Sunday 25th February 2018

    वैचारिक संकटबाट मुक्त हुन बुद्धले जस्तै आँट गरेर नयाँ विचार दिनुपर्छ : संयोजक भट्टराई    मन्त्रिपरिषद बैठक सम्पन्न, मन्त्रालयको संख्या १७ हुने    नेतृत्वमा बासी अनुहारहरु भएमा जनतासँग टुटेको समबन्ध जोडिँदैन : थापा    विकास निर्माणका काममा जुट्यो नेकपा, २५ वर्षसम्म नबनेको सडक बनाउन सुरु    माओवादी संसदीय दलको नेतामा दाहाल सर्वसम्मत् चयन

ढकालको ‘आवरण’ बजार बजारमा

आइतबार, असोज १६, २०७

hqdefaultनेपाली सुगम सङ्गीतका गायक रामकृष्ण ढकालको १५औँ गीतिसङ्ग्रह ‘आवरण’ बजारमा आएको छ । शनिबार अबेर राति काठमाडौँमा आयोजित कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुनले सङ्ग्रहको लोकार्पण गर्नुभयो । सङ्ग्रहमा ११ गीत समावेश छन् । गीतका शब्द आनन्द अधिकारी, उत्तम सन्जेल, रमेश बिजी, विनोद बन्जारा, एकनारायण भण्डारी, डा.आसबहादुर तामाङ, देवेन गिरी, प्रज्वलशम्शेर जबरा, मनिष वाशिष्ठ आदिले कोरेका छन् । त्यस्तै हरि लम्साल, न्ह्यु वज्राचार्य, राजेश थापा, शिखर सन्तोष, सुगम पोखरेल, किरण कँडेल लगायत सङ्गीतकारले सङ्गीत भरेका छन् । कार्यक्रममा गायक ढकालले आफ्ना एक दर्जन जति गीत गाएका थिए । विन्ध्यवासिनी म्युजिक प्रालिले बजारमा ल्याएको सङ्ग्रहमा रहेको ‘म लडेको मात्रै हुँ, मरेको छैन’ बोलको गीतको म्युजिक भिडियो पनि तयार गरिएको छ । यसअघि ढकालका ‘आशीर्वाद’, ‘आशा’, ‘आरोह’, ‘आशिष’ जस्ता गीतिसङ्ग्रह प्रकाशनमा आएका छन् ।