Wednesday 26th September 2018

    प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसंघ महासभामा बिहीबार सम्बोधन गर्ने    रवि लामीछाने हलमा जनताकै भिडबाट बोल्दै यसरी प्रवेस गरे open video    बेगनास तालमा फेरि लापरबाही    कुबेत बाट नेपाली चेलीले लेखेको यो चिठीले, कसलाई रुवाउदैन होला र    मातृभूमी(MIEC) सोलुखुम्बुले१७%छुटसहित बैकिङ्ग, लाेकशेवा तयारी कक्षा सुरू गर्यो

कबिता : ”हरायो”

सोमबार, कार्तिक ०८, २०७३

ढक तराजु आयो, मानापाथी हरायो ।
आधुनिक घर रे खरको छाना हरायो ।।
म:म पिजा चाउमिन भन्छन् सबै जना ।
नेपालीको आटो ढिँडो खाना हरायो ।।
टिसर्ट पाईन्टका चलन चल्ती संस्कृति नै धराप ।
दौरा सुरुवाल गुन्यौ चोली नाना हरायो ।।
पूर्व टिस्टा पश्चिम किल्ला कांगडा नि हाम्रो ।
सुनौलीका सन्धि लेख्या पाना हरायो ।।
पप र्याप रिमिक्सले कानै छेड्ने भयो ।
सालैजो र यानीमाया गाना हरायो ।।
युरो अनि स्टर्लिङ र डलर जहिँतहीँ ।
सुका मोहोर रुपिँया आना हरायो ।।
राजनीतिको गन्दे खेलले भरिएको बेला ।
लाग्छ मलाई अब त मेरो ‘नेपाल’ देश नै हरायो ।।