Wednesday 26th September 2018

    प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसंघ महासभामा बिहीबार सम्बोधन गर्ने    रवि लामीछाने हलमा जनताकै भिडबाट बोल्दै यसरी प्रवेस गरे open video    बेगनास तालमा फेरि लापरबाही    कुबेत बाट नेपाली चेलीले लेखेको यो चिठीले, कसलाई रुवाउदैन होला र    मातृभूमी(MIEC) सोलुखुम्बुले१७%छुटसहित बैकिङ्ग, लाेकशेवा तयारी कक्षा सुरू गर्यो

मावि सञ्चालन गर्न देउसीभैलो खेलेर रु पाँच लाख सङ्कलन

आइतबार, कार्तिक २१, २०७३

dausi-bhailo-2069-1पाल्पा जिल्लाको मुझुङ्ग गाविस–२ बगैँचास्थित कालिका माविका शिक्षक विद्यार्थीले देउसीभैलो खेलेर रु पाँच लाख सङ्कलन गरेका छन् । मावि तहको ११ र १२ कक्षा सञ्चालनका लागि मुझुङ्ग गाविसभित्रका प्रत्येक घरधुरीमा देउसीभैलो खेलेको विद्यालयले जनाएको छ । विद्यार्थीले अध्ययन गर्ने विद्यालयमा कक्षा दशसम्म पढाइ सञ्चालन भए पनि मावि तहका दुई कक्षा सञ्चालन हुन नसक्दा विद्यार्थी अन्यत्र जानुपर्ने बाध्यता रहेको विद्यालयका प्रधानाध्यापक जनार्दन पाण्डेयले जानकारी दिए । मावि सञ्चालनका लागि देउसीभैलो खेल्दा गाविसवासीले पाँच सय देखि १२ हजारसम्म आर्थिक सहयोग प्राप्त भएको विद्यालयले जनाएको छ । वडा वडामा देउसीभैलो खेल्दै शिक्षक र विद्यार्थी पुग्दा स्थानीय बासिन्दा खुसी देखिएका थिए । ०५६ सालमा कक्षा १० सम्मको पढाइ हुँदै आए पनि एसएलसीपछिको पढ्न यहाँका विद्यार्थी छहरा, पालुङ्गमैनादी गाविसमा धाउनुपर्ने बाध्यता रहेको छ ।