Tuesday 24th October 2017

    फोरम र नयाँ शक्तिको घरदैलो कार्यक्रम तीब्र    गण्डकी गाउँपालिका बनाउने तिवारीको योजना    उम्मेद्वारी फिर्ता गर्न चाहाने उम्मेद्वारले आज ५ बजेसम्ममा फर्तालिन सक्ने    निर्वाचनमा सहभागी हुन नसकेका मजदूरले यस्तो भूमिका खेल्ने    बिरामी बोक्ने एम्बुलेन्सबाट गाँजा तस्करी

सामाजिक अभियानता तथा शिक्षाविद श्री अशोक पाण्डे ज्यू काे कस्ताे छ त, नयाँ नेपालकाे सपना ?

विभिन्न दलका नेताहरुले आ-आफ्नै ढंगबाट नेपाली जनताको चाहनाको परिभाषा फरक फरक गर्दै आएका छन् । एउटै देशका त्यही जनताले किन पार्टी पिच्छे फरक फरक चाहना र अनि नेता पिच्छे फरक फरक दृष्टिकाेण किन राखेका होलान् ? अनि जनताको चाहनाको बहानामा कयौ पार्टी स्थापना भए अनि कयौँ नेताहरु निर्माण भए यद्यपि आज सम्म किन जनताको चाहना सबैले बुझेका छैनन्, अनि हामी अत्यन्त लोकप्रिय पार्टी भनेर आफुलाई दर्ज गर्न खोजे पनि किन नेपालको समृद्धि कहिल्यै हुन सकेन ? अनि नेपाली काँग्रेसको प्रजातान्त्रिक समाजबाद, नेकपा एमालेको बहुदलीय जनबाद, माओवादीको प्रचण्डपथ लगायतका धेरै सिद्धान्तहरुको परिक्षण गरिरहँदा सबै पार्टीहरुले आफ्ना सिद्धान्त जति उत्कृष्ट अरु कुनै छैन भनी एक अर्कालाई सत्तो सराप गरिनै रहे यद्यपि किन कुनै सिद्धान्तले पनि नेपालको विकास नभएको हो ?

यसैक्रममा विभिन्न संस्थामा आबद्ध भई आउनुभएका जोशिला र उच्च सोच बाेक्नु भएका सामाजिक अभियनता ,शिक्षाविद तथा ‘Seto Bangala High school’ का  फाउन्डर प्रिन्सीपल श्री अशोक पाण्डे ज्यू सँग गरिएको महत्वपुर्ण कुराकानी ;

01

१.नेपाली युवाहरुलाई कस्तो नेताको आवश्यक छ ?

अहिलेको अवस्थामा दुरदर्शी र राजनेताको खडेरी परेकाे नेपालमा युवालाई नै यो प्रश्न सोध्दा म गौरववान्वित भएको छु । मैले राणाशासन देखि बहुदलवादी शाहकालिन प्रजातन्त्र र यसको कमजोरीबाट सृजित पञ्चायत हुदै अहिलको लोकतान्त्रिक गणतन्त्रलाई अत्यन्त शुक्ष्म अध्ययन गरेको छु र यसले दिएको भनेको अहिलेको जस्तो छाडातन्त्र र मनपरीतन्त्र नै हो, जसको न त कुनै सिमा छ, न त नैतिकता । त्यसैले सुन्दा अलि कडा लाग्ला अहिलेको आवश्यकता भनेको निडर, राष्ट्रभक्ति र मैले पहिला देखि नै भन्दै आएको आधुनिक रुपमा परिस्कृत र सभ्य नेपाली हिटलरको खाँचो छ जसले ५ वर्ष एकलौटी शासन चलाओस् ।

२.तपाई आफैमा एक उर्जाशिल युवा हुनुहुन्छ र शिक्षा क्षेत्रमा लाग्दै नेपालको राजनितिमा तिता मिठा अनुभव संगाल्दा नेपाली युवाहरुका लागि अब कस्तो पार्टीकाे आवश्यकता छ जस्तो लाग्छ ?

