Wednesday 16th August 2017

    फोरम र नयाँ शक्तिको घरदैलो कार्यक्रम तीब्र    गण्डकी गाउँपालिका बनाउने तिवारीको योजना    उम्मेद्वारी फिर्ता गर्न चाहाने उम्मेद्वारले आज ५ बजेसम्ममा फर्तालिन सक्ने    निर्वाचनमा सहभागी हुन नसकेका मजदूरले यस्तो भूमिका खेल्ने    बिरामी बोक्ने एम्बुलेन्सबाट गाँजा तस्करी

अाधुनिक शिक्षक तथा सामाजिक अभियानता लोकेन्द्र पाेख्रेलकाे राष्ट्र निर्माणकाे याेजना

विभिन्न दलका नेताहरुले आ-आफ्नै ढंगबाट नेपाली जनताको चाहनाको परिभाषा फरक फरक गर्दै आएका छन् । एउटै देशका त्यही जनताले किन पार्टी पिच्छे फरक फरक चाहना र अनि नेता पिच्छे फरक फरक दृष्टिकाेण किन राखेका होलान् ? अनि जनताको चाहनाको बहानामा कयौ पार्टी स्थापना भए अनि कयौँ नेताहरु निर्माण भए यद्यपि आज सम्म किन जनताको चाहना सबैले बुझेका छैनन्, अनि हामी अत्यन्त लोकप्रिय पार्टी भनेर आफुलाई दर्ज गर्न खोजे पनि किन नेपालको समृद्धि कहिल्यै हुन सकेन ? अनि नेपाली काँग्रेसको प्रजातान्त्रिक समाजबाद, नेकपा एमालेको बहुदलीय जनबाद, माओवादीको प्रचण्डपथ लगायतका धेरै सिद्धान्तहरुको परिक्षण गरिरहँदा सबै पार्टीहरुले आफ्ना सिद्धान्त जति उत्कृष्ट अरु कुनै छैन भनी एक अर्कालाई सत्तो सराप गरिनै रहे यद्यपि किन कुनै सिद्धान्तले पनि नेपालको विकास नभएको हो ?

यसैक्रममा विभिन्न संस्थामा आबद्ध, ‘Volunteer and Research Foundation Nepal’ का सचिव, ‘श्री संजय साई बिद्या मन्दिर’का सह-प्रधानाध्यापक साथै भक्तपुर निस्ट (NIST)  मा गणित बिषय प्रशिक्षण गर्दै आउनुभएका उच्च सोच र कुशल व्यक्तित्व हुनुभएका, सामाजिक अभियानता लोकेन्द्र पोख्रेल ज्यूसँगको कुराकानी ;

13460964_1703768673206445_378801570_o

१. नेपाली युवालाई कस्तो नेता आवश्यक छ ?
नेपाल विकास हुनको लागि वा विकसित राष्ट्रको रुपमा गनिनको लागि निडर , सबै नेपालीहरुलाई माया गर्ने , सबै नेपालीहरुलाई आफ्नो सोचेर कार्य गर्ने नेताको आवश्यक छ । समग्रमा भन्दाखेरि नेपाललाई एक किसिमको देशभक्त , राष्ट्रभक्त एउटा युवा नेतृत्वको आवश्यकता मैले चाँही देखिरहेको छु ।
 
२. नेपाली युवाहरुको लागि कस्तो पार्टी आवश्यक छ ?
अहिले औँलामा गनि नसक्ने पार्टीको सट्टामा एउटै मात्र पार्टीको आवश्यकता छ, जसले गर्दा खेरि चाँही समग्र नेपालीलाइृ समेट्न सकोस् । तराईको लागि मात्र होईन, मधेसीको लागि मात्र होइन, समग्र सबै नेपालीलाई समेट्न सक्ने , सबैलाई आफ्नो सोच्न सक्ने , पहाडि मात्र पनि होइन सबैलाई आफ्नो सोच्ने पार्टीको आवश्यकता छ ।
 
