Sunday 22nd October 2017

    फोरम र नयाँ शक्तिको घरदैलो कार्यक्रम तीब्र    गण्डकी गाउँपालिका बनाउने तिवारीको योजना    उम्मेद्वारी फिर्ता गर्न चाहाने उम्मेद्वारले आज ५ बजेसम्ममा फर्तालिन सक्ने    निर्वाचनमा सहभागी हुन नसकेका मजदूरले यस्तो भूमिका खेल्ने    बिरामी बोक्ने एम्बुलेन्सबाट गाँजा तस्करी

खेलकुद

रियोमा गौरिकाको उत्कृष्ट प्रदर्शन

सोमबार, श्रावण-२४, २०७३ रियो ओलम्पिककी नेपाली कान्छी खेलाडी भनेर चिनिने १३ वर्षीया गौरिका सिंहले रियो ओलम्पिकमा उत्कृष्ट प्रदर्शन गरेकी छिन् । भर्खरै सम्पन्न पौडीको १०० मि ‘व्याक स्ट्रोप’ तर्फ उनी प्रथम भएकी छिन् । उनले दुई जना प्रतिस्पर्धीलाई पछि पार्दै पहिलो भएकी हुन् । उनले १ दशमलव ८.४५ सेकेन्डमा उक्त दूरी पार गरेकी हुन् ।

नेदरल्याण्ड्विरुद्ध खेल्ने नेपाली टोलीको निर्णय

बिहीबार, श्रावण-२०, २०७३ विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेपाली टोलीले नेदरल्याण्ड्सविरुद्ध खेल्ने घोषणा गरेको छ । पारस खड्काको कप्तानीमा रहेको टोलीमा सुवास खकुरेल बाहिरिएका छन् भने सुनिल धमलाले पुनरागमन गरेका छन् । बेलायत भ्रमणमा उत्कृष्ट प्रदर्शन गरेका विक्रम शोव टोलीमा छन् । उपकप्तान ज्ञानेन्द्र मल्ल छन् भने शक्ति गौचन, बसन्त रेग्मी, शरद भेषावकर, सोमपाल कामी, सागर

अष्ट्रेलियन क्रिकेटर ब्रेट लि अब चलचित्रमा

मंगलबार, श्रावण-१८, २०७३ अन्तर्राष्ट्रिय एकदिवशीय खेलमा सचिन तेन्दुलकरको विकेट धेरैपटक लिने अष्ट्रेलियाली बलर ब्रेट ली आफ्नो समयको खतरनाक बलर मानिन्थ्यो । २०१५ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएपछि उनले आफ्नो जिन्दगीको दोस्रो पारी अभिनयबाट सुरु गरेका छन् । ब्रेट ली अष्ट्रेलियाली चलचित्र ‘अनइण्डियन’ मा अभिनय गरेका छन् । यसै चलचित्रको प्रमोशनका लागि उनी अहिले मुम्बईमा छन् । ब्रेट ली

कोरियामा अशोकलाई रजत

सोमबार, श्रावण-१७, २०७३ दक्षिण कोरियाको मुजुमा भएको १० औं विश्व तेक्वान्दो कल्चरल एक्सपोमा नेपाली तेक्वान्दो खेलाडी अशोक खड्काले रजत जितेका छन् । पुरुष एकल पुम्सेको सेमिफाइनलमा अशोकले अमेरिकाका खेलाडीलाई पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेका थिए । फाइनलमा अशोक ताइवानका खेलाडीसँग चुकेता पनि रजत पुरस्कार हात पार्न सफल भए ।

रियो ओलम्पिककै कान्छी खेलाडी ‘गौरिका’

आइतबार, श्रावण-१६, २०७३ यही अगस्ट ५ देखि ब्राजिलको राजधानी रियो दि जेनेरियोमा सुरु हुने ३१औं गृष्मकालीन ओलम्पिकमा २ सय ७ राष्ट्रका १० हजार ५ सय खेलाडीले भाग लिँदैछन् । ती खेलाडीमध्ये नेपालकी गौरिका सिंहको पहिचान छुट्टै हुँदैछ । उनी ५ दिनपछि ब्राजिलमा सुरु हुने ओलम्पिककै सबैभन्दा कान्छी खेलाडीका रूपमा रियोमा समावेश हुँदैछिन् । उनी १३ बर्षकी मात्र

