Thursday 13th December 2018

    खड्कार प्रदेश नम्बर एक मुख्यमन्त्री राइ बिच बैँकक् मा भेटबार्ता    बैंककमा जाँच्दा मुख्यमन्त्री राईको स्वास्थ्य सामान्य    नेपाल भित्रिँदै अमेरिकी राइफल    केन्द्रीय सरकारको नजर प्रदेश २ मा : प्रचण्ड    शरद गौचन हत्या प्रकरण : समिरमानलाई नख्खुबाट जोमसोम लगियो

अर्थ/बिजनेस

३ हजार ५०० भूकम्पपीडितले पहिलो किस्ताको रकम पाएनन्

सोमबार, कार्तिक ०८, २०७३ सिन्धुलीका ३ हजार ५०० भूकम्पपीडितले अनुदान रकम लिन सकेका छैनन् । लाभग्राही ऐलानी जग्गामा बसोबास गरेकाले अनुदान सम्झौता हुन नसकेको हो । निजी आवास निर्माणका लागि सम्झौता गर्न त्यस्ता लाभग्राहीलाई सरकारले जग्गा उपलब्ध गराउने कार्यको प्रारम्भ नगरेसम्म सम्झौता हुन नसक्ने डिजास्टर फोकल पर्सन बबिन्द्रलाल माझीले बताए । जिल्ला विकास समिति सिन्धुलीले

धार्मिक पर्यटन महोत्सवबाट ३१ लाख सङ्कलन

सोमबार, कार्तिक ०८, २०७३ गुल्मीको पुर्तिघाटमा सञ्चालन भइरहेको धार्मिक पर्यटन महोत्सवको सातौँ दिनसम्म विभिन्न शीर्षकमा झन्डै रु ३१ लाख सहयोग जुटेको छ । महोत्सवमा विभिन्न शीर्षकअन्तर्गत आयोजक सदस्य शुल्कमार्फत रु ११ लाख, ११ हजार, १११, दान सहयोगबाट रु ११ लाख यस्तै शान्तिकलशबाट रु ६ लाख र लक्षदीप प्रज्वलनबाट रु दुई लाख, २२ हजार गरी कुल

३० प्रकारका जडीबुटी निकासीबाट करिब १७ लाख राजस्व सङ्कलन

आइतबार, कार्तिक ०७, २०७३ जाजरकोट धेरै प्रकारका जडीबुटी पाइने जिल्लामा पर्दछ । विगत ५ वर्षमा विभिन्न ६१ प्रकारका जडीबुटी सङ्कलन तथा बिक्री–वितरणका लागि अनुमति दिइएको छ । जिल्ला वन कार्यालय जाजरकोटले आर्थिक वर्ष २०७१/७२ मा ३० प्रकारका जडीबुटी सङ्कलन तथा निकासीबाट १६ लाख ८५ हजार नौ सय ७८ रुपैयाँ राजस्व सङ्कलन गरेको छ । दुई

भूकम्पपीडितलाई रु ६ करोड राहत वितरण

शुक्रबार, कार्तिक ०५, २०७३ भोजपुर जिल्लाका भूकम्पपीडितलाई हालसम्म रु ६ करोडभन्दा बढी रकम वितरण गरिएको छ । जिल्ला प्रशासन कार्यालय भोजपुरका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी राजन पाण्डेका अनुसार भूकम्पमा घर पूर्ण र आंशिकरुपमा क्षति भएको तथा ज्यान गुमाएका परिवारलाई गरी रु ६ करोड २९ लाख ५३ हजार राहतस्वरुप वितरण गरिएको हो ।

सवारी कारबाहीबाट रु २ लाख ३७ हजार राजस्व सङ्कलन

बिहीबार, कार्तिक ०४, २०७३ ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी साधन कारबाहीबाट रु २ लाख ३७ हजार राजस्व सङ्कलन गरिएको छ । कर्णाली राजमार्गअन्तर्गत जुम्ला भएर जाने र आउने सवारी साधनलाई कारबाही गर्दा तीन महिनामा झन्डै रु २ लाख ५० हजार बराबर राजस्व सङ्कलन गरिएको हो । आव २०७३/७४ को साउन, भदौ र असोज महिनामा ३११

