Wednesday 16th August 2017

    फोरम र नयाँ शक्तिको घरदैलो कार्यक्रम तीब्र    गण्डकी गाउँपालिका बनाउने तिवारीको योजना    उम्मेद्वारी फिर्ता गर्न चाहाने उम्मेद्वारले आज ५ बजेसम्ममा फर्तालिन सक्ने    निर्वाचनमा सहभागी हुन नसकेका मजदूरले यस्तो भूमिका खेल्ने    बिरामी बोक्ने एम्बुलेन्सबाट गाँजा तस्करी

युवा पत्रकार तथा सामाजिक अभियनता मुकुन्द कुमार ढुङ्गानाकाे विकसित मूलककाे अवधारणा

शनिबार, अषाढ-२५, २०७३

विभिन्न दलका नेताहरुले आ-आफ्नै ढंगबाट नेपाली जनताको चाहनाको परिभाषा फरक फरक गर्दै आएका छन् । एउटै देशका त्यही जनताले किन पार्टी पिच्छे फरक फरक चाहना र अनि नेता पिच्छे फरक फरक दृष्टिकाेण किन राखेका होलान् ? अनि जनताको चाहनाको बहानामा कयौ पार्टी स्थापना भए अनि कयौँ नेताहरु निर्माण भए यद्यपि आज सम्म किन जनताको चाहना सबैले बुझेका छैनन्, अनि हामी अत्यन्त लोकप्रिय पार्टी भनेर आफुलाई दर्ज गर्न खोजे पनि किन नेपालको समृद्धि कहिल्यै हुन सकेन ? अनि नेपाली काँग्रेसको प्रजातान्त्रिक समाजबाद, नेकपा एमालेको बहुदलीय जनबाद, माओवादीको प्रचण्डपथ लगायतका धेरै सिद्धान्तहरुको परिक्षण गरिरहँदा सबै पार्टीहरुले आफ्ना सिद्धान्त जति उत्कृष्ट अरु कुनै छैन भनी एक अर्कालाई सत्तो सराप गरिनै रहे यद्यपि किन कुनै सिद्धान्तले पनि नेपालको विकास नभएको हो ?

१३ वर्षदेखि पत्रकारीतामा संलग्न राष्ट्रिय अनलाइन पत्रकार संघ (नोजा) का केन्द्रिय अध्यक्ष तथा सामाजिक अभियनता श्री मुकुन्द कुमार ढुङ्गाना ज्यूसगँ गरिएको कुराकानी ;

13649705_1286122618107063_2100946170_n

१. नेपाली युवालाई कस्तो नेता आवश्यक छ ? 
अहिलेकाे समसामयिक अवस्थामा सबै नेता आफ्नो व्यक्तिगत रुपमा चल्ने नेताहरु जन्मिएर, अब यो देशलाई साँच्चै देश जस्ताे बनाउछु , यो देशको विकाश गर्छु र यो देशमा मेराे लागि होइन यो जनताको लागि काम गर्छु भन्ने नेताको आवश्यकता छ । त्यस्ताे नेता देशले अहिले खोजिरहेको छ । त्यस्ताे नेता पाउन अझै हामिले केहि दिन कुर्नु पर्ने देखिन्छ । अहिले चाँही आफु स्वार्थी नेताहरुमात्र जन्मिए त्यसैले अब देशकाे हकहितको लागि चाहिने नेता हामीलाई आवश्यक छ ।

२. नेपाली युवाहरुको लागि कस्तो पार्टी आवश्यक छ ?
अब यो पार्टी भन्दा पनि तपार्इकाे भावना अनुसारको नेता कस्ता पार्टी बाट आउँछन् भन्ने हो । अब पार्टी भनेर याे पार्टी, त्यो पार्टीको भन्दा पनि हामिलाई व्यक्तिसँग जथाभावि नबोल्ने, पार्टीलाई भन्दा पनि देशको लागि म केहि गर्छु । भोलि पार्टी परित्याग गर्दा पनि म चाँही देशको लागि सच्चा र सहि नागरिक भइरहने छु । कुनै पनि पार्टी परित्याग गरेर जनता सामू गएर म एउटा स्वतन्त्र र सही राजनीति गर्न सक्छु भन्ने नेता भएको वा व्यक्ति भएको पार्टी जस्ले चाँही पार्टीको कुनै पनि आस्था नराखिकन देशको आस्था राख्ने पार्टीको आवश्यकता छ जस्तो म ठान्छु ।

३.तपाइको विचारमा नेपालको विकास हुन नसक्नुका कुनै पाँच कारणहरु के के हुन सक्छन् ?
१.एउटा त हाम्रो नेताहरु विदेशकाे भर पर्नु , विदेशी सहयाेगको आश गर्नु ।
२. अर्को यो देशका नेताहरु चाँही सबैथोक आफैँ जनता केहि पनि होइन, हामि चाँही सबै भन्दा ठूलो हो, कानुन नियम
हाम्रै हातमा छ भनेर अडिग हुनु ।
३. देशमा भ्रष्टचार मौलाउनु
४. कर्मचारीतन्त्र बाहिरबाट चल्नु
५ अन्तिममा हाम्रो देशमा चाँही सहि र सच्चा नेता नहुनु । यि नै हाम्रो देश विकास हुन नसक्नुका पाँच कारणहरू हुनु् ।

