Wednesday 16th August 2017

    फोरम र नयाँ शक्तिको घरदैलो कार्यक्रम तीब्र    गण्डकी गाउँपालिका बनाउने तिवारीको योजना    उम्मेद्वारी फिर्ता गर्न चाहाने उम्मेद्वारले आज ५ बजेसम्ममा फर्तालिन सक्ने    निर्वाचनमा सहभागी हुन नसकेका मजदूरले यस्तो भूमिका खेल्ने    बिरामी बोक्ने एम्बुलेन्सबाट गाँजा तस्करी

सामाजिक अभियानता तथा विमा व्यवसायी बाबुराम देवकोटाकाे विकसित नेपालकाे सपना

विभिन्न दलका नेताहरुले आ-आफ्नै ढंगबाट नेपाली जनताको चाहनाको परिभाषा फरक फरक गर्दै आएका छन् । एउटै देशका त्यही जनताले किन पार्टी पिच्छे फरक फरक चाहना र अनि नेता पिच्छे फरक फरक दृष्टिकाेण किन राखेका होलान् ? अनि जनताको चाहनाको बहानामा कयौ पार्टी स्थापना भए अनि कयौँ नेताहरु निर्माण भए यद्यपि आज सम्म किन जनताको चाहना सबैले बुझेका छैनन्, अनि हामी अत्यन्त लोकप्रिय पार्टी भनेर आफुलाई दर्ज गर्न खोजे पनि किन नेपालको समृद्धि कहिल्यै हुन सकेन ? अनि नेपाली काँग्रेसको प्रजातान्त्रिक समाजबाद, नेकपा एमालेको बहुदलीय जनबाद, माओवादीको प्रचण्डपथ लगायतका धेरै सिद्धान्तहरुको परिक्षण गरिरहँदा सबै पार्टीहरुले आफ्ना सिद्धान्त जति उत्कृष्ट अरु कुनै छैन भनी एक अर्कालाई सत्तो सराप गरिनै रहे यद्यपि किन कुनै सिद्धान्तले पनि नेपालको विकास नभएको हो ?

यसैक्रममा विभिन्न संस्थामा आबद्ध भर्इ काम गर्दै अाउनुभएका, सामाजिक अभियानता तथा विमा व्यवसायी बाबुराम देवकोटा ज्यूसँग गरिएको कुराकानी ;

baburam poi

१. नेपाली युवालाई कस्तो नेता आवश्यक छ ?
मेरो विचारमा नेपाल एक विकासोन्मुख देश भएकोले परिवर्तनको विचारधारा भएको, नयाँ सोच भएको नेताको आवश्यक छ । जसले राष्ट्र निमार्णलाई प्राथमिकतमा राखेर कार्य गरोस् ।
 
२. नेपाली युवाहरुको लागि कस्तो पार्टी आवश्यक छ ?
नेपाली युवाहरुलाई सबै नेपालीहरु दलित, आदिवासी, अपाङ्ग, जनजाति आदि सबैलाई एकिकृत गरेर अगाडि लैजाने , १०/१५ वर्षमा सिङ्गापुर जस्तो विकसित देश बनाउन सक्ने भिजन भएको, आफुमा पनि योग्य पार्टीको आवश्यकता छ ।
 
३. तपाईको विचारमा नेपालको विकास हुन नसक्नुका कुनै पाँच कारणहरु के के हुनसक्छन् ?
नेपालको विकास हुन नसक्नुको कारणमा
१.नेतृत्व नै हो : नेतृत्व गर्ने मान्छेमा दुरदृष्टि नहुनु ।
२.सैद्धान्तिक तथा व्यवहारिक ज्ञानको कमि
३. दुराचार तथा भ्रष्टचारको जनजालमा फस्नु
४. नाताबाद तथा कृपावाद : नेतृत्व गर्ने मान्छे आफ्नो देश र राष्ट्रको लागि भन्दा पनि आफ्नो नातावाद तथा कृपावादमा अलझिनु
५.नयाँ सुचना तथा प्रविधिको अभाव
 
४. नेपालको विकासको लागि कुन सिद्धान्त आवश्यक छ ?
सिद्धान्त त विभिन्न किसिमको हुन्छ तर त्यसमध्यमा हाम्रो नेपालमा चाँही जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री तथा राष्ट्रपति हुने सिद्धान्त हुनुपर्छ जस्तो मलाई लाग्छ । यदि त्यसो भयो भने देशले असल नेतृत्व पाउँछ र नेपालकाे विकास हुन्छ ।
 
