Sunday 25th February 2018

    वैचारिक संकटबाट मुक्त हुन बुद्धले जस्तै आँट गरेर नयाँ विचार दिनुपर्छ : संयोजक भट्टराई    मन्त्रिपरिषद बैठक सम्पन्न, मन्त्रालयको संख्या १७ हुने    नेतृत्वमा बासी अनुहारहरु भएमा जनतासँग टुटेको समबन्ध जोडिँदैन : थापा    विकास निर्माणका काममा जुट्यो नेकपा, २५ वर्षसम्म नबनेको सडक बनाउन सुरु    माओवादी संसदीय दलको नेतामा दाहाल सर्वसम्मत् चयन

काँकरभिट्टा गोल्डकपमा झापाको कठिन जित

झापा ११ ले काकडभिट्टा गोल्डकपमा विजयी सुरूआत गरेको छ। शनिबारदेखि झापामा सुरू काकरभिट्टा गोल्डकपको दोस्रो संस्करणको उद्घाटन खेलमा काठमाडौंको हिमालयन शेर्पा क्लबलाई घरेलु टोली झापा ११ ले संघर्षपूर्ण जीत दर्ता गरेको छ।

घरेलु मैदान मेची नेत्रालय काकडभिट्टामा हिमालयन सेर्पा क्लवलाई ट्राईव ब्रेकरमा ५—३ गोल अन्तरले स्तव्ध बनाउँदै झापा ११ प्रतियोगिताको  सेमिफाइनलमा प्रवेश गरेको हो।

खेलको ३७ औ मिनेटमा झापाले पुजन उपरकोटीको गोलमा अग्रता लिएको थियो। बुद्ध चेम्जोङले दिएको पासलाई सदुपयोग गर्दे उपरकोटीले गोल गरेका थिए।

पहिलो हाफ १-० ले पछाडि रहेको पाहुना टोलीले दोस्रो हाफको ६२ औ मिनेटमा हेमन गुरूङले गोल गर्दै टिमलाई बराबरीमा ल्याए।

झापा ११ का विदेसी खेलाडी प्रिटरले हिमालयनका हेमन गुरुङ्गलाई फल गरेपछि पाएको फ्रिकिक सदुपयोग गर्दे हेमनले गोल फर्काएर हुन् ।

हेमनको गोल पछि मैदानमा दर्शकको हुटिङ्ग पाएको हिमालयन सेर्पाले पुनः ६४ औ मिनेटमा अग्रता दोब्बर पार्‍यो। झापा ११ को आत्माघाति गोल उपहार दिएपछि शेर्पाल खेलमा २-१ ले अगाडि बढ्यो।

झापा ११ का प्रिटरले हिमालयनका हेमनलाई फल्ड गरेर पाएको फ्रि किक झापा ११ का रवि थापाको खुट्टामा ठोक्किएर गोल भएको थियो।

२-१ लेपछि परेको झापा ११ लाई खेलको ८८ औ मिनेटमा पाएको कर्नर किकले भने भाग्यमानी बनायो । योगेश गुरुङ्गले गोल गर्दै खेललाई फेरि बराबरीमा ल्याएका थिए।

निर्धारित समय २-२ को बराबरीमा खेल सकिएपछि निर्णयका लागि टाइब्रेकर गराईएको थियो। झापा ११ का तर्फबाट कप्तान योगेश गुरुङ, कर्ण लिम्बू, रवि थापा मगर, बुद्ध लिम्बु र रजनी धिमालले गोल गरेका थिए ।

उता हिमालयनका तर्फबाट भूपाल गुरुङ, हेमन गुरुङ र रुपेश केसीले गोल गरे।

विदेशी खेलाडी मोसाको प्रहार गोलपोष्टबाट बाहिरएपछि हिमालयन शेर्पाको खेल यात्रा  टुङगिएको थियो ।

खेलको म्यान अफ दी म्याच हिमालयन सेर्पाका हेमन गुरुङ भए। आईतवारको खेल आयोजक र व्ल्यु आर्मी सिलगढी भारतबीच हुने आयोजक समितिका सचित लाक्पा लामाले सेतोपाटीलाई बताए।

प्रतियोगिता पुस २३ गतेसम्म सञ्चालन हुने छ। उनका अनुसार प्रतियोगितामा विभागीय एपिएफ, रमपम झापा ११, हिमालयन सेर्पा, रुपन्देही ११ सीएमजी संकटा काकडभिट्टा माविको खेलमैदानमा उपाधीका लागि भिड्ने छन्।

विजेता टिमले नगद ४ लाख १ हजार मेडल ट्रफि र प्रमाण पत्र पाउने छन् भने उपविजेताले नगद २ लाख १ हजार पाउनेछन्।