४. नेपालको विकासका लागि कुन सिद्धान्त आवश्यक छ ?
नेपालको विकासको लागि अहिले नेताहरुले जे जस्ता कुराहरु गरे पनि अब आर्थिक क्रान्तिको सिद्धान्त बोक्नुपर्छ । “अर्थ नीति सवल नेतृत्व” भनेर हामि अगाडी बढ्न सक्छौँ । अर्थिक क्रान्तिका लागि जब सम्म युवाहरुलाई जिम्मेवारी दिँदैनाैँ , युवाहरुलाई विदेश जानबाट बञ्चित गर्दैनाैँ वा रोक लगाउँदैनौँ , आइटिका युवाहरू सबैभन्दा बढि अहिले विदेशमा छन् । ति युवाहरुलाई स्वदेशमै राजगारी दिनको लागि अठोटका साथ अगाडी बढ्याैँ भने देश विकास निश्चित छ ।

५. तपार्इ प्रधानमन्त्री हुनुभयो भने सर्वप्रथम नेपालका लागि पाँच वटा महत्वपूर्ण काम के के गर्नुहुनेछ ?
१. सबैभन्दा पहिला म युवाहरुलाई विदेश जानबाट रोक्ने छु ।
२. नेपालमा १५ लाख हेक्टर खेतियोग्य जमिन छ । जसमा ३-४ लाख हेक्टर जमिनमात्र कृषिको लागि प्रयोग भईरहेको छ । बाँकि  यतिकै    बाझो रहेर नेपाली युवा विदेश पलाएन भइरहेका छन् । नेपाली युवाहरुलाई विदेशबाट फर्काएर कृषिमा नै हामी अगाडी बढ्न सक्छौँ    कृषिबाट नै हामी सक्षम हुन्छौँ भनेर युवालाई भन्ने छु ।
३. यति धेरै जलस्रोत भइकाे देश, हिमाल भएको देश, सर्वोच्च शिखर सगरमाथा हाम्रै देशमा छ । यसको उपयोग गर्दै हाइड्रोहरुमा लगानी    गर्दै अाफ्नाे देशमा खपत गरी बाँकि रहेको बिजुलि विदेशमा बिक्रि गर्न सक्छौँ । त्यो पहिलो प्राथमिकतामा रहनेछ ।
४. पर्यटन : सबै देशमा पर्यटनले नै एउटा ठूलो हिस्सा ओगटेको हुन्छ । पर्यटन भनेको यस्तो चिज जो विदेशीहरु आएर यहाँ खर्च गर्छन् ।  पर्यटन पनि मेरो अर्को प्राथमिकतामा रहनेछ ।
५. म सक्षम नेतृत्व भएका युवाहरु जो चाँही देशको लागि केहि गर्नु पर्छ । देश बाहिर रहनु हुँदैन भन्ने प्रेरणामुलक समाज परिवतर्नको लागि  सचेतनामूलक कार्यक्रम अगाडी बढाउँनेछु ।

६. तपाई कुनै पनि पार्टीको कार्यकर्ता अथवा नेता नभई एउटा नागरिकको हैसियतमा देशको समृद्धिको लागि गर्नुभएको कुनै योग्दानको बारेमा बताइदिनु हुन्छ कि ?
मैले देशकाै सामाजिक क्षेत्रका विभिन्न तह र चर्चाका व्यक्तिहरुलाई विभिन्न अवार्डहरु प्रदान गर्ने कार्य गरेको छु । सरकारले गर्न नसकेको कामहरु गरीरहेको छु । जस्तो कि भूकम्प गए पश्चात केहि सञ्चारकर्मीहरुलार्इ राहत वितरण पनि गरेको थिएँ । उनीहरुलाई सञ्चारमाध्यमबाट मार्फत उत्प्रेरणा दिने कार्य गरेको थिएँ । विभिन्न आवहान गरेर सहयोग जुटाएर भूकम्पपिडित सञ्चारकर्मीहरु कति छन् त्यो जानकारी गराएको थिएँ र उनीहरुलार्इ सहयोग गरेको थिएँ । विभिन्न दुर-दराजका व्यक्तिलाई विभिन्न तालिम, गोष्टिहरु दिँदै आएको छु । विभिन्न कार्यक्रममा सहभागि गराएर सरकारले गर्नु पर्ने कार्य मेरो आफ्नो नीजि मिडियाबाट गरीरहेको छु । मैले सरकारको मुख नहेरी विभिन्न कृषि तालिमहरु प्रदान गरीरहेको छु साथै राष्ट्रिय अनलाइन पत्रकार संघबाट सक्षम युवाहरुलाई पत्रकारीताको तालिम पनि दिईरहेको छु । जे होस् सरकारको केहि हिस्सा चाँही मैले गरे जस्तो अनुभव गरीरहेको छु ।