Tuesday 12th December 2017

    फोरम र नयाँ शक्तिको घरदैलो कार्यक्रम तीब्र    गण्डकी गाउँपालिका बनाउने तिवारीको योजना    उम्मेद्वारी फिर्ता गर्न चाहाने उम्मेद्वारले आज ५ बजेसम्ममा फर्तालिन सक्ने    निर्वाचनमा सहभागी हुन नसकेका मजदूरले यस्तो भूमिका खेल्ने    बिरामी बोक्ने एम्बुलेन्सबाट गाँजा तस्करी

‘खेलाडीलाई निःशुल्क शिक्षाको व्यवस्था गरिन’

बुधबार, कार्तिक २४, २०७३

1461635461rakhepaराष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले राष्ट्रिय खेलकूद प्रतियोगितामा छनोट हुने सुदूरपश्चिमका खेलाडीलाई अबदेखि निःशुल्क शिक्षाको व्यवस्था गर्न लागिएको घोषणा गर्नुभएको छ । आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा विष्टले खेलाडीको हितका लागि यो सुविधा प्रदान गर्न लागिएको बताउनुभयो । निःशुल्क शिक्षाको व्यवस्था विस्तारै अन्य क्षेत्रका खेलाडीलाई पनि प्रदान गर्ने योजना रहेको उनले बताए । सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आउँदो मङ्सिर महिनामा नै आयोजना गर्ने गरी तयारी अघि बढाइएको विष्टले जानकारी दिए ।लआउने मङ्सिरमा आयोजना गरिने राष्ट्रिय खेलकूद प्रतियोगिताको मिति भने बोर्ड बैठकले तोक्न लागेको छ, विष्टले भन्नुभयो ‘बजेटका कारण यो खेलकुद प्रतियोगिता रोकिँदैन ।’

हरेक दुई/दुई वर्षमा आयोजना गरिने राष्ट्रिय खेलकुद प्रतियोगिता पछिल्लो केही वर्षदेखि तोकिएको समयमा हुन नसकी सर्दै आएको छ । सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आउँदो मङ्सिर–८ गतेदेखि विराटनगरमा गरिने घोषणा यसअघि नै गरिएकोमा यो मितिमा भने प्रतियोगिता हुन नसक्ने देखिएको छ । राष्ट्रिय खेलकुद प्रतियोगिता अघि गरिने क्षेत्रीयस्तरका प्रतियोगिता कात्तिक ३ गतेदेखि मङ्सिर ३ गतेसम्म गर्ने घोषणा गरिएकोमा यी प्रतियोगिता स्थगित अवस्थामा रहेको क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रेमबहादुर मल्लले बताए । छैठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता विसं २०६८ फागुनमा धनगढीमा गरिएको थियो ।

तेक्वान्दोका खेलाडीलाई खेल सामग्री प्रदान :-
यसैबीच, तेक्वान्दोका कीर्तिमानी ओलम्पियन खेलाडी दीपक विष्टको पहलमा प्राप्त भएका तेक्वान्दो खेलका सामग्री सुदूरपश्चिमका तेक्वान्दो खेलाडीलाई मङ्गलबार निःशुल्क रुपमा उपलब्ध गराइएको छ । क्षेत्रीय खेलकुद विकास समिति धनगढीमा आयोजित कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले तेक्वान्दोका प्रशिक्षकलाई यी खेल सामग्री हस्तान्तरण गरे । कीर्तिमानी खेलाडी विष्टले झन्डै रु २० लाख मूल्य बराबरका यी सामग्री विभिन्न क्लब र खेलकुद सङ्गठनबाट निःशुल्क रुपमा जुटाएको बताइएको छ ।