मैले पहिले पनि भनिसके अहिलेका नेपालका देश हाक्ने समान किसिमले कान चिरिएको र एकै किसिमले खरानी घसिएका जोगिहरुबाट मैले देश परिवर्तनको आशा गरेको छैन ।  नेपालमा अझै राजनैतिक ज्वालामूखी, ठूला विस्फोट र भूकम्पको आवश्यकता छ जसले नेताहरुको पछि अन्धो रुपमा लाग्ने जनताको मोतिविन्दुको पर्दा पनि फाट्ने छ र यी ढुसिएका र खिया लागेका नेताहरु प्रतिस्थापित भई नवउदारवादी आर्थिक क्रान्तिको सोच भएको यूवाहरुको झूण्ड को पार्टी जन्मिनेछ र देशको आवश्यकता पनि त्यही नै हो ।

३. तपाईको विचारमा नेपालको विकास हुन नसक्नुका ५ कारणहरु के के हुन सक्छन् ?

विकास वास्तवमा तुरुन्त परिवर्तन हुने जादुको छडि नै त होइन र रातमै परिवर्तन हुने बासको तामा पनि होइन । तै पनि प्रजातन्त्रको उदय भएको ६६ वर्ष हुदा समेत नेपालको विकास हुन नसक्नु हाम्रो दुर्भाग्य हो ।
खासगरी मेरो विचारमा विकास हुन नसक्नुका ५ कारणहरु
१ राजनैतिक खोल ओडेका भ्रष्ट कर्मचारी मनपरीतन्त्र ।
२ राजनैतिक अस्थिरता र दलीय विवेक शुन्यता ।
३ तीन वटा ज ( जलविद्युत , जडिबुटि र जमीन) उपयोग नहुनु ।
४ अत्याधिक कडा कानुनको अभाव
५ काला बजारिया दलाल र भ्रष्टचारीको राज्यबाट नै पालनपोषण ।
यी नै नेपालको विकास नहुनुका मुख्य बुदाहरु हो जस्तो लाग्छ मलाई ।
४. तपाइको विचारमा नेपालको विकासका लागि कुन सिद्धान्त आवश्यक छ जस्तो लाग्छ ?

म कुनै वाद र सिद्धान्तमा भन्दा पनि काममा विश्वास गर्ने मान्छे हो । इमान्दारीता लगनशिलता र कामप्रतिको सर्मपण नै सफलताको एक अचुक कडि हो । यसको लागि राष्ट्रिय शक्ति पृथकिकरण गर्दै विश्वव्यापिकरणको युगमा आर्थिक नवउदारवादको नीति लिएमा राष्ट्रिय र अन्तराष्ट्रिय रुपमानै नेपालको छवि उच्चतम हुदै विकास हुन्छ जस्तो लाग्छ मलाई ।

५. तपाई प्रधानमन्त्री हुनु भयो भने सर्वप्रथम नेपालका लागि ५ वटा महत्वपूर्ण काम के के गर्नुहुनेछ ?

