Tuesday 24th October 2017

    फोरम र नयाँ शक्तिको घरदैलो कार्यक्रम तीब्र    गण्डकी गाउँपालिका बनाउने तिवारीको योजना    उम्मेद्वारी फिर्ता गर्न चाहाने उम्मेद्वारले आज ५ बजेसम्ममा फर्तालिन सक्ने    निर्वाचनमा सहभागी हुन नसकेका मजदूरले यस्तो भूमिका खेल्ने    बिरामी बोक्ने एम्बुलेन्सबाट गाँजा तस्करी

जापानमा मैले जे भोगेँ

आइतबार , असोज २, २०७३

sabina-regmiभर्खर-भर्खर जापान आइपुगेकी म भाषाको कमजोरीले काम पाउन गाह्रो थियो । न त यहाँ अङ्ग्रेजी चल्थ्यो । भाषा नजानी विकल्प थिएन । कामको खोजीमा हेल्लो वर्क पुगेँ । एउटा रेष्टुरेन्टमा इन्टरभ्यूको लागि पठाइयो । भाग्यले साथ दियो । जनवरी २० तारेख बेलुका ५ बजेबाट मेरो काम थियो । पहिलो दिन ३० मिनेट अगाडि आइपुग्नुपर्ने चिफको आदेश थियो । नेपालबाट भर्खर आएकीले समयसँग हिड्न मलाई धौ-धौ पर्थ्यो । सेकेन्डको महत्व त्यतिबेला बुझेकी थिएँ, जतिबेला सेकेन्डले ट्रेन छुटेर काम फुत्केको थियो । सेतो सट, कालो पाइन्ट, बाहिर एप्रोन बाँधेको मान्छे काउन्टरनेर थियो । आजबाट काम छ भनेपछि उसले लिडरलाई बोलायो । ड्रेस चेन्ज गरेपछि सबैसँग परिचय गराउने क्रम थियो ।

किचनको बाहिरपट्टी उही सेतो सट, कालो पाइन्ट बाहिर एप्रोन लगाएर हतार-हतार भाँडा मस्काउँदै मेसिनमा हाल्दै गरेको मानिसमा आँखा पुग्यो । ऊ कहिले ड्रिङ्स बनाउन आइपुग्थ्यो । हलका अरु ड्रिङ्स ओसार्दै थिए । लिडरले मलाई अभिवादनसहित हात धुन सिकाउँदै थिए । भाँडा मस्काउँदै गरेको मानिस म नजिक आयो । लिडरले परिचय गरायो । ऊ म्यानेजर रे । म झस्किएँ ! न त उसको घुमाउने कुर्ची थियो त्यहाँ न त अरुमाथि आदेश । न त काम ठूलो सानो थियो न त मैले सोचेजस्तो म्यानेजर थियो ऊ । हजुरआमासँग टपरी गाँस्न अघि सर्दा ‘पढ्नुपर्छ, अहिलेको जमानामा नपढेकाले पियनको जागिर नि पाइन्न’ भनेर हप्काउनु हुन्थ्यो । ‘पियन भनेको कस्तो हो ?’ मेरो उत्सुकतामा ‘अरुको जुठो भाँडा माझ्ने, ट्वाइलेट सफा गर्ने’ हजुरआमाको उत्तर थियो ।

धेरै पढेपछि कुर्चीमा बसेर साइनको भरमा पैसा कमाइन्छ, नाम कमाइन्छ, हजुरआमा भन्नुहुन्थ्यो । मानौ ठूला मानिसले सरसफाइको काम छुनै हुँदैन । यस्तै संस्कारबाट हुर्केकी अनि जागिरको सिलसिलामा पनि म्यानेजरको कुर्ची र चर्को आवाज मात्र सुनेकी मलाई यता म्यानेजरको भाँडा मझाई र ट्वाइलेट सफाई देख्दा आश्चर्य लाग्नु पक्कै अस्वभाविक थिएन । कामलाई नै सर्वस्रेष्ठ मान्ने यहाँ फरक देश, फरक भाषाका मानिसलाई नि कत्ति मज्जाले काम सिकाउँछन् । कामलाई ठूलो सानो मानिँदैन । जतिबेला पनि व्यस्त देखिन्छन् । यिनीहरुको जीवन के दिन के रात ! सुत्ने समय कम हुन्छ । व्यस्त जीवनका कारण ट्रेनमा यात्रामा सुतेको देखिन्छ । यिनै नागरिकको अनुशसासन, लगनशीलता र मेहनतले विकासको द्रुत गतिमा पुगेको देश हो जापान । यिनीहरुबाट हामीले नि केहि सिक्नुपर्छ की ?