा देखिने भईन । खुसि लागेको छ सानै उमेरमा यति माथि पुग्न सफल भईन तर उनीले छोटो समय मै पाएको यो सफलता दिर्घकालसम्म हुन्छ कि हुँदैन त ? त्यो त समयले नै बताउला । अवसरको खोजि सबैलाई हुन्छ, यहाँ पनि रामचन्द्र महर्जनले उनीलाई एउटा अवसर प्रदान गरेका छन् । कुसुमको फोटो इन्टरनेटको मध्यमबाट विश्वभर चिनाउँनलाई, उनको यो कामलाई सम्मान गर्छु । यसरी नै अन्य अवसरहरु पनि ईटा बोकी, घाँस दाउरा गरि, होटलमा भाडा माजी जीवन चलाउँने ति सबै कुसुमहरुले पाएमा कति जाति हुनेथ्यो ।

मैले न कुसुमको आलोचना गरेकी हुँ, न त उनलाई शिखरमा पुर्याउन मदत गर्नेको नै । मैले मात्र प्राथमिकता र अहिलेको अवस्थामा नेपाललाई चाहिएको बिषयबस्तुका बारेमा प्रस्ट्याउँन मात्र खोजेकी हुँ । कसैलाई असर पुर्याउने मेरो धारण होइन, कसैलार्इ मेरो बिचारले ठेस पुर्याएमा क्षमाप्राथी छु । 

यिनी हुन् ‘डोकोवाली’

 

यिनी हुन् ‘गिटी कुट्नेवाली’

 

यिनी हुन् ‘होटलमा भाडामज्नेवाली’

 

यिनी हुन् ‘ईटावाली’

 

र यिनी हून् ‘तरकारीवाली’