Wednesday 16th August 2017

    फोरम र नयाँ शक्तिको घरदैलो कार्यक्रम तीब्र    गण्डकी गाउँपालिका बनाउने तिवारीको योजना    उम्मेद्वारी फिर्ता गर्न चाहाने उम्मेद्वारले आज ५ बजेसम्ममा फर्तालिन सक्ने    निर्वाचनमा सहभागी हुन नसकेका मजदूरले यस्तो भूमिका खेल्ने    बिरामी बोक्ने एम्बुलेन्सबाट गाँजा तस्करी

एक सशक्त महिला पत्रकार तथा सामाजिक अभियानता एलिना दुलालकाे समृद्द नेपालकाे सपना कस्ताे छ त ?

विभिन्न दलका नेताहरुले आ-आफ्नै ढंगबाट नेपाली जनताको चाहनाको परिभाषा फरक फरक गर्दै आएका छन् । एउटै देशका त्यही जनताले किन पार्टी पिच्छे फरक फरक चाहना र अनि नेता पिच्छे फरक फरक दृष्टिकाेण किन राखेका होलान् ? अनि जनताको चाहनाको बहानामा कयौ पार्टी स्थापना भए अनि कयौँ नेताहरु निर्माण भए यद्यपि आज सम्म किन जनताको चाहना सबैले बुझेका छौ, अनि हामी अत्यन्त लोकप्रिय पार्टी भनेर आफुलाई दर्ज गर्न खोजे पनि किन नेपालको समृद्धि कहिल्यै हुन सकेन ? अनि नेपाली काँग्रेसको प्रजातान्त्रिक समाजबाद, नेकपा एमालेको बहुदलीय जनबाद, माओवालीको प्रचण्डपथ लगायतका धेरै सिद्धान्तहरुको परिक्षण गरिरहँदा सबै पार्टीहरुले आफ्ना सिद्धान्त जति उत्कृष्ट अरु कुनै छैन भनी एक अर्कालाई सत्तो सराप गरिनै रहे यद्यपि किन कुनै सिद्धान्तले पनि नेपालको विकास नभएको हो ?

यसै सन्दर्भमा ‘नेपाल वान’ टेलिभिजनकि सञ्चारकर्मी तथा सामाजिक अभियानता एलिना दुलालसँग गरिएकाे महत्वपुर्ण कुराकानी ;

13407399_1701942360055743_982234840_n

१.नेपाली युवाहरुलाई कस्तो नेता आवश्यक छ ?
नेपाली युवालाई नातावाद कृपावाद भन्दा पनि क्षमतावान व्यक्ति चाँहि नेतृत्वमा पुगोस र त्यस्तो व्यक्ति चाँहि नेताहोस जसलाइ नेता हुन लाएक गुणहरु होस त्यस्तो व्यक्ति चाँहि नेपालि युवाहरुको लागि आवश्यक छ जस्तो मलाई लाग्छ । एउटा यस्तो व्यक्ति नेता होस जसको चाँहि राम्रो व्यक्तित्व देखि लिएर क्षमतावान साथै शिक्षित होस ।

Map-of-Nepal२. नेपाली युवाहरुको लागि कस्तो पार्टी आवश्यक छ ?
पार्टी चाँहि यस्तोहोस जसको ऐजेन्डाहरु चाँहि एकदमै स्पष्टहोस , आफ्नो एजेन्डाहरुलाई मूर्तरुपदिन सकोस , जनताको भावनाहरुलाई कदर गर्न सकोस त्यस्तो पार्टीको आवश्यक छ र युवाहरुका लागि भन्नुपर्दा अहिले हाम्रो राजनितिमा बुढापाका मानिसहरुको हाबि छ , बुढापाका मानिसहरुसँग अनुभव हुन्छ भन्नेकुरा एउटा हो तर वहाँहरुको अनुभवलाई सल्लाहाकारको रुपमा बसेर सल्लाह दिने र युवाहरुलाई नेतृत्व तहमा लैजाने पार्टीको आवश्यक छ जस्तो मलाइ लाग्दछ ।

