Wednesday 26th September 2018

    प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसंघ महासभामा बिहीबार सम्बोधन गर्ने    रवि लामीछाने हलमा जनताकै भिडबाट बोल्दै यसरी प्रवेस गरे open video    बेगनास तालमा फेरि लापरबाही    कुबेत बाट नेपाली चेलीले लेखेको यो चिठीले, कसलाई रुवाउदैन होला र    मातृभूमी(MIEC) सोलुखुम्बुले१७%छुटसहित बैकिङ्ग, लाेकशेवा तयारी कक्षा सुरू गर्यो

चक्रपाणि स्मरण पुरस्कार नकर्मीलाई प्रदान

आइतबार, कार्तिक २१, २०७३

19-1447882467-sahityaakademiप्रख्यात चक्रपाणि स्मरण पुरस्कार–२०७३ नेपाल भाषाका वरिष्ठ साहित्यकार रामशेखर नकर्मीलाई प्रदान गरिएको छ । चक्रपाणि चालिसेको एक सय ३४औँ जन्मजयन्तीको अवसरमा चालिसेको जन्मस्थान कटुञ्जेमा शनिबार आयोजित कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठान कविता विभाग प्रमुख प्राज्ञ डा अमर गिरीले नकर्मीलाई १० हजार नगदसहित सो सम्मान प्रदान गरेका हुन् । विसं २०१२ देखि साहित्य, कला र रङ्गमञ्चमा सक्रियतापूर्वक साधना गरिरहेका नकर्मीलाई उनको निरन्तर साधनाको कदर गर्दै सो सम्मान गरिएको आयोजक चक्रपाणि स्मारक संरक्षण समितिले जनाएको छ । गत २०७२ साल वैशाख १२ मा आएको भूकम्पको प्रकोपमा उनी घाइते भएका थिए । खुट्टामा चोट लागेका नकर्मी लामो समय अस्वस्थ भएका थिए । सोही भूकम्पले घर भत्किएपछि उनलाई वृद्धाश्रम पुर्याएको थियो । रोग, बूढ्यौली र एकाङ्की जीवनको एकै पटक सामना गरिरहेका नकर्मीको आधा दर्जन कृति प्रकाशित छन् । दर्जनौँ नाटक मञ्चित छन् भने केही टेलिचलचित्रमा समेत उनले चरित्र भूमिका निर्वाह गरेका छन्