शुल्क नतिर्ने कम्पनीलाई कडा कारबाही

सोमबार, असोज १७, २०७३ नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएर सेयर बजार कारोबार गरिरहेका कम्पनीले तोकिएको समयमा वार्षिक सूचीकरण नवीकरण शुल्क नबुझाए कारबाहीमा पर्ने भएका छन् । नेप्सेका अनुसार असोज मशान्तभित्र सबै कम्पनीले तोकिएको वार्षिक शुल्क बुझाइ सक्नुपर्ने भए पनि हालसम्म एकसय २४ कम्पनीले रु ७६ लाख शुल्क बुझाएपनि बाँकी १०० कम्पनीले नवीकरण शुल्क बुझाएका छैनन् ।

०.५९ प्रतिशतले बढ्यो शेयर बजार

आइतबार, असोज १६, २०७३ साताको पहिलो दिन नै नेप्से उकालो लागेको छ । दशैं लागि सकेपछि भने झन् बढी लगानीकर्ताहरु शेयर बजारमा बढेको देखिन्छ । बैङ्किङ, वित्त कम्पनी, बीमा र ‘अन्य’ समूहको परिसूचक बढेपछि समग्र नेप्से परिसूचक बढ्नमा टेवा पुगेको हो । दिनभरिको कारोबारमा परिसूचक १०.४० अङ्कले बढेर १ हजार ७ सय ६३ दशमलव ७८ विन्दुमा

‘बाढीपहिरोपीडितलाई पनि भूकम्पपीडितसरह ८ लाख राहत’ : प्रधानमन्त्री

आइतबार, असोज १६, २०७३ जिल्लाका बाढीपहिरोपीडितलाई सरकारले दशैँ तिहारमा विशेष सहयोग प्रदान गर्ने प्रधानमन्त्री पुष्पकमल दाहालले घोषणा गरेका छन् । जिल्लाका बाढीपहिरो क्षेत्रको अवलोकन तथा विशेष सम्बोधन गर्न शनिवार प्यूठान आएका प्रधानमन्त्री दाहालले पीडितहरूलाई चाडपर्व खर्चस्वरूप १५ हजार रुपैयाँका दरले रकम प्रदान गर्ने घोषणा गरेका हुन् । हेलिकोप्टरबाट पहिरोले सबैभन्दा धेरै मानवीय तथा भौतिक क्षति पुगेको फोप्लीको

इन्टरनेटको सहायताले आम्दानी

आइतबार, असोज १६, २०७३ पाल्पा जिल्लाको रुप्से गाविस–४, खसाडीका २२ वर्षीय ताराप्रसाद पाण्डेयले इन्टरनेटको सहायताले हाँस र टर्की पालन गरी आम्दानी लिन सफल भएका छन् । हाँस र टर्की पालनसम्बन्धी अध्ययन र अनुभव नभएपछि अत्याधुनिक प्रविधि इन्टरनेटमा गुगल सर्च गरेर पाण्डेयले व्यावसायिक रुपमा हाँस र टर्की पालनसम्बन्धी अध्ययन गरेर मासिक रु ५० हजार आम्दानी गर्न

‘एक व्यक्ति एक सहकारी’ : नयाँ सहकारी विधेयक

शुक्रबार, असोज १४, २०७३ व्यवस्थापिका संसद्को बैठकमा “सहकारी विधेयक, २०७३ माथि विचार गरियोस्” भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । वि.सं २०४८ मा बनेको सहकारी ऐनलाई संशोधन गर्न नयाँ विधेयक आएको हो । सहकारी तथा गरिबी निवारण मन्त्री हृदयराम थानीले सदनको आजको बैठकमा सो प्रस्तावलाई सदन समक्ष प्रस्तुत गरेका थिए । सो विधेयकको सैद्धान्तिक पक्षमाथि