Tuesday 16th January 2018

    hhy    uu    मेरो लडाइँ असल न्यायाधीशविरुद्ध होइन    के सि अनसन बाटैै हिरासत मा कसरी पुुगेे    केसी लाइ रिहा गर्न बाबुुराम काेे माग

लाओस देशको बारेमा केहि महत्वपुर्ण कुराहरु जानी राखौँ…(फोटोसहित)

बुधबार, भाद्र २९, २०७३

laos-mmap-md‘लाओस पीपुल्स डेमोक्रेटिक रिपब्लिक’ पुर्वी एसियामा पर्ने एक भूपरिवेष्ठित देशमध्ये एक हो । लाओसको दक्षिणपूर्वी एसियासँगै जोडिएका, सीमान्त नजिकमा बर्मा र पूर्वीय उत्तरपश्चिमीमा चीन, पूर्वतिर भियतनाम, दक्षिणमा कम्बोडिया, र पश्चिममा थाईल्याण्ड रहेको छ । लाओसको राजधानी भाइनटाइन हो । यहाँका अन्य प्रख्यात सहरहरुमा लुङ्ग प्रबांग, सभन्नकेत, पासके आदि पर्दछन् । लाओसको मातृभाषा लाओ हो । यहाँका मानिसहरु आठौँ शताब्दी तिर दक्षिणी चीनबाट बसाँईसरी लाओसमा आएका हुन् । २०१२ सम्मको गणनामा लाओसको जनसंख्या लगभक ६.५ लाख रहको अनुमान छ । यहाँको मौसमको कुरा गर्दा, यहाँको औसत तापक्रम २९ डिग्री से. हुन्छ ।

लाओस एक बहुजातिक देश हो, जसको राजनीतिक तथा धार्मिक, कला-सांस्कृतिक अवस्था धेरै नै बिकसित र प्रभावशालि छ । यहाँको मुख्य धर्म नै बौद्ध धर्म हो ।  यहाँका अधिकांस मानिसहरु बौद्ध धर्म मान्दछन् । विभिन्न किसिमका गुम्बा, बौद्ध स्तुपा साथै बुद्धका विभिन्न आकर्षक मुर्तिहरुको पनि खानी हो लाओस । प्राकृतिक रुपमा पनि लाओस एक सुन्दर देश नै हो । ठुला-ठुला पहाड, हरिया जंगल, पोखरी, झरना,खोला  साथै मानब निर्मित आकर्षक बनावटहरूले पनि अझ सुन्दर देखिन सफल छ लाओस । लाओस एक कम्युनिस्ट राज्य पनि हो । यहाँ कम्युनिस्ट सरकारद्वारा नेतृत्व गरि राज्य संचालन गरिन्छ ।  लाओस,म्यानमार तथा थाईल्याण्ड जस्ता देशहरुमा लगभक धेरै कुराहरु मिल्न जान्छन । थाई भाषा र लाओ भाषामा पनि धेरै फरक भने छैन । यहाँका मानिसहरु कृषि साथै व्यापार,ब्यबसाय गरेर जीविकोपार्जन गर्ने गर्दछन । कृषि ब्यबसायमा धान, मकै, कफी, सुर्ती, चिया, सखारखण्ड, उखु खेति साथै सुँगुर, भैंसी पालन आदिबाट आम्दानी गर्ने गर्दछन् ।