साग पदकधारी बक्सिङ खेलाडीको मृत्यु

शुक्रबार, श्रावण-१४, २०७३ दक्षिण एशियाली खेलकुद सागका काश्य पदक बिजेता बक्सिङ खेलाडी इन्द्रबहादुर मगर दुई बर्ष यताबाट आन्द्राको क्यान्सरबाट पीडित थिए । ४६ बर्षको उमेरमा उपचारका क्रममा उनको मृत्यु भएको छ । आन्द्राको क्यान्सरपछि ललितपुरको हरिसिद्धिमा उपचार गराइरहेका बक्सिङ खेलाडी मगरलाई बिहीबार राति आठ बजे डाक्टरले मृत घोषणा गरेका थिए । उनी दुई बर्षदेखि क्यान्सरको उपचार गरिरहेका

सरकारको तर्फबाट सागमा पदक बिजेता खेलाडी तथा प्रशिक्षकलाई सम्मान वितरण

बिहीबार, श्रावण-१३, २०७३ भारतको गुवहाटी र सिलोङमा गत माघमा भएको १२औं दक्षिण एशियाली खेलकुदका पदक बिजेता खेलाडी तथा प्रशिक्षकलाई सरकारले बिहीबार नगदसहित सम्मान गरेको छ । सागमा नेपालले ३ स्वर्णसहित ६० पदक जितेको थियो । जसमा २३ रजत र ३४ काश्य छन् । सरकारको पूर्वघोषित निर्णय अनुसार सागका ब्यक्तिगत खेलतर्फ स्वर्ण जित्ने खेलाडीले ५, रजत जित्नेले ३ र

मेस्सीले खोले रेष्टुरेन्ट, उनको मनपर्ने खाना मेनुमा

बुधबार, श्रावण-१२, २०७३ आज विश्वमा हरेक फुटबलरको इच्छा मेस्सी जस्तै बन्ने छ । तर सबै मेस्सी बन्न सक्दैनन् । तर १० डलरभन्दा कम मुल्य तिरेर उनका समर्थकहरुले बार्सिलोनामा मेस्सी र उनको परिवारले खोलेको रेष्टुरेन्टमा अर्जेन्टाइन खाना खान सक्नेछन् । लियोनल मेस्सी, उनका दाइ रोड्रिगो र बहिनी मारिसोल मिलेर क्याटलानको राजधानी बार्सिलोनामा स्वादिष्ट भोजन र पेय पदार्थ पाइने

यस्तो रूपमा देखिए मेसी

मंगलबार, श्रावण-११, २०७३ विश्व फुटबल स्टार सामिर नास्री, आरोन राम्से र फिल जोन्सको मार्गमा लिओनल मेसी पनि देखिएका छन् । बार्सिलोनाका यी स्टार स्ट्राइकरले आफ्नो कपाल रंगाएको तस्बिर आइतबार उनकी प्रेमिका तथा दुई बच्चाकी आमा आन्टोनेला रोकुजोले सार्वजनिक गरेकी छिन् । मेसीले अहिले मैदानभित्र र बाहिर दुबै ठाउँमा अफ्ठ्यारो स्थितिको सामाना गर्नु परेको छ । अर्जेन्टिनाका कप्तानसमेत

‘टिम अफ द इयर’बाट नेपाली फुटबल टोलीलाई सम्मान गरिने

बिहीबार, श्रावण-०६, २०७३ आज घोषणा हुने पल्सर अवार्ड स्पोर्ट्स अन्तर्गत गत बर्ष उत्कृष्ट प्रदर्शन गरेको नेपाली राष्ट्रिय फुटबल टोलीलाई ‘टिम अफ द इयर’को उपाधिबाट सम्मान गरिने भएको छ । आयोजक नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष महेश आचार्यले गत बर्ष गरेको उत्कृष्ट प्रदर्शनको आधारमा नेपाली टोलीलाई टिम अफ द इयरको उपाधिबाट छुट्टै सम्मान गर्न लागिएको जानकारी दिए । गत बर्ष लामो