Monday 25th June 2018

    सोलुखुम्बु मा मेरो बच्चा उमेरका सम्रक्षक बलबहादुर के सी सगै चुनाब लडे:खड्का भिडियो सहित    हिसिला यामी को जन्मदिन मा बाबुराम भट्टराइ यसरी नाचे    जन्मदिनकाे अवसरमा मेस्सीकाे सन्देश- ‘विश्वकप नजितीकन सन्यास लिने मनसाय छैन’    प्रधानमन्त्री अाली स्वदेश फर्के लगत्तै राष्ट्रपति भण्डारी लाइ भेटेर के भने पुर्ण पाठ    अमेजमान कम्पनि पुर्ण रूपमा सञ्चालनमा होटेल कसरी बुकिङ गर्ने ?

बुटवलमा बिरामी बोकेको एम्बुलेन्स तोडफोड

प्रदेश सीमांकन हेरफेरको बिरोधमा बुटवलमा भइरहेको आन्दोलन अराजक बन्दै गएको छ । बन्दको बहानामा शनिबार साँझ बिरामी बोकेको एम्बुलेन्समा समेत प्रदर्शनकारीले आक्रमण गरेका छन् ।

आन्दोलनकारीले भुपु शैनिक क्लव बुटवलको लु १ च २१३१ नम्बरको एम्बुलेन्स तोडफोड गरेका हुन् । भैरहवा बिमानस्थलबाट बिरामी लिएर आउदै गरेको एम्बुलेन्स माथि तोडफोड भएको हो ।

प्रहरी बिटकै अगाडि एम्बुलेन्स तोडफोड हुँदा समेत प्रहरी मुक्दर्शक बनेको थियो । एम्बुलेन्स विरामी बोकेर बुटवल ९ को दीपनगर जाँदै गरेको चालक ज्ञान बहादुर भट्टचनले अनलाइनखबरलाई बताए ।

चालकका अनुसार काठमाडौंमा मुटुको शल्यक्रिया गरेर ल्याइएका विरामी शनिचरी श्रेष्ठलाई एम्बुलेन्सको सिसाले काटेको छ ।