Thursday 17th August 2017

    फोरम र नयाँ शक्तिको घरदैलो कार्यक्रम तीब्र    गण्डकी गाउँपालिका बनाउने तिवारीको योजना    उम्मेद्वारी फिर्ता गर्न चाहाने उम्मेद्वारले आज ५ बजेसम्ममा फर्तालिन सक्ने    निर्वाचनमा सहभागी हुन नसकेका मजदूरले यस्तो भूमिका खेल्ने    बिरामी बोक्ने एम्बुलेन्सबाट गाँजा तस्करी

काँग्रेस जिल्ला कार्यवाहक सभापतिमा मीरा

बुधबार, कार्तिक २४, २०७३

nepali-congressmnलामो विवादपछि नेपाली काँग्रेस सिन्धुपाल्चोकले कार्यवाहक सभापतिको जिम्मेवारी मीरा लामालाई सुम्पेको छ । कात्तिक १७ गते बसेको बैठकले लामालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको हो । सभापति विकास लामा बिरामी भएर उपचार गराइरहेकाले लामालाई जिम्मेवारी दिइएको बताइएको छ । काँग्रेस जिल्ला सचिव रहेका झलक नेपाललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिने चर्चा चलेको भएपनि काँग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्ण पौडेलले मीरालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिने पत्र पार्टी कार्यालयमा ६१औँ नंमा दर्ता भएको जानकारी दिएका छन् । सभापति लामा बिरामी भएकाले अहिले उपचारका क्रममा थाइल्यान्डमा छन् । कार्यवाहक सभापति मीरा विकास लामाका पत्नी हुन् ।