प्रश्नको लागि तपाईलाई धन्यवाद दिन चाहन्छु । म प्रधानमन्त्रीमा विश्वास गर्दिन । म त प्रधानमन्त्रीमा केन्द्रित अधिकार र शक्ति अनि व्यक्तिको खुविमा विश्वास गर्छु । त्यसैले यदि म जनताबाट प्रत्यक्ष निर्वाचित प्रमुख कार्यकारिणी प्रधानमन्त्री भए भने अहिलेको युवा पुस्ता जसलाई देशको केन्द्रमा राखेर योजनाहरु बनाउथे । तपाईलाई थाहा नै होला अहिलेको युवा पुस्ता नेपालको इतिहास देखिनै एउटा यस्तो पुस्ता हो जसले बाल्यकाल देखिनै अत्याधिक संघर्ष गर्दै पुराना सुसंस्कार र कुसंस्कारको अनुभव बटुल्दै अहिलेको आधुनिक परिवर्तनसँग आफुमा समायोजन गरिरहेको छ र यस्तो डाइनामिक युवालाइृ विश्वास गर्दछु ।
मैले माथि नै भनिसके राजनैतिक संस्कारको खाँचो छ , राष्ट्रवादी राजनैतिक संस्कारको विकास गर्दै हाम्रो प्राकृतिक सम्पदाहरु जलविधुत , जडिबुटि र जमीनको भरपूर सदुपयोगको व्यवस्था मिलाउँथे ।
देश आचारसंहिता र अनुशासनमा चल्नुपर्छ । सम्पूर्ण कर्मचारीतन्त्र र जनताहरुलाई राष्ट्रको विकासको मूलधारमा ल्याई समय देश विकासको क्रियाकलापमा तल्लिन हुनेछु ।
तपाईलाई थाहा नै छ खोक्रो राष्ट्रवादले देश सिद्धयाउने मात्र हो । अहिलेको विश्व परिवेश र समयको माग अनुसार हामिले आफ्नो नीतिहरुमा पनि परिमार्जन गर्नुपर्ने हुन्छ यसका लागि हाम्रो प्राकृतिक सम्पदाहरुको भरपूर उपयोग गर्नुको लागि हामी आफै सक्षम छैनौ त्यसैले प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउने वातावरण मिलाउने छु ।
र समग्रमा राजनितिक आचरण सुधार प्रमुख मुद्दा हुनुपर्छ देशको दीर्घकालिन विकासको लागि ।

६. तपाई कुनै पार्टीकाे कार्यकर्ता अथवा नेता नभई एउटा नागरिकको हैसियतमा देशको सम्वृद्धिको लागि गर्नु भएको कुनै योगदानको वारेमा बताइदिनु हुन्छ कि ?

बडो राम्रो प्रश्न सोध्नुभयो तपाईले । दर्शन र राजनितिक विचार सबै मानिसको फरक फरक हुन्छ । तर सबैको उद्देश्य आर्थिक सम्वृद्धि र नेपालको विकास नै हो । म आफै पनि ‘Volunteers and Research Foundation Nepal’ को संस्थापक उपाध्यक्षको नाताले भन्नुपर्दा शैक्षिक परिवर्तनबाट नै समग्र देशको परिवर्तन सम्भव छ भन्ने विचार बोकी यस संस्थाबाट शैक्षिक अनुसन्धानहरु ,व्यक्तिगत विकासका कार्यहरु र बच्चाहरुको सर्वाङ्गीण विकासको लागि विभिन्न कार्यहरु गर्दै आईरहेका छौ । भूकम्प पश्चात म जस्ता २० लाख युवायुवती काठमाडौ बाहिर सुरक्षित थलोमा गएको तपाईलाई थाहा नै छ , म र मेरो संस्थाका साथीहरु केहि घण्टाबाट नै उदारमा खटिएका थियौ । धरहरामा १ घण्टा भित्र पुग्यौ नजिकै भएको हुनाले र सक्दो सहयोग गर्यौ र ११ जिल्लामा करिब ४० लाख बराबर सामान र त्यतिकै मूल्यको औषधिहरु वास्तविक पिडितसम्म पुर्यायौ । मानसिकरुपमा पिडितहरुलाई शक्तिशाली बनाउदै सामान्य जिवनमा फर्कनमा सक्दो प्रयास गर्याै । विपदकाे समयलाई डटेर सामना गर्यौ । के देश विकासको लागि हाम्रो दायित्व छैन ? यसको साथै मातृभूमिका लागि युवा अभियान को केन्द्रिय सदस्यको रुपमा कार्यरत छु जसले भोलिका दिनहरुमा युवाहरुमा व्यापक राजनैतिक चेतना र आर्थिक सम्वृद्धिको परिकल्पना सहित देशको असल नेतृत्व प्रदान गर्नेछ भन्ने कुरामा विश्वस्त छु र मैले सक्दो सहयोग गर्नेछु ।

समग्रमा मलाई के लाग्छ भने मरेर लाने केहि होईन रहेछ । हेर्नुस , देशले के दियो भन्दा पनि मैले देशलाई के दिए भन्ने सोच युवाहरुमा हुनुपर्छ ।