Monday 23rd April 2018

    पार्टी एकता मा मारामार हेर्नुस यो भिडियो    सोलुखुम्बुमा अाफ्नै छोरी बलत्कार देखी बिकाश निर्माणमा प्रयोग गरीयको स्काभेटरमा अागजानी गर्ने ब्याक्ति सार्बजनिक पुर्ण पाठ    अन्तर पार्टी महिला संन्जाल समिति को सोलुखुम्बुको अध्यक्षमा मोहन कुमारी कार्की निर्बिरोध निर्बाचित    अोली र प्रचण्ड बिच अझै सहमति जुट्न सकेन पार्टी एकता अन्योल मै    भट्टराइ को प्रश्न अरूका बच्चा टिपेर सामुदायिक बिध्यालयमा भर्ना गर्ने प्रम मन्त्रि हरूका बच्चालाइ चै किन भर्ना गरीयन

भारतपछि भेनेजुएलामा पनि ‘नोटबन्दी’

२७ मंसिर, काठमाडौं । भेनेजुएलाको सरकारले ७२ घण्टा भित्र देशको सबैभन्दा ठूलो मूल्यको बैंक नोटलाई सिक्कामा बदल्ने घोषणा गरेको छ सरकारको यस फैसलाले तस्करी तथा खाद्य समस्याबाट छुटकार पाउने अनुमान गरिएको छ ।  राष्ट्रपति निकोलस मादुरोले नोट प्रतिवन्धले तस्कर गिरोहलाई पैसा ठेगान लगाउन समय नमिल्ने बताए ।भेनेजुएलामा १०० बोलिवरको बैंक नोटको मूल्यमा पछिल्लो समय गिरावट आएको छ । र, यसको मूल्य दुई अमेरिकी सेन्ट बराबर भएको छ ।गम्भीर आर्थिक तथा राजनीतिक संकटको सामना गरिरहेको भनेजुएलामा महँगी उच्च दरमा बढ्दा महँगीको दर विश्वको सवैभन्दा धेरै भएको छ ।भारतमा पनि प्रधानमन्त्री नेरन्द्र मोदीले गत महिना ५०० तथा १००० रुपैयाँको नोट बन्द गर्ने घोषणा गरेका थिए ।