Tuesday 24th October 2017

    फोरम र नयाँ शक्तिको घरदैलो कार्यक्रम तीब्र    गण्डकी गाउँपालिका बनाउने तिवारीको योजना    उम्मेद्वारी फिर्ता गर्न चाहाने उम्मेद्वारले आज ५ बजेसम्ममा फर्तालिन सक्ने    निर्वाचनमा सहभागी हुन नसकेका मजदूरले यस्तो भूमिका खेल्ने    बिरामी बोक्ने एम्बुलेन्सबाट गाँजा तस्करी

अन्तर्राष्ट्रिय

हरेक ४ दिनमा १ पत्रकारको हत्या : युनेस्को

बिहीबार, कार्तिक १८, २०७३ संयुक्त राष्ट्रसङ्घ शैक्षणिक वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) ले बुधबार सार्वजनिक एक तथ्याङ्कअनुसार पछिल्ला बर्षहरुमा विश्वमा हरेक साढेचार दिनमा एक जना पत्रकारको हत्या हुने गरेको छ । पछिल्लो एक दशकमा विश्वभर ८२७ जना पत्रकारलाई आफ्नो जिम्मेवारी बहन गर्ने सिलसिलामा कार्यस्थलमा रहेको अवस्थामा हत्या गरिएको युनेस्कोका महानिर्देशकद्वारा सार्वजनिक गरिएको प्रतिवेदनमा जनाइएको छ । यसरी

इयु–क्यानडा व्यापार सम्झौता स्थगित

शुक्रबार, कार्तिक १२, २०७३ यूरोपिएन यूनियन (इयु) र क्यानडाबीच बिहीबार गरिने भएको व्यापार सम्झौता यस विषयमा इयू अन्तर्गतका केही सदस्य राष्ट्र टुङ्गोमा पुग्न नसक्दा स्थगित भएको छ । इयू सदस्य राष्ट्र बेलिजयमलगायतका सदस्यले क्यानाडाले बताएअनुसार व्यापार सम्झौता गरिनु सम्भव नभएको मत व्यक्त गरेपछि सम्झौताको मिति हालका लागि पछि सरेको हो । सम्झौताका लागि अर्को मिति

टाटा कम्पनीद्वारा मिस्ट्रीलाई अध्यक्षबाट हटाइयो, जिम्मेवारी टाटालाई

मंगलबार, कार्तिक ०९, २०७३ भारतीय प्रसिद्ध कम्पनी टाटा सन्सले साइरस मिस्ट्रीलाई कम्पनीको अध्यक्षबाट हटाएर सो जिम्मेवारी पुनः रतन टाटालाई दिएको छ । भारतीय टाटा कम्पनीले सन् २०११ मा रतन टाटाको उत्तराधिकारीका रुपमा मिस्ट्रीलाई चयन गरेपछि विगत ४ वर्षदेखि टाटाले उपप्रमुखका रुपमा कम्पनीको जिम्मेवारी सम्हाल्दै आएका थिए । टाटा सन्स कम्पनीले नेतृत्व परिवर्तन किन गरियो भन्ने बारेमा

ट्रम्पले गरे पहिलो एक सय दिने कार्ययोजना प्रस्तुत

सोमबार, कार्तिक ०८, २०७३ अमेरिकी राष्ट्रपति पदका लागि रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पले आफु निर्वाचित भएमा पहिलो एक सय दिन भित्रमा गर्ने कामहरुको योजना प्रस्तुत गरेका छन् । गतः शनिबार उनले प्रस्तुत गरेको कार्ययोजनालाई मतदातासँगको आफ्नो “करार” को संज्ञा दिएका छन् । पेन्सिल्भानिया राज्यको गेट्टिस्बर्गमा आयोजित एक चुनावी पैदलयात्रालाई सम्बोधन गर्दै न्युयोर्कका यी अर्वपति धनाढ्यले

हेलिकप्टर दुर्घटनामा १९ जनाको मृत्यु

आइतबार, कार्तिक ०७, २०७३ तेल र ग्यास खानीमा काम गर्ने कामदार लिएर साइबेरियाको दुर्गम क्षेत्रमा उडिरहेको रसियाली हेलिकप्टर खराब मौसमका कारण दुर्घटनाग्रस्त हुँदा विमानमा यात्रारत १९ जनाको मृत्यु भएको रसियाली छानबिन समूहले शनिबार बताएको छ । घटनामा घाइते बनेका तीन जनालाई उपचारका लागि पठाइएको छ मृत शरिरलाई उद्धार गर्न पुगेका सुरक्षाकर्मीले प्रारम्भिक अनुसन्धानबाट घटना शुक्रबार राति

