Sunday 25th February 2018

    वैचारिक संकटबाट मुक्त हुन बुद्धले जस्तै आँट गरेर नयाँ विचार दिनुपर्छ : संयोजक भट्टराई    मन्त्रिपरिषद बैठक सम्पन्न, मन्त्रालयको संख्या १७ हुने    नेतृत्वमा बासी अनुहारहरु भएमा जनतासँग टुटेको समबन्ध जोडिँदैन : थापा    विकास निर्माणका काममा जुट्यो नेकपा, २५ वर्षसम्म नबनेको सडक बनाउन सुरु    माओवादी संसदीय दलको नेतामा दाहाल सर्वसम्मत् चयन

दशैँका अवसरमा गजल महोत्सव

आइतबार, असोज १६, २०७३

bada-dashain-2072-ko-mangalmaya-subhakamana-cards-wallpapers-images-photosदशैँको आगमनसँगै दशैँलाई साहित्यमय बनाउन नगरकोट नगरपालिका, ताथलीमा गजल महोत्सव आयोजना गरिएको छ । शनिबार आयोजित कार्यक्रममा गजलगो रामबहादुर पहाडी र रोशनकुमार राजभण्डारी, प्रा डा चूडामणि बन्धुले ताथलीका नवोदित गजलगो तथा स्रष्टाको प्रयासका कारण ताथली गजलग्राम बनेको बताए । महोत्सवमा सहभागी गजलगोले देशले अहिले भोगिरहेका विभिन्न समस्यालाई विषयवस्तु बनाएर गजल वाचन गरेका थिए । कार्यक्रममा विकास प्रहर, प्रदीप मैनाली, राजेन्द्र कोजू, सागर समिर, आरती ढकाल, सञ्जिता पन्थ, दिलकुमार बाला, सिर्जना बस्नेत, अमृत थुयाजु, रमेश ‘कर्मशील मान्छे’, इच्छा इरानी, खोजक हरि, शीतल ‘दाह्री भाइ’, आशिष तामाङ, प्रशान्त तामाङ लगायतले समसामयिक विषयमा गजलवाचन गरेका थिए भने गजल गायक राजसागरले गजल गाएका थिए ।

त्यसैगरी स्थानीय रोम्बस नेसनल सेकेन्डरी स्कुलले शिक्षक, अभिभावक र विद्यार्थीलाई एकै ठाउँमा सहभागी गराई गजल तथा विभिन्न रचनावाचन गराएर दशैँ कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा स्कुलका प्रिन्सिपल राजेन्द्र कोजूले लेखेको ‘मेरो सपनाको अर्को कुनै गाउँ छैनसजाउन तिमीलाई कुनै ठाउँ छैन’ गजललाई अभिभावक प्रभात थापाले स्वर र सङ्गीत दिएर गाएका थिए । सो अवसरमा विद्यालय निरीक्षक विमल निरौला, गायक तथा सङ्गीतकार राजसागर, गायिका दीपा पन्त र निशा योञ्जनले गीत एवम् सङ्गीत प्रस्तुत गरेर दशैँको शुभकामना आदानप्रदान गरेका थिए । कार्यक्रममा विद्यालय सञ्चालक समितिका अध्यक्ष सरिता कोजू, अभिभावक जिना रञ्जितकार, शिक्षक अम्बिका ढकाल, जयराम कार्की, भक्तपुर साकोसका अध्यक्ष बलराम प्रजापति र कक्षा १० का छात्रा मेरिट कोजू एवम् सिर्जना बस्नेतले पनि रचनावाचन गरेका थिए ।