Friday 19th October 2018

    शरद गौचन हत्या प्रकरण : समिरमानलाई नख्खुबाट जोमसोम लगियो    माधव नेपाललाई सिंगापुरबाट प्रचण्डको फोन    प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसंघ महासभामा बिहीबार सम्बोधन गर्ने    रवि लामीछाने हलमा जनताकै भिडबाट बोल्दै यसरी प्रवेस गरे open video    बेगनास तालमा फेरि लापरबाही

धुलिखेलमा पर्यटकको घुइँचो

बुधबार, कार्तिक १०, २०७३

dhulikhel-pic-01धुलिखेलमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्न थालेको छ । क्षेत्रीय होटेल एसोसिएसन (हान)धुलिखेलका अध्यक्ष प्रेमकण्ठ मकाजु श्रेष्ठका अनुसार काठमाडौँ आएका आधिकांश बाह्य पर्यटक यहाँ आउने गरेका छन् । आन्तरिक पर्यटकको समेत यहाँ घुइँचो छ । “होटेलले आन्तरिक र विदेशी पर्यटक लोभ्याउने कार्यक्रम ल्याउनु पर्छ,” उनले भने । भूकम्पको त्रासदी ओझेलमा परेको र विस्तारै ट्रेकिङ, ह्याकिङमा बाह्य पर्यटक आउने क्रम बढ्दै गएको छ । ट्रेकिङ र ह्याकिङको लागि अधिकांश पर्यटक नमोबुद्ध, बल्थलीलगायत क्षेत्रमा जाने गरेका छन् । “बाह्य पर्यटक कम्तीमा तीन दिनसम्म धुलिखेल बसेको अवस्था छ,” श्रेष्ठले भने । खासगरी जर्मनी, जापान, कोरिया, अमेरिका, भारतबाट पर्यटक धुलिखेल आउने गरेका तथ्याङ्क छ । त्यस्तै आन्तरिक पर्यटकको पनि धुलिखेलका होटेलमा घुइँचो लाग्न थालेको छ ।