५. तँपाई प्रधानमन्त्री हुनु भयो भने सर्वप्रथम नेपालका लागि पाँचवटा महत्वपुर्ण काम के के गर्नुहुनेछ ?
यदि म देशको प्रधानमन्त्री भए भने,
१.सर्वप्रथम म हिमाल, पहाड र तराईका सबै जनतालाई समेट्न सक्ने खालको मावल बनाई, हाम्रो देश नेपाल भन्नमा गर्व लाग्ने बनाउँनेछु ।
२. शिक्षा क्षेत्रमा जोड दिनेछु, त्यसमा पनि आधुनिक तथा गुणस्तरीय शिक्षा । आज नेपालमा धेरै मानिस अझै पनि शिक्षाबाट बञ्चित छन् । यदि म प्रधानमन्त्री भए भने पुरै प्राविधिक शिक्षामा लगानि गरि देशको बेरोजगारी कम गर्नेछु । अहिले पनि डिग्री , ब्याचलर गरेर पनि बेरोजगारी भएर बसेका कयौँ उदाहरणहरू छन् ।
३.स्वास्थ्य : स्वास्थ्य क्षेत्रमा सरकारबाट विभिन्न सहुलियत प्रदान गर्दै, कसरी स्वस्थ रहन सकिन्छ भन्ने कुराको प्रचारप्रसार गराउँने छु ।
४.विकास निमार्ण : हाम्रो देशमा विकास निमार्णको कामहरू धेरै हुन बाँकि छन् । ८४ हजार मेगावाट विद्युत उत्पादन गर्न सक्ने देश नेपालमा जम्मा ४ या ५ प्रतिशत मात्र उत्पादन भइरहेका छ । यदि म प्रधानमन्त्री भए भने जलविद्युत उत्पादन गरी विदेशमा समेत विक्री गरी सडक जस्ता विकास निमार्णका कार्य गरी विकसित मुलुकको दाँजोमा पुर्याउने छु ।
५. सुचनाको हक : केन्द्रमा रहेको सुचना जनतासम्म पुग्नुपर्छ । आज अमेरिका विकास हुनुको कारण मध्ये एक सुचनाको हकले पनि हो । म सुचनाको हकलाई पनि प्राथमिकतामा राख्ने छु ।
 
६. तपाई कुनै पार्टीकाे कार्यकर्ता अथवा नेता नभई एउटा नागरिकको हैसियतमा देशको समृद्धिका लागि गर्नु भएको कुनै योग्दानको बारेमा बताईदिनु हुन्छ कि ?
त्यति धेरै ठूलो योग्दान त मैले गरेको छैन तैपनि नेपालमा बसेर नेपालमै केहि गर्नुपर्छ भन्दै आफ्नो देशमा नै युवाहरुलाई आत्मनिर्भर बनाउने अभियान ‘मातृभूमिका लागि युवा अभियान’मा संलग्न छुु । यो नै मेरा सामाजिक क्षेत्रमा लागेको पहिलो अभियान हो । दिलबाटै चाहेर लागेको अभियान हो । यसमा रहेर विभिन्न जिल्लामा रहेका युवाहरुलाई समेटेर यहि मातृभूमिका लागि युवा अभियानबाट नै अगाडि बढौँ भनेर म यसमा लागि रहेको छु । निर्दोष नागरीक सहायता मञ्च नेपालमा पनि संलग्न छु । मैले सामाजिक क्षेत्रमा गरेको कार्य भनेको यहि मातृभूमिका लागि युवा अभियानमा नै लागेर गरेको कार्य हो र पछि पनि यसैमा लागेर सामाजिक कार्य गर्नेछु ।
 
समग्रमा भन्नुपर्दा, देशमा कस्तो व्यक्तिलाई नेतृत्व गर्न दिने भन्ने कुरा जनताले सोच्न आवश्यक छ । अघिनै मैले भनिसके जनताले चुनेर पठाएको प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुनुपर्छ । याे कुरा नेपाली जनताहरुले बुझ्न आवश्यक छ । राजनीतिक तहमा परिवर्तन आवश्यक छ । त्यो परिवर्तन गराउने काम मातृभूमिका लागि युवा अभियानले नै गराउनुपर्छ । शिक्षामा पनि जोड दिनुपर्छ । पछिल्लो समयमा मलाई नयाँ शक्तिको एउटा कुरा राम्रो लाग्यो कम्तिमा ब्याचलर पास गरेको नेताले सांसदमा भिड्न पाउने जहाँ शिक्षालाई चाँही जोड दिइएकाे छ । विदेशी मूलुकले विदेशमा भएको पेट्रोल नेपालमा बेच्छन् भने हामी हाम्रो जलस्रोतबाट विद्युत उत्पादन गररे उनीहरुलाई किन नबेच्ने त ? त्यसैले नेतृत्व गर्ने मानिस दुरदर्शी हुनुपर्छ जस्तो मलाइ लाग्दछ । जय मातृभूमिका ।