Tuesday 24th October 2017

    फोरम र नयाँ शक्तिको घरदैलो कार्यक्रम तीब्र    गण्डकी गाउँपालिका बनाउने तिवारीको योजना    उम्मेद्वारी फिर्ता गर्न चाहाने उम्मेद्वारले आज ५ बजेसम्ममा फर्तालिन सक्ने    निर्वाचनमा सहभागी हुन नसकेका मजदूरले यस्तो भूमिका खेल्ने    बिरामी बोक्ने एम्बुलेन्सबाट गाँजा तस्करी

देश/राजनीति

आज भारतीय राष्ट्रपति नेपाल भ्रमणमा आउँदै

बुधबार, कार्तिक १७, २०७३ भारतका राष्ट्रपति प्रणव मुखर्जी नेपालको तीनदिने राजकीय भ्रमणका लागि आज दिउँसो यहाँ आउँदै छन् । राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति मुखर्जीबाट हुन लागेको राजकीय भ्रणमका लागि सुरक्षासहित आवश्यक सबै प्रबन्ध मिलाइसकिएको छ । राष्ट्रपति भण्डारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा आफ्ना भारतीय समकक्षी मुखर्जीलाई स्वागत गर्नेछिन् । उनको सम्मानमा सरकारले

नेपाल र भारतका अधिकारी सीमा क्षेत्रमा हुने अपराध रोक्न सहमत

शुक्रबार, कार्तिक १२, २०७३ नेपाल र भारतका सुरक्षा अधिकारी सीमा क्षेत्रमा हुने अपराध रोक्न सहमत भएका छन् । बिहीबार भारतको बनबासामा आयोजना गरिएको संयुक्त बैठकमा दुवै देशका सुरक्षा अधिकारीहरु सीमा क्षेत्रमा हुने चोरीका सवारीसाधनको अवैध पैठारी, मानव बेचबिखन, लागुऔषध ओसारपसार, वन्यजन्तुको छाला, हड्डी जस्ता अखेटोपहारको अवैध व्यापार र जाली नोटको कारोबार रोक्न सहमत भएको जिल्ला

महाअभियोगका प्रस्तावक सांसदलाई ‘सिध्याइदिने’ धम्की

मंगलबार, कार्तिक ०९, २०७३ अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गराउने माओवादी सांसद महेन्द्रबहादुर शाहीलाई अज्ञात व्यक्तिले ज्यान मार्ने धम्की दिएका छन् । आफूलाई अज्ञात नम्बरबाट टेलिफोन आएको बताउँदै शाहीले भने- ‘लोकमानविरुद्ध किन प्रस्ताव दर्ता गरिस्, प्रस्ताव फिर्ता नलिए तँलाई सिध्याइदिन्छौं भनेर धम्की दिइयो ।’ तर, यस्तो धम्की दिने व्यक्तिलाई आफूले लुकेर फोन नगर्, सक्छस्

महाअभियोग प्रस्तावको समर्थनमा मतदान

सोमबार, कार्तिक ०८, २०७३ नेपाल कम्युनिस्ट पार्टी (संयुक्त)ले अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुख लोकमानसिंह कार्कीविरुद्ध व्यवस्थापिका संसद्मा दर्ता भएको महाअभियोग प्रस्तावको समर्थनमा मतदान गर्ने निर्णय गरेको छ । पार्टीको केन्द्रीय समितिको आइतबार सम्पन्न बैठकले महाअभियोग प्रस्तावमाथि मतदान हुँदा त्यसको समर्थनमा मतदान गर्ने निर्णय गरेको हो । उक्त प्रस्तावको समर्थनमा मतदान गर्न पार्टीका सांसदलाई निर्देशनसमेत दिएको

महाअभियोगका पक्षमा लाग्न माओवादी केन्द्रका सांसदलाई निर्देशन

आइतबार, कार्तिक ०७, २०७३ नेकपा(माओवादीकेन्द्र)ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध संसद्मा दर्ता भएको महाअभियोगका पक्षमा लाग्न सांसदहरुलाई निर्देशन दिएको छ । संसद् भवन नयाँ बानेश्वरमा बसेको माओवादी केन्द्र संसदीय दलको बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहालले पार्टीका सांसदलाई महाअभियोग अघि बढाउन निर्देशन दिनुभएको नेता अग्नि सापकोटाले बैठकपछि पत्रकारलाई जानकारी दिनुभयो ।