३ तपाँइको विचारमा नेपालको विकास हुन नसक्नुका कुनै पाँच कारणहरु के हुनसक्छन् ?
पाँच कारणहरु भन्नु पर्दा,
१.राजनैतिक कारण भयो अर्को चाँहि
२.क्षमताको कदर नहुन तथा नातावादलाई प्रश्रय दिनु
३.यति सुन्दर देश भए पनि सोच को साघुरोपनाले गर्दा विकसमा अलिकति असर परेको होकि जस्तो
मलाइ लाग्छ
४.भौगोलिक विकटता हुनु पनि एउटा कारण हो
५.व्यवहारिक राष्ट्रियता नहुनु तथा अवसरवादि हुनु

४. नेपालको विकासको लागि कुन सिद्धान्त आवश्यक छ ?
सिद्धान्त त कुनै पार्टीको यो या त्यो भन्नु भन्दा पनि राष्ट्रियतालाई उच्चतम विन्दुमा राखिएको सिद्धान्त आवश्यक छ । आफ्नो गाउँ आफै बनाउ भनेजस्तै आफ्नो देश आफै बनाउ भन्ने अभियान अगाडि सार्नु पर्यो । व्यवाहिरक खालको राष्ट्रियता बाकेको सिद्धान्त आवश्यक छ । विभिन्न कालमाक्स , लेनिन जस्ता पार्टीका सिद्धान्त आफ्नो ठाउँमा छदैछन् त्यो भन्दा पनि राष्ट्रियतालाई उच्चतम विन्दुमा राख्ने सिद्धान्त आवश्यक छ ।

13241316_1083331225073386_7963770709527021173_n

५. तपाई प्रधानमन्त्री हुनु भयो भने सर्वप्रथम नेपालका लागि पाँच वटा महत्वपूर्ण काम के के गर्नुहुनेछ ?
१. सहि व्यक्तिलाई सहि ठाउँमा राख्नेछु । युवाहरुको क्षमता पहिचान गरी प्राकृतिक स्रोतको  भरपुर प्रयोगर्नेछु । साथै देशमा अहिले सम्म    जतिपनि अनियमिता भएको छ त्यसको छानविन  गर्दथे ।

 २. प्राकतिक स्रोतको उच्चतम प्रयोग गर्नेछु । यसका लागि युवाहरुलाई प्रोत्साहन गर्दै लगानीको  वातावरण सिर्जना गर्नेछु ।

 ३. विकास गर्छु भन्ने मात्र होइन कि त्यसलाई व्यवहारमा उतार्नेछु ।

 ४. कृषीलाई विशेष जोड दिई त्यसलाइ आधुनिक कृषी प्रणालि मार्फत अगाडि बढाउनेछु । आज  धेरै युवाहरु कृषी कार्यकै लागि कोरिया      गएको देखिन्छ यदि हामिले कृषी क्षेत्रमा उचित  वातावरण सिर्जना गर्ने हो भने उनीहरुलार्इ नेपालमै राम्रो अवसर दिन सकिन्छ ।

 ५.नेपाली साथसाथै विदेशी दक्ष तथा क्षमतावान व्यक्तिहरु राखेर योजना बनाई लगानी गर्दथे ।  राणकालमा बाहिर बाट विभिन्न दक्ष      व्यक्ति झिकाएर दरबारहरु बनाएको तथा विकास भएको  हामी सँग इतिहास छ । जुन त्यस्ता कार्य अहिले ठप्प भएको छ । साथै श्रमको    उचित मुल्य प्रदान  गर्नेछु ।

निष्कर्षमा भन्नुपर्दा राष्ट्रियतालाई केन्द्रविन्दुमा राखेर युवाहरुलाई नेतृत्व तहमा पुर्याएर विकासका गतिविधि अगाडि बढाई देशमा उपलब्ध प्राकृतिक स्रोतको भरपुर प्रयोग गर्ने हो भने नेपाल छिट्टै समृद्ध देश बन्नेछ ।
जय मातृभूमि