Sunday 25th February 2018

    वैचारिक संकटबाट मुक्त हुन बुद्धले जस्तै आँट गरेर नयाँ विचार दिनुपर्छ : संयोजक भट्टराई    मन्त्रिपरिषद बैठक सम्पन्न, मन्त्रालयको संख्या १७ हुने    नेतृत्वमा बासी अनुहारहरु भएमा जनतासँग टुटेको समबन्ध जोडिँदैन : थापा    विकास निर्माणका काममा जुट्यो नेकपा, २५ वर्षसम्म नबनेको सडक बनाउन सुरु    माओवादी संसदीय दलको नेतामा दाहाल सर्वसम्मत् चयन

लोक्ताबाट जापानी नोट बन्ने भएपछि स्थानीयवासी हर्षित

बुधबार, कार्तिक २४, २०७३

r9_136पूर्वी पहाडी जिल्ला पाँचथरका गाउँगाउँमा खेर गइरहेको अर्गेलीको लोक्ता जापानी नोट र छाला बनाउन प्रयोग हुने भएपछि कृषक हर्षित भएका छन् । नब्बे रुपैयाँ प्रतिकेजीमा बिक्री हुने गरेको अर्गेलीको लोक्ता चार गुना बढी मूल्यमा बिक्री हुन थालेपछि कृषकमा खुसी छाएको हो । लोक्ताको माग बढेपछि पाँचथर जिल्लामा अहिले जापानिज प्रविधिमा अर्गेलीको कच्चापदार्थ बनाउन थालिएको छ । परम्परागत प्रविधिमा अर्गेलीबाट काँचो कागज बनाइँदै आइए पनि पछिल्लो समय जापानिज नोट र छाला बनाउन जापानबाट अर्गेलीको माग आएपछि किसान गाँउघरमै जापानिज प्रविधिबाट अर्गेलीको कच्चापदार्थ बनाउन जुटेका हुन् । नोट र छाला बनाउन जापानमा नेपाली अर्गेली माग बढेकाले निर्यात सुरु भएको व्यवसायीको भनाइ छ । जिल्लाका १८ गाविसमा अर्गेली उत्पादन हुन्छ । दाजुभाइ सहकारी संस्थाको सहयोगमा ती स्थानमा जापानिज प्रविधिमा अर्गेलीको कच्चापदार्थ बनाउन सिकाउने कामसमेत भइरहेको संस्थाका अध्यक्ष ओमराज थाम्सुहाङले बताए । अलैँची पछिको राम्रो आम्दानीको स्रोत अब अर्गेली हुने स्थानीयवासीको भनाइ छ । कागज बनाउनका लागि जिल्लाबाट एक सय क्युटेल अर्गेलीको कच्चापदार्थ निकासी हुने गरेको जिल्ला वन कार्यालयले जनाएको छ । यस वर्ष जापानमा सात मेट्रिक टन अर्गेली निकासी हुने भएको छ । नब्बे रुपैयाँ प्रतिकेजी बिक्री भइरहेको अर्गेली जापानले चार सय रुपैयँमा खरिद गर्नेछ ।