‘जनताको आवश्यकताका आधारमा मात्र संविधान संशोधन’

शुक्रबार, कार्तिक ०५, २०७३ नेकपा (एमाले)का उपाध्यक्ष वामदेव गौतमले नेपाली जनताको आवश्यकताका आधारमा मात्र संविधान संशोधन हुने बताएकाछन् । एमाले पाल्पाद्वारा आज तानसेनमा आयोजित आठौँ जिल्ला अधिवेशनको उद्घाटन गर्दै नेता गौतमले एक वर्षअघि जारी भएको संविधान अधुरो र अपुरो हुनै नसक्ने जिकिर गरे । एमाले उपमहासचिव एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले एमालेको सहमतिबिना संविधान संशोधन हुन नसक्ने

संसद् बैठक स्थगित

बिहीबार, कार्तिक ०४, २०७३ व्यवस्थापिका–संसद्को आजको बैठक सूचना टाँसी स्थगन भएको छ । बैठक आज दिउँसो १ बजेका लागि निर्धारण गरिएकामा सभामुख ओनसरी घर्तीले यही कात्तिक ७ गते बिहान ११ बजेसम्मका लागि स्थगन गर्नुभएको संसद् सचिवालयको सूचनामा जनाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध बुधबार दर्ता भएको महाभियोगका प्रस्ताव पेस गर्ने

‘सबै समुदायलाई न्याय हुने गरी संविधान संशोधन हुन्छ’ : प्रधानमन्त्री

सोमबार, असोज १७, २०७३ प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधनका क्रममा मधेस, थारु र मगर समुदायलाई न्याय हुने गरी सहमतिको प्रयास जारी रहेको बताएका छन् । संविधानमा सबैको भावनालाई समेट्ने प्रयास भइरहेको भन्दै प्रधानमन्त्रीले जनताको आवश्यकता र चाहनालाई ख्याल गरेर अगाडि बढ्न वर्तमान सरकार प्रयत्नशील रहेको बताए । प्रधानमन्त्री निवास बालुवाटारमा आज सर्वपक्षीय मगर प्रतिनिधिहरुसँगको भेटमा प्रधानमन्त्रीले

‘बुद्ध र गान्धीको अुनसरणले मात्र देश विकास हुन्छ’ : सभापति देउवा

आइतबार, असोज १६, २०७३ नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बुद्ध र महात्मा गान्धीले देखाएको बाटोमा अगाडि बढेमा मात्र देश विकास हुने बताएका छन् । तक्षशीला एकेडेमीले अन्तर्राष्ट्रिय अहिंसा दिवसका अवसरमा आज काठमाडौँमा आयोजना गरेको कार्यक्रममा सभापति देउवाले महात्मा गान्धीले अहिंसात्मक आन्दोलनबाट अङ्ग्रेजको प्रभावलाई रोक्न सकेको बताए । उनले भने,“अझैपनि विश्वका कतिपय मुलुकमा हिंसात्मक आन्दोलन चलिरहेको

‘बाढीपहिरोपीडितलाई पनि भूकम्पपीडितसरह ८ लाख राहत’ : प्रधानमन्त्री

आइतबार, असोज १६, २०७३ जिल्लाका बाढीपहिरोपीडितलाई सरकारले दशैँ तिहारमा विशेष सहयोग प्रदान गर्ने प्रधानमन्त्री पुष्पकमल दाहालले घोषणा गरेका छन् । जिल्लाका बाढीपहिरो क्षेत्रको अवलोकन तथा विशेष सम्बोधन गर्न शनिवार प्यूठान आएका प्रधानमन्त्री दाहालले पीडितहरूलाई चाडपर्व खर्चस्वरूप १५ हजार रुपैयाँका दरले रकम प्रदान गर्ने घोषणा गरेका हुन् । हेलिकोप्टरबाट पहिरोले सबैभन्दा धेरै मानवीय तथा भौतिक क्षति पुगेको फोप्लीको