सगरमाथा चढ्ने पहिलो महिला आरोहीको निधन

आइतबार, कार्तिक ०७, २०७३ विश्वको सर्वोच्च शिखर सगरमाथा सफल आरोहण गर्ने पहिलो महिला जापानकी जुनको तावेईको मृत्यु भएको जापानी सञ्चारमाध्यमले जनाएका छन् । उहाँ ७७ वर्षको हुनुहुन्थ्यो । पारिवारिक स्रोतलाई उद्धृत गर्दै जापानको सरकारी समाचार संस्था क्योडो र सरकारी टेलिभिजन एनएचकेले तावेईको जापानी सहर साइतामास्थित एक अस्पतालमा उपचारका क्रममा बिहीबार निधन भएको जनाएका छन् । तावेईलाई

देशका विरुद्ध गुप्तचरी गरेको आरोपमा जेल सजाय

बिहीबार, कार्तिक ०४, २०७३ गुप्तचरको आरोपमा इरानले आफ्नो देशका चार र इरानी मूलका विदेशी गरी छ जना नागरिकलाई दश वर्षको कैद सजाय सुनाएको समाचार छ । उनीहरूले अमेरिकासँग मिलेर आफ्नो देशका विरुद्धमा गुप्तचरी गरेको आरोप इरान सरकारले लगाएको बताइएको छ । इरानको प्रेस टिभीले दिएको जानकारी अनुसार यसरी कैद सजाय तोकिएकामा इरानी मूलका अमेरिकी नागरिक दुई जना रहेका छन् । ती

साउदी अरबमा राजकुमारले पाए मृत्युदण्ड

बुधबार, कार्तिक ०३, २०७३ साउदी अरबमा त्यहीँका एक राजकुमारलाई मृत्युदण्ड दिइएको छ । त्यहाँको गृह मन्त्रालयका अनुसार तीन वर्ष पहिले राजधानी रियादमा एक व्यक्तिको हत्या गरेको आरोपमा राजकुमारलाई मृत्युदण्ड दिइएको हो । प्रिन्स तुर्की बिन सउद अल कबीरलाई मृत्युदण्ड दिइएको छ । यद्यपि उनलाई कसरी मृत्युदण्डको सजाय दिइयो प्रष्ट भएको छैन ।  साउदी अरबमा धेरै मृत्युदण्ड

बहिर्गमन औपचारिक प्रक्रिया अर्को वर्ष

सोमबार, असोज १७, २०७३ बेलायतका प्रधानमन्त्री थेरेसा मेले बेलायत युरोपियन युनियन (ईयू)बाट बहिर्गमनको औपचारिक प्रक्रिया अर्को बर्षको अप्रिलपछि मात्र सुरु हुने बताएका छन् । बेलायतका महारानी गर्नु हुने आगामी सम्बोधनको बेलामा बेलायत युरोपियन युनियनभित्र रहेको कानुनलाई उल्टाइने नयाँ विधयेक ल्याइने मेले बताएका हुन् । कन्जरभेटिभ पार्टीको वार्षिक सम्मेलनको क्रममा आइतबार मेले सो कुरा प्रष्ट पार्नु भएको

पाकिस्तानमा गयो ५.५ रेक्टर स्केलको भूकम्प

आइतबार, असोज १६, २०७३ पाकिस्तानमा शनिबार मध्याह्न शक्तिशाली भूकम्प गएको छ । सो भूकम्प ५.५ रेक्टर स्केलको मापन गरिएको पाकिस्तान भूकम्प निरूपण केन्द्रले जनाएको छ । यस भूकम्पका कारण मानवीय र सपत्ति क्षतिको कुनै समाचार तत्काल प्राप्त भएको छैन । यस भूकम्पको केन्द्रविन्दु खैबर पाख्तुनख्वा प्रान्तको मन्सुहरा जिल्लाबाट ७५ किलोमिटर उत्तरपूर्वमा अवस्थित पतान क्षेत्रको आसपासमा