Wednesday 16th August 2017

    फोरम र नयाँ शक्तिको घरदैलो कार्यक्रम तीब्र    गण्डकी गाउँपालिका बनाउने तिवारीको योजना    उम्मेद्वारी फिर्ता गर्न चाहाने उम्मेद्वारले आज ५ बजेसम्ममा फर्तालिन सक्ने    निर्वाचनमा सहभागी हुन नसकेका मजदूरले यस्तो भूमिका खेल्ने    बिरामी बोक्ने एम्बुलेन्सबाट गाँजा तस्करी

‘मिस ग्लोबल २०१२’ साथै आफ्नो तर्फबाट देशलार्इ अन्तराष्ट्रिय स्तरसम्म चिनाउँने लक्ष्य लिनु भएकी कलाकार स्मृति थापाको बिकसित नेपालको सपना

आइतबार, श्रावण-२३, २०७३
विभिन्न दलका नेताहरुले आ-आफ्नै ढंगबाट नेपाली जनताको चाहनाको परिभाषा फरक फरक गर्दै आएका छन् । एउटै देशका त्यही जनताले किन पार्टी पिच्छे फरक फरक चाहना र अनि नेता पिच्छे फरक फरक दृष्टिकोण किन राखेका होलान् ? अनि जनताको चाहनाको बहानामा कयौ पार्टी स्थापना भए अनि कयौँ नेताहरु निर्माण भए यद्यपि आज सम्म किन जनताको चाहना सबैले बुझेका छैनन्, अनि हामी अत्यन्त लोकप्रिय पार्टी भनेर आफुलाई दर्ज गर्न खोजे पनि किन नेपालको समृद्धि कहिल्यै हुन सकेन ? अनि नेपाली काँग्रेसको प्रजातान्त्रिक समाजबाद, नेकपा एमालेको बहुदलीय जनबाद, माओवादीको प्रचण्डपथ लगायतका धेरै सिद्धान्तहरुको परिक्षण गरिरहँदा सबै पार्टीहरुले आफ्ना सिद्धान्त जति उत्कृष्ट अरु कुनै छैन भनी एक अर्कालाई सत्तो सराप गरिनै रहे यद्यपि किन कुनै सिद्धान्तले पनि नेपालको विकास नभएको हो ? जनताले खोजेको के रहेछ आखिरमा र खोजेको किन पाएनन् ती जनताले यसको उत्तर एउटा अभियानकै रुपमा खोज्ने जमर्को गर्दैछ थार्इनेपालन्यूज ।
यसै क्रममा ‘मिस ग्लोबल २०१२’ साथै आफ्नो देशलार्इ अत्यन्तै माया गर्ने अनि आफ्नो तर्फबाट आफ्नो देशलार्इ अन्तराष्ट्रिय स्तरसम्म चिनाउँने लक्ष्य लिनु भएकी कलाकार तथा ब्यबसायी स्मृति थापा ज्यूसँग भाइबरमार्फत थाइनेपालन्युजकर्मी मनिषा खतिवडाले लिनुभएको अन्तर्वार्ता :
13529122_1751080035150826_2963090164667141216_n
१) तपाई मिस ग्लोबल पुर्वान्चल २०१२, एक सफल रेस्टुरेन्ट ब्यबसायी, अनि अब तपार्इले अभिनय गर्नुभएको भिडियो चाँडै नै बजारमा आउँने भएको छ । कस्तो लागिरहेको छ त यति चाँडै यति धेरै सफलता पाउँदा ? यस बारेमा के भन्न चाहनुहुन्छ ?
– नमस्कार खुशी लाग्छ यो सब आफ्नो मेहनतले गर्दा नै सम्भव भएको हो र अहिले यो ठाँउमा छु। सफल भन्दा पनि सफल हुन खोज्दै छु भनम् । हजुर ‘Fluid Resturent’ छ ठमेलको सातघुम्ती चोकमा फेमेली रेस्टुरेन्ट हो। म्युजिक भिडियो आउँन लागेको छ अहिले त्यसकै सुटिङमा ब्यस्त छु र हेरिदिनु हुन आनुरोध गर्दछु । अहिले म्युजिक भिडियो मा बेस्त छु ।
२) यी सबै काम, कुराहरुलाई कसरि मिलाएर अगाडी लगिरख्नु भएको छ ? पारिवारिक साथ-सहयोगले गरिरहनु भएको छ कि, आफु एक्लैले अथवा कोहि एकबिशेषको आधारमा ? तपाईको सफलताको श्रेय कसलाई दिन चाहनुहुन्छ ?
– परिवारको सहयोग धेरै नै हो । वहाँहरुको सहयोग बिना सायद यो ठाँउ सम्म आइपुग्ने थिएन होला। सफलताको पछाडि परिवार र साथिको ठुलो सहयोग छ ।
३) आगामी दिनमा के गर्ने तरखरमा हुनुहुन्छ ?
– भविस्यमा त्यस्तो केहि योजना बनाएको छैन । हेरौँ परिस्थिति आनुसार सोच्नु पर्ला ।
