Tuesday 26th September 2017

    फोरम र नयाँ शक्तिको घरदैलो कार्यक्रम तीब्र    गण्डकी गाउँपालिका बनाउने तिवारीको योजना    उम्मेद्वारी फिर्ता गर्न चाहाने उम्मेद्वारले आज ५ बजेसम्ममा फर्तालिन सक्ने    निर्वाचनमा सहभागी हुन नसकेका मजदूरले यस्तो भूमिका खेल्ने    बिरामी बोक्ने एम्बुलेन्सबाट गाँजा तस्करी

‘कथिन चिवर दान’ उत्सव सम्पन्न

मंगलबार, कार्तिक ३०, २०७३

190508-071बौद्ध धर्मावलम्बीले ‘कथिन चिवर दान’ उत्सव सम्पन्न गरेका छन् । कोजाग्रत पूर्णिमादेखि कात्तिक शुक्ल पूर्णिमासम्म चल्ने सो महोत्सवमा बौद्ध धर्मका उपासक तथा उपासिका तथा दाताबाट भिक्षुलाई नयाँ चिवर उपहारस्वरुप प्रदान गर्ने गरिन्छ । सोमबार कात्तिक शुक्ल पूर्णिमा परेको थियो । यसपटक काठमाडौँका करिब ४५ विहारमा सफलतापूर्वक सम्पन्न भएको अखिल भिक्षु महासङ्घले जनाएको छ । विशेष गरी भिक्षु वर्षावास बस्ने विहारमा एक महिनाको अवधिमा विशेष पूजा गरेर चिवर दान गरिन्छ । असार पूर्णिमादेखि तीन महिनासम्म एउटै विहारमा भिक्षुले बसोबास गरी धर्म प्रचार गर्ने कार्यलाई वर्षावास भनिन्छ । वर्षावास र कथिन चिवर दानको सह सम्बन्ध छ । शाक्यमुनि गौतमबुद्ध पनि वर्षावास बसेको अनुयायीद्वारा विश्वास गरिन्छ । बौद्धधर्ममा लाग्नका लागि सम्बन्धित नीति नियमको पालना गरी विभिन्न अभ्यास गर्नुपर्ने हुन्छ । त्यस्तो अभ्यास भिक्षुले निरन्तर गरेर बौद्ध धर्म तथा संस्कृतिको संरक्षण गर्नका लागि कथिन चिवर दान महत्वपूर्ण रहेको अखिल भिक्षु महासङ्घका महासचिव भिक्षु कौडिन्यले जानकारी दिनुभयो । भिक्षुलाई सधैँजसो विनयका नियमपालना गर्नुपर्ने भएपनि वर्षावासको नियम पालना गर्न केही कठिन हुने गर्दछ ।