Wednesday 16th August 2017

    फोरम र नयाँ शक्तिको घरदैलो कार्यक्रम तीब्र    गण्डकी गाउँपालिका बनाउने तिवारीको योजना    उम्मेद्वारी फिर्ता गर्न चाहाने उम्मेद्वारले आज ५ बजेसम्ममा फर्तालिन सक्ने    निर्वाचनमा सहभागी हुन नसकेका मजदूरले यस्तो भूमिका खेल्ने    बिरामी बोक्ने एम्बुलेन्सबाट गाँजा तस्करी

सकारात्मक धारणा भएका सामाजिक अभियानता तथा नेपाल बिद्यार्थी संघका सक्रिय नेता राम चन्द्र भट्टराईको समृद्ध नेपालको अवधारणा(भिडियोसहित)

बुधबार, भाद्र ८, २०७३
13876118_1401226426560230_5718812941903738241_nविभिन्न दलका नेताहरुले आ-आफ्नै ढंगबाट नेपाली जनताको चाहनाको परिभाषा फरक फरक गर्दै आएका छन् । एउटै देशका त्यही जनताले किन पार्टी पिच्छे फरक फरक चाहना र अनि नेता पिच्छे फरक फरक दृष्टिकोण किन राखेका होलान् ? अनि जनताको चाहनाको बहानामा कयौ पार्टी स्थापना भए अनि कयौँ नेताहरु निर्माण भए यद्यपि आज सम्म किन जनताको चाहना सबैले बुझेका छैनन्, अनि हामी अत्यन्त लोकप्रिय पार्टी भनेर आफुलाई दर्ज गर्न खोजे पनि किन नेपालको समृद्धि कहिल्यै हुन सकेन ? अनि नेपाली काँग्रेसको प्रजातान्त्रिक समाजबाद, नेकपा एमालेको बहुदलीय जनबाद, माओवादीको प्रचण्डपथ लगायतका धेरै सिद्धान्तहरुको परिक्षण गरिरहँदा सबै पार्टीहरुले आफ्ना सिद्धान्त जति उत्कृष्ट अरु कुनै छैन भनी एक अर्कालाई सत्तो सराप गरिनै रहे यद्यपि किन कुनै सिद्धान्तले पनि नेपालको विकास नभएको हो ? जनताले खोजेको के रहेछ आखिरमा र खोजेको किन पाएनन् ती जनताले यसको उत्तर एउटा अभियानकै रुपमा खोज्ने जमर्को गर्दैछ थार्इनेपालन्यूज ।
 
यसैक्रममा राष्ट्रलाई माया गर्ने र परिवर्तनलाई आत्मसाथ गरेर लैजानु पर्छ भन्ने सकरात्मक धारणा भएका सामाजिक अभियानता तथा नेपाल बिद्यार्थी संघका सक्रिय नेता साथै प्रदेश नं ४ बाट केन्द्रिय सदस्यमा बिजयी हूनू भएका राम चन्द्र भट्टराई(आर.सी भट्टराई)सँग गरीएको महत्वपुर्ण कुराकानी ;
 
१) तपार्इ नेपाल बिद्धार्थी संघको एक सक्रिय नेता हुनुहुन्छ र ११औँ महाधिबेशनमा भएको चुनावमा प्रदेश नं ४ बाट केन्द्रिय सदस्यमा बिजय हुनुभएको छ ? कस्तो लागिरहेको छ, यस बारेमा के भन्न चाहनुहुन्छ ?
– नेपाल विद्यार्थी संघमा सक्रिय रही विद्यार्थीको हक हितको लागि मैले काम गरिरहेको थिए । प्रतिनिधि साथिहरुले विश्वास गरि अत्यधिक मतले मलाइ प्रदेश नं ४ बाट विजयी गराउनु भएकोमा म खुशी छु ।
 
२) तपाई कहिलेबाट राजनीतिमा प्रवेश गर्नुभयो, के अथवा कोबाट प्रेतित भएर अथवा आफैँ इच्छाले ?
– वि.सं. २०५७ सालमा कक्षा ९ मा पढ्दै गर्दा “जेल जर्नल” पुस्तकको अध्ययनले वि.पि. कोइरालाको देशको निम्ति गरेको संघबाट म प्रभावित भए र मेरो सक्रिय राजनिती २०५८ बाट मात्र सुरु भएको हो ।
 
३) राजनीति बाहेक तपाई आफ्नो व्यक्तिगत जीवनमा के गर्नुहुन्छ ? सबै काम, कुराहरुलाई कसरि मिलाएर अगाडी लगिरख्नु भएको छ ?
– विशेषत: म अध्ययनमा रुचि राख्छु । राजनीती बाहेक अध्ययन, पत्र-पत्रीका, लेख रचनामा समय व्यतित गर्दछु र मलाई नयाँ नयाँ मानिसहरुसँग भेटघाट गर्न, घुम्न पनि मन पर्छ ।
 
४) आगामी दिनमा नेपाली युवा/जनताहरूको लागी तथा नेपालको बिकासका लागी के गर्ने योजनामा हुनुहुन्छ ?
– युवा वर्गको लागि सीप-मूलक तालिमको व्यवस्था, नेपालको यथोचित विकासको लागि तल्लो ग्रामिण तहसम्म प्राविधिक शिक्षा सर्वशुलभ रुपमा पुर्याउनु मेरो राजनितिक उद्देश्य देश विकासको लागि रहेको छ ।
 
