Monday 23rd April 2018

    पार्टी एकता मा मारामार हेर्नुस यो भिडियो    सोलुखुम्बुमा अाफ्नै छोरी बलत्कार देखी बिकाश निर्माणमा प्रयोग गरीयको स्काभेटरमा अागजानी गर्ने ब्याक्ति सार्बजनिक पुर्ण पाठ    अन्तर पार्टी महिला संन्जाल समिति को सोलुखुम्बुको अध्यक्षमा मोहन कुमारी कार्की निर्बिरोध निर्बाचित    अोली र प्रचण्ड बिच अझै सहमति जुट्न सकेन पार्टी एकता अन्योल मै    भट्टराइ को प्रश्न अरूका बच्चा टिपेर सामुदायिक बिध्यालयमा भर्ना गर्ने प्रम मन्त्रि हरूका बच्चालाइ चै किन भर्ना गरीयन

बन्दका कारण उपत्यकाको जनजीवन अांशिक रुपमा प्रभावित

उपत्यकाब्यापी सडक विस्तार पीडित संघर्ष समितिले आब्हान गरेको बन्दका कारण विहानैदेखि उपत्यकाको जनजीवन प्रभावित भएको छ।  विहानदैखि यातायतका साधन चलेका छैनन भने पसल पनि बन्द छन् । फाट्टफुट्ट रुपमा ट्याक्सी र निजी सवारी साधन चलेको प्रहरीले जनाएको छ । रिङ्ग रोडमा थाेरै मात्रामा  सार्वजनिक यातायातका साधन चलेका छन् । साझा यातायात पनि अाजको बन्दमा स‌ंचालनमा छ।

काठमाडौंबाट उपत्यकाबाहिर छुट्ने सवारी साधन पनि आज छुटेका छैनन भने नागढुंगा, फर्पिङ, कोटेश्वरबाट कुनै सवारी साधन उपत्यका नभित्रिएको ट्राफिक प्रहरीले जनाएको छ। बन्द गराउँदै हिँडेका २३ जनालाई काठमाडौंबाट पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरका निमित्त प्रहरी प्रमुख प्रद्युम्न कार्कीले बताए।

त्यस्तै ललितपुरबाट पनि ६ जनालाई पक्राउ गरिएको ललितपुर प्रहरी परिसरका डिएसपी इश्वर कार्कीले बताए।

विभिन्न १० वटा माग राखेर संघर्ष समितिले उपत्यका बन्द आब्हान गरेको हो। उपत्यकाबासीका आफ्ना पुख्र्यौली थातथलो घर जग्गाबाट सडक विस्तारका नाममा मुआब्जा नदिइ उठिबास लगाउने कार्यको विरोध स्वरुप बन्द आब्हान गरिएको संघष समितिले जनाएको छ।

सरकारले हचुवाको घरमा घर भत्काउन लागेका कारण कतिपय घरधनीले डिप्रेसनको शिकार भएको हुदाँ त्यस विषयमा पनि सरकारको ध्यानाकर्षण गर्न बन्द आब्हान गरेको समितिले जनाएको छ। विभिन्न स्थानका २४ वटा संघर्ष समिति मिलेर उनीहरुले बन्द आब्हान गरेका हुन्।