३. तपाईको विचारमा नेपालको विकास हुन नसक्नुका कुनै पाँच कारणहरु के के हुन सक्छन् ?
सबैभन्दा प्रमुख कारण त,
१.समग्र नेपाललाई समेट्न सक्ने नेतृत्वको कमि
२.भ्रष्टचार
३. कुशासन
४.गरीबि
५. भौगालिक विकटता
 
४.नेपालको विकासका लागि कुन सिद्धान्त आवश्यक छ ?
नेपालको विकासको लागि कुनै सिद्धान्त, कुनै विशेषवाद वा विशेष पार्टी भन्दा पनि सिद्धान्त र पार्टी भन्दा माथि उठेर देश र जनतालाई माया गर्ने नेतृत्वको आवश्यक छ । कुनै वाद वा सिद्धान्तले देश विकास गर्छ भन्ने कुरामा म विश्वास गर्दिन । जनु वाद समय परिस्थितिसँगै अगाडि आउछ, जुन वादले देश र जनताको फाइदा गर्छ । त्याे वाद नै अंगाल्नुपर्छ । सिधा भन्ने हो भने देशभक्ति वादले नै देशलाई अगाडि बडाउन सक्छ ।
 
५. तपाँई प्रधानमन्त्री हुनुभयो भने सर्वप्रथम नेपालका लागि पाँच वटा महत्वपूर्ण काम के के गर्नुहुनेछ ?
प्रश्नको लागि धन्यवाद । यदि म प्रधानमन्त्री भए भने सर्वप्रथम एक दुईवटा कुराहरुमा अग्रसर हुन चाहन्छु ।
१. पहिले त म सबै जनताले एक बर्ष देशको लागि अनिवार्य श्रम गनुपर्ने व्यवस्था मिलाउँने छु । यो चाँहि क्रमबद्ध तरिकाले कहिले तिन महिना कहिले दुई महिना कहिले ६ महिना गर्दै गर्न सकिन्छ ।
२ भ्रष्टचारको जरै देखि उन्मूलन गर्नेछु ।
३.अरु साथिहरुले भनेजस्तै तिन ज(जडिबुटि,जलसम्पदा र जमिन) को सदुपयोग गर्नेछु ।
४. छिमेकी राष्ट्रहरुसँगको असल सम्बन्ध ।
५. नीति कार्यक्रम कार्यान्वयन को लागि उदाहरण पेश गर्ने खालको नेतृत्व बन्नेछु ।
 
६. तपाई कुनै पार्टीको कार्यकर्ता अथवा नेता नभई एउटा नागरिकको हैसियतमा देशको समृद्धिको लागि गर्नु भएको कुनै योग्दानको बारेमा बताईदिनु हुन्छ कि ?
समग्रमा भन्दा खेरि हामीलाई चेतना आउँदा देखि नै देशको लागि सकेको नसकेको कार्यहरु गर्दै आएका छौँ । जस्तो म आफ्नो विद्यार्थी कालमा देश भक्तिपूर्ण आन्दोलनमा लागेको इतिहास छ । मैले नेतृत्व गरेको ऋतिक रोशन काण्ड, समग्रमा हाम्रो नेतृत्वमा भएको थियो । त्यसले देशभक्ति पूर्ण एउटा इतिहास बनाएको थियो । पछिल्लो समयमा म संलग्न भएको VRFN को सचिव भएको नाताले हामी भूकम्प गएको बेलामा भूकम्प गएको आधा घण्टा भित्रमा हामी देशभर परिचालित भएका थियौँ । ८ वटा जिल्लामा चौध वटा मिशन हामिले सफलतापूर्वक सम्पन्न गर्यौ । हाम्रो रगतको थोपा थोपामा देशभक्तिपूर्ण योग्दान दिने सक्ने चाहना उत्कण्ठा देखिन्छ । जय नेपाल ।