Sunday 19th November 2017

    फोरम र नयाँ शक्तिको घरदैलो कार्यक्रम तीब्र    गण्डकी गाउँपालिका बनाउने तिवारीको योजना    उम्मेद्वारी फिर्ता गर्न चाहाने उम्मेद्वारले आज ५ बजेसम्ममा फर्तालिन सक्ने    निर्वाचनमा सहभागी हुन नसकेका मजदूरले यस्तो भूमिका खेल्ने    बिरामी बोक्ने एम्बुलेन्सबाट गाँजा तस्करी

चेल्सीको अपराजित यात्रामा पूर्णविराम, अलीले टोटनह्यामलाई जिताए

टोटनह्यामले इंग्लिस प्रिमियर लिग फुटबलमा लिग लिडर चेल्सीलाई पराजित भएको छ र, उसको १३ खेलको अपराजित यात्रामा पूर्णविराम लागेको छ ।

बिहीबार विहान भएको खेलमा टोटनह्यामले चेल्सीलाई २-० गोल अन्तरले हराएको हो । घरेलु मैदानमा भएको खेलमा टोटनह्यामका लागि दुबै गोल अलीले गरे ।

पहिलो हाफको अन्तिम मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका अलीले ५४ औं मिनेटमा अग्रता दोब्बर पारे । खेलको  पहिलो र दोस्रो हाफमा चेल्सीका इडेन हर्जाडले दुई राम्रो मौका पाएका थिए तर, गोल गर्न सकेनन् ।

हारपछि चेल्सी २० खेलबाट ४९ अंकका साथ शीर्ष स्थानमा छ भने तेस्रो स्थानमा उक्लिएको टोटनह्यामको ४२ अंक छ ।