५) नेपाली युवाहरुलाई कस्तो नेताको आवश्यक छ जस्तो लाग्छ तपाईलाई ?
– नेपाली युवाकोलागि युवा भावना बुझ्ने, व्याप्त गरिबी र बेरोजगारी समस्यालाई सम्बोधन गर्न सक्ने र आफ्नो देश, मातृभुमीलाई माया गर्ने इमान्दार नेताको खाँचो छ ।
 
६) नेपाली युवाहरुका लागि अब कस्तो पार्टीको आवश्यकता छ जस्तो लाग्छ ?
– नेपाली युवाको लागि लोकतान्त्रिक पार्टीको खाचोँ छ, जहाँ जनताको लागी जनताले नै आफ्नो प्रतिनिधि चयन गर्न पाउँदछन् ।
७) तपाईको विचारमा नेपालको विकास हुन नसक्नुका ५ कारणहरु के के हुन सक्छन् ?
– नेपाल विकासका पाँच कारणहरु :-
१.प्राविधिक शिक्षामा जोड ।
२.कर्मचारी, शिक्षक आदिको चयन राजनितिक भागबन्डामा नभई सक्षमताको आधारमा निष्पक्ष हुनुपर्ने ।
३.खुल्ला सीमाना र वोडर एरियामा कडाइ गर्दै उपयुक्त भन्सारको व्यवस्था गरिनु पर्ने ।
४.जलविद्युतमा लगानी गर्न वाह्य निकायलाई पनि आकरषीत गरि यथेष्ट मात्रामा विद्यूत उत्पादन र विक्री वितरण गर्नु पर्ने । ५.घुसखोरी, भ्रष्टाचारी, महिला हिंसा, सामाजिक हिंसा आदीको लागि कडा कानुनी व्यवस्था हुनुपर्ने ।
 
८) तपाइको विचारमा नेपालको विकासका लागि कुन सिद्दान्त आवश्यक छ जस्तो लाग्छ ?
– मेरो बिचारमा नेपालको बिकासको लागि स्थानीय निकाय तथा सरकारलाई बढवा साथै प्रोत्साहन दिँदै संघिय प्रणाली अपनाउनु ठिक हुन्छ ।
 
९) तपाई प्रधानमन्त्री हुनु भयो भने सर्वप्रथम नेपालका लागि ५ वटा महत्वपूर्ण काम के के गर्नुहुनेछ ?
– म प्रधानमन्त्री भए भने मैले गर्ने महत्वपुर्ण कामहरु ;
१. सर्वसुलभ रुपमा ग्रामिण तहमा अनिवार्य ब्यबहारिक शिक्षाको व्यवस्था ।
२. बिकासका भौतिक पूर्वाधार शिक्षा, स्वास्थ्य, बाटो, पनि र संचार आदि हरेक तहसम्म पुर्याउछु ।
३. भ्रष्टचारी, घुसखोरी, र राज्य बिरोधि,सामाजिक हिंसा आदिमा कडा कानुन व्यवस्था लागु गर्छु ।
४. स्थानीय सरकारलाई प्रोत्साहन ।
५. उपयुक्त कुटनीतिक व्यवस्था लागु गर्छु ता कि बाह्य निकायले ढुक्कसँगले लगानी गर्न सकुन ।
 
१०) तपाई कुनै पार्टीको कार्यकर्ता अथवा नेता नभई एउटा साधारण नागरिकको हैसियतमा देशको सम्वृद्धिको लागि गर्नु भएको कुनै योगदानको वारेमा बताइदिनु हुन्छ कि ?
– नवलपरासी जिल्लाको कावासोती गाउँमा बि.स. २०५६ ‘कावासोती युवा क्लब’मा समेट्दै फोहोर ब्यबस्थापनको कार्य मैले गरेको थिए ।बि.स २०७२/०१/१२ को भूकम्पमा सिन्धुपाल्चोकको सिपापोखरी गा.बि.स र लम्जुङ्गको इशानेस्वर गा.बि.स मा साथीभाईहरु मिलेर राहत र श्रमदान गरेको थियौँ ।
 
११) एक सफल व्यक्तित्व हुन कस्ता कुराहरु अपनाउनु पर्छ त तपाईको बिचारमा ?
– एक सफल व्यक्ति हुन पहिला असल, इमान्दार हुनुपर्छ । देशप्रेमी हुनुपर्छ र आफुमा आत्मा विश्वास हुनुपर्छ ।
 
१२) अन्त्यमा थाइनेपालन्युज डट कम पढ़नुहुने सम्पूर्णलाई के भन्न चाहनुहुन्छ ?
– प्रथमत: थाईनेपालन्यूज डट कम परिवारलाईमा धन्यवाद दिन चाहान्छु । यसका सम्पूर्ण पाठकबर्गलाई हामी सम्पूर्ण इमान्दार हौँ, आफ्नो काममा कर्मनिष्ठ भएर लागौँ र राष्ट्रिय मुद्दामा एकजुट भएर अगाडी बढौँ । आफ्नु देशलाई सँधै माया गरौँ । जयनेपाल ।
रामचन्द्र भट्टरार्इको राजनीतिक जीवनका केही झलकहरू :