४) एक सफल व्यक्तित्व हुन कस्ता कुराहरु अपनाउनु पर्छ त तपाईको बिचारमा ?
– एक सफल ब्यक्ति हुनको लागि मेहनत गर्नुपर्छ, आफ्नो लक्ष्य भुल्नु भएन, धर्य गर्नुपर्छ, सकारात्मक सोचका साथ अघि बढ्नु पर्छ र अरुले के सोच्छन् कि, के भन्लान् कि भनेर यहि सोचमा समय बर्बाद गर्नु हुदैन ।
५) अब तपाईलाई आफ्नो देश तथा राजनीति सम्बन्धि प्रश्न गर्दै छु । नेपाली युवाहरुलाई कस्तो नेताको आवश्यक छ ?
– नेपाली युवाहरुलाई क्रियाशील, शिक्षित, देश विकास गर्न लागिपर्ने, राष्ट्रभक्त र भ्रष्टचार नगर्ने नेताको आवश्कता छ ।
६) नेपाली युवाहरुका लागि अब कस्तो पार्टीको आवश्यकता छ जस्तो लाग्छ ?
– हामीलाई कुरा मात्र भन्दा पनि यस्ता कामहरु गर्ने पार्टीको आवश्कता छ, जसले आफ्नो देश विकास गर्छ, गरिबी निवारण गर्ने उपाय गर्छ, शिक्षा तथा स्वास्थ्य सेवामा विकास गर्छ साथै जसमा देशको आर्थिक अवस्थामा पनि सुधार गर्नसक्ने क्षमता हुन्छ ।
७) तपाईको विचारमा नेपालको विकास हुन नसक्नुका ५ कारणहरु के के हुन सक्छन् ?
– मलाई लाग्छ नेपालको विकास हुन नसक्नुका कारणहरु निम्न हुन सक्छन् ;-
१. शिक्षाको अभाव
२. दक्ष जनशक्तिको अभाव
३. क्रियाशील नेतृत्वको अभाव
४. दुरदर्शी योजनाको कमि
५. बिद्धुत, बाटो, सिँचाई जस्ता भौतिक पूर्वाधारको बिकासमा कमि
८) तपाइको विचारमा नेपालको विकासका लागि कुन सिद्दान्त आवश्यक छ जस्तो लाग्छ ?
– मेरो बिचारमा ‘मिश्रित आर्थिक रणनीति’को सिद्धान्त अपनाएमा देशको बिकासमा केहि गतिशिलता देख्न सकिन्छ ।
९) तपाई प्रधानमन्त्री हुनु भयो भने सर्वप्रथम नेपालका लागि ५ वटा महत्वपूर्ण काम के के गर्नुहुनेछ ?
– म प्रधानमन्त्री भए भने यस्ता कामहरुलाई प्राथमिकता दिनेछु ;-
१. गरिबी उन्मुलन
२. देशभर निशुल्क शिक्षा तथा स्वास्थ्य सुबिधा
३. कृषिमा आधुनिकताको विकास
४. भौतिक संरचनाहरुको विकास
५. सहि सरकारी नीति, नियन्त्रण तथा नेतृत्व
१०) तपाई कुनै पार्टीको कार्यकर्ता अथवा नेता नभई एउटा नागरिकको हैसियतमा देशको सम्वृद्धिको लागि गर्नु भएको कुनै योगदानको वारेमा बताइदिनु हुन्छ कि ?
– मैले एउटा नागरिकको हैसियतले त्यस्तो ठुलो काम त गरेको छैन । तर सडकमा भएका बालबालिकाहरुलाई लगेर उनीहरुको शिक्षा तथा पालनपोषण साथै राम्रो भविष्यको लागि NGO र INGO तथा सम्बन्धित सरकारी कार्यालयहरुमा जिम्मा लगाई सहयोग गरिरहेकी छु र त्यसको नतिजा पनि राम्रै आइरहेको छ ।
११) अन्त्यमा थाइनेपालन्युज डट कम पढ़नुहुने सम्पूर्ण पाठकबर्गलाई के भन्न चाहनुहुन्छ ?
– अन्त्यमा मलाई आफ्ना केहि कुराहरु सम्पूर्णमाझ राख्ने मौका दिनु भएकोमा थाइनेपालन्युज डट कमलाई धन्यवाद दिन चाहन्छु । यो थाइनेपालन्युज डट कममा देश बिदेशका सुचना, राजनीति, खेलकुद, प्रबिधि, कला, साहित्य, मनोरन्जन आदिबारे समाचार पढ्नुहोला र आफ्नो देश नेपाललाई सधैँ माया गर्नु होला । मेरो नँया म्युजिक भिडियो बजारमा आउँदैछ सबैले हेरिदिनु होला । अनि सकारात्मक सोच लिएर अघि बढ्नु होस् हामी मानिसले गर्न नसक्ने केहि छैन, मात्र गर्ने हिम्मत, जोस र जाँगरको कमि छ । हामी कलाकारहरुलाई माया गरिदिनू होला किनकि तपाईहरुको साथ,सहयोग बिना हामी अधुरो हुनेछौँ । धन्यवाद !
12512638_215249202172